कमल थापा संग सम्बन्ध बिच्छेद गरेका पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको पार्टीबीच एकीकरण गर्ने विषयमा दुबै पाटीभित्र काने खुसी हुन थालेको छ । राणा र लोहनी दुबैले राप्रपा अध्यक्ष कमल थापासँग विद्रोह गरी नयाँ पार्टी गठन गरेका छन् । राणाले राप्रपा (प्रजातान्त्रिक) गठन गरेका हुन् भने लोहनीले गत फागुनमा भएको एकता महाधिवेशनपछि पार्टीबाट बाहिरिएर एकीकृत राप्रपा राष्ट्रवादीको गठन गरेका थिए । लोहनी र राणाबीच पार्टी एकीकरणका लागि मिलनबिन्दु हो, चुनाव चिन्ह हलो । लोहनी र राणा दुबैले ‘हलोले भलो गर्छ’ भन्दै आएका छन् । राणाले पार्टी दर्ता गर्न निर्वाचन आयोग पुग्दा आइतबार हलो चुनाव चिन्ह नहुँदा स्थानीय तह निर्वाचनमा राप्रपाले अस्वाभाविक पराजय भोग्नु परेको भन्दै जनभावनालाई सम्मान गर्दै र पार्टीलाई जोखाउन आफूहरुले नयाँ पार्टी गठन गर्नुपरेको बताएका थिए । यस्तै सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले राप्रपा प्रजातान्त्रिक नै पुल प्रवाहको पार्टी भएको दाबी समेत गरेका थिए । यता हलो चुनाव चिन्ह छाडेको भन्दै लोहनीले महाधिवेशनलगत्तै पार्टी परित्याग गरेका थिए । राप्रपाको महाधिवेशनपछि बसेको केन्द्रीय समिति बैठकले बहुमतको बलमा कमल थापाले चुनाव चिन्ह गाई पारित गराएपछि हलोको रक्षा गर्न भन्दै थापालाई १० बुँदे आरोप लगाउँदै लोहनीले पार्टी परित्याग गरेका थिए । लगत्तै एराप्रपा राष्ट्रवादीको गठन गरेका लोहनीले निर्वाचन आयोगबाट दलको मान्यता पाइसकेका छन् भने चुनाव चिन्ह हलो नै प्रस्ताव गरिएको छ । यता राणाले पनि चुनाव चिन्ह हलो नै प्रस्ताव गरेको नेताहरुले बताएका छन् । यसरी दुबै पार्टी हलो चुनाव चिन्ह पक्षधर भएका तथा पृष्ठभूमि पनि एकै भएकाले एकताको सम्भावना रहेको दुबै पक्षका नेताहरु बताउँछन् । राणा र लोहनी दुबै कमल थापासँगको एकताअघिका राप्रपामा थिए ।
यही कारण दुई पार्टीबीच एकताको सम्भावना रहेको राप्रपाका एक नेताको भनाई छ । ‘लोहनीको पार्टीसँगको एकता धेरै टाढा छैन’ ती नेताले लोकान्तरसँग भने, ‘उहाँहरुको स्वभाव पनि मिल्छ ।’
यद्यपी एजेण्डाको हिसावले भने एकताको सम्भावना नहुने खतरा रहेको नेताहरु बताउँछन् । लोहनीले संवैधानिक राजतन्त्र, हिन्दुराष्ट्र, आर्थिक विकास र सुशासनको एजेण्डा अघि सारेका छन् । तर राणा अहिलेसम्म एजेण्डामा प्रष्ट छैनन् । राणाले निर्वाचन आयोगमा बुझाएको पार्टीको विधानमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ शब्दावली उल्लेख गरिएको छ । राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेले विधानमा उक्त शब्दावली उल्लेख गरिएको बताउँदै पार्टीको मार्ग्चित्र यही हुने बताए । स्वयम् राणाले भने पार्टीको एजेण्डा स्पष्ट भई नसकेको भन्दै गणतन्त्र मान्ने कि हिन्दुराष्ट्र मान्ने भन्नेमा पार्टी्भित्र छलफल गरेर निश्कर्षमा पुगिने बताए । गणतन्त्र हिन्दु राष्ट्रको एजेण्डामा पार्टीभित्र मतान्तर रहेको समेत बताइएको छ ।
नेताहरुका अनुसार राणाले हिन्दुराष्ट्र र राजतन्त्रको एजेण्डा तय गराए भने लोहनीसँगको एकता सहज हुनेछ नत्र त्यो कठीन हुने छ । एराप्रपा राष्ट्रवादीका उपाध्यक्ष तारानाथ लुईँटेलले आफूहरुले अघि सारेको संवैधानिक राजतन्त्र, हिन्दुराष्ट्र, आर्थिक विकास र सुशासनको एजेण्डामा राणाको पार्टी सहमत भए एकता हुन सक्ने बताए । लोहनीले गठन गरेको राजनीतिक संवाद समितिको सदस्य समेत रहेका उनले राप्रपा प्रजातान्त्रिकका नेताहरुले दुई पार्टीबीच एकता हुनुपर्नेमा जोड दिएको बताए । यता राप्रपा प्रजातान्त्रिकका नेता सगुन सुन्दर लावतीले एकताबारे पार्टी्भित्र औपचारिक छलफल सुरु भइनसकेको भएपनि लोहनीमात्रै नभई समान विचारधारा भएका सबैसँग एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिए । स्मरण रहोस्, राणा र लोहनी दुबैले वैकल्पिक प्रजातान्त्रिक शक्ति निर्माणमा जोड दिएका छन् भने दुबैले हलोले भलो गर्ने बारम्बार बताउँदै आएका छन् । अब लोहनीले भन्दा पनि राणाको पार्टीले लिने राजनीतिक लाइनले दुई पार्टीबीचको एकता निर्धारण हुने विश्लेषण गर्न थालिएको छ । र, पूर्वपञ्चको यी दुबै पार्टीमा राजतन्त्रमा आस्था राख्नेहरुकै बोलबाला रहेको बताइन्छ ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...







