यस्तो छ चमेना गृह देखी अस्पताल सम्म ठगी धन्दा ?


नेपालमा सवै क्षेत्रमा ठगी धन्दा मौलाउदै गएको छ । चाहे त्यो वैदेशिक रोजगारीको बिदेश पठाउने नाममा होस वा मानिसले दैनिक जिवनमा उपभोग गर्ने खाद्य बस्तुमा नै किन नहोस । यस्तै अनुगमनका क्रममा आज नियम विपरीत सञ्चालन हुँदै आएका दुई पसलमा सिलबन्दी गरिएको छ । आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखि सुरु गरेको विशेष बजार अनुगमनका क्रममा अखण्ड मेडिकल सेन्टर, बत्तीसपुतलीले स्वीकृतिपत्र नवीकरण नगरेको, प्रयोगशाला परीक्षण प्रतिवेदन र सम्बन्धित व्यक्तिलाई दिइएको प्रतिवेदन फरक फरक पाइएकाले सिलबन्दी गरी सात दिनभित्र विभागमा आउन निर्देशन दिएको छ ।त्यसैगरी निर्माण सामग्रीतर्फ बनस्थलीमा रहेको संस्कार ट्रेडिङमा रहेको ३०१ बोरा सिमेन्टको तौल परीक्षण गर्दा ६९ बोरामा अनियमितता देखिएकाले सिलबन्दी गरी तीन दिनभित्र विभागमा आउन निर्देशन दिएको विभागमा निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए । पानी राख्नका लागि अयोग्य जारमा पानी नराख्न यही साउन १८ गते नै दिइएको निर्देशन पालना नगरेको पाइएपछि टोखास्थित पिस स्प्रिङ वाटर प्रालिबाट २८ तथा वेभरेन्ज प्रालिबाट २१ पुराना र कुच्चिएको जार नष्ट गरी सात दिनभित्र विभागमा आउन निर्देशन दिइएको छ ।त्यस्तै ललितपुर पाटन अस्पतालमा सञ्चालित प्राप्ति होटल एण्ड चमेनागृहबाट १३ पोका लेबल नभएको चाउमिन नष्ट गरिएको छ । लेबल नभएको सामग्री वितरण गरिएको, अत्यन्तै फोहोर रहेको र अस्पतालसँगको सम्झौतासमेत देखाउन नसकेका हुनाले सबै कागजपत्रसहित तीन दिनभित्र विभागमा आउन चमेनागृहलाई निर्देशन दिइएको छ ।अनुगमन संयोजक निरज घिमिरे, टीकाराम पोखरेल, रमेशकाजी श्रेष्ठसहितको टोलीले आज मात्र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका ५२ पसलको अनुगमन गरेको थियो ।

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...

काठमाडौंसहित १२ जिल्लामा बाढीको जोखिम

काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...