बैशाख ३१ गते भएको निर्वाचनको मतगणनाका क्रममा भएको बिवादका कारण रोकिएको भरतपुर महानगरपालिकामा अहिले मतदान भएको छ । लामो समय बिवादमा रोकिएको निर्वाचन हुने भए संगै अहिले सवैको ध्यान चितवनतिर गएको छ । भरतपुर महानगर वडा नम्बर १९ को मतगणना भइरहँदा जेठ १४ गते राती मतपत्र च्यातिएको थियो । मतपत्र च्यातिएपछि भएको विवाद अन्ततः सर्वोच्च अदालतबाट फैसला भएपछि शुक्रबार आज निर्वाचन भईरहेको छ ।
दोस्रो चरणमा भएको असार १४ गतेको स्थानीय तहको निर्वाचनबाट निवाचित जनप्रतिनिधिहरुलेसमेत स्थानीय तहको पदभार सम्हालिसक्दा भरतपुर महानगरपालिकाले जनप्रतिनिधि अझै पाएको छैन । दुई महिना भन्दा बढी समयको अन्यौलतापछि मेयरका नेपाली कांग्रेस र माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहाल र एमालेका उम्मेदवार देवी ज्ञवाली केही दिनअघिसम्म काठमाडौंमा थिए । अन्ततः सर्वोच्चको फैसलापछि पुनः मतदानका लागि दुवै उम्मेदवार अहिले भरतपुरमा वडा नम्बर १९ का मतदाताका बीचमा छन् । ३ हजार ७ सय ९७ जना मतदाता रहेको भरतपुर महानगरको वडा नम्बर १९ मा बैशाख ३१ गतेको निर्वाचनमा २ हजार ८ सय ९७ मत खसेको थियो । जसमध्ये एक हजार ८ सय नौ मत गणना गरिसकिएको थियो । बाँकी मतगणना गर्ने क्रममा जेठ १४ गते मध्यराति उम्मेदवारका प्रतिनिधिबाट नै मतपत्र च्यात्ने काम भयो ।
जतिबेला एमालेका उम्मेदवार देवी माओवादी केन्द्रकी उम्मेदवार रेणु भन्दा मात्र ७ सय ३३ मतले अगाडि थिए । वडा नम्बर १९ को मत नै दुवै उम्मेदवारका लागि निर्णायक थियो । कांग्रेससँगको गठबन्धनमा मेयरकी उम्मेदवार रहेकी रेणुलाई सो वडाबाट राम्रो मत आउने अड्कल काटिएको थियो । तर सोँचेजस्तो मत रणुलाई आएन । जसका कारण देवीले जित्ने निश्चित जस्तै भएको थियो । पुनःमतदान हुने भएपछि परिस्थिति फेरिने भएकाले पनि एमालेले अन्तिम समयसम्म विरोध गरिरह्यो । निर्वाचन आयोगले गरेको पुनःमतदानको निर्णय रोक्न एमाले सर्वोच्चसम्म नै पुग्यो । सर्वोच्चले पनि पुनःमतदानकै फैसला सुनाएपछि विरोधका बाबजुद पनि एमाले पुनःचुनावमा होमिएको छ । पुनःमतदान हुनै नहुने अड्डी कसेको एमाले र पुनःमतदानको पक्षमा रहेको माओवादी केन्द्र दुवैका लागि भरतपुरको नतिजा प्रतिष्ठाको विषय भएको छ । भरतपुर महानगरपालिका–१९ मा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । मतगणनाका क्रममा मतपत्र च्यातिएपछि उत्पन्न विवाद अदालत हुँदै पुनमतदानसम्म पुगेको हो । बिहानैदेखि मत हाल्न मतदाताहरु लाइनमा लागेका छन् । मतदान साँझ ५ बजेसम्म चल्ने छ । कूल ३ हजार ७ सय ९७ मतदाताले ३ मतदानस्थलका ६ वटा मतदान केन्द्रबाट आज मतदान गर्दैै छन् ।पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत गत वैशाख ३१ गते निर्वाचन भएको भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको मतपत्र च्यातिएपछि विवाद भएको थियो ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...
काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...







