स्थानीय विकास मन्त्रालयले मसलन्द शीर्षकअन्तर्गतका सामान खरिद गर्दा बजार मूल्यभन्दा धेरै गुना बढी मूल्य तिर्ने गरेको पाइएको छ । तीनवटा फर्महरूबीच प्रतिस्पर्धा गराउनुपर्ने व्यवस्था भए पनि तेब्बर–चौवर बढी मूल्यमा सामान खरिदको बिल बनाएर कमिसन खाने गरेको भेटिएको हो । त्यस्तो अनियमिततामा आन्तरिक व्यवस्था शाखाका कर्मचारीहरूबीच मिलेमतो रहने गरेको छ ।
आन्तरिक व्यवस्थापन शाखाका एक कर्मचारीले भने त्यस्तो कमिसन उपसचिवदेखि सहसचिवसम्म पुग्ने गरेको बताएका छन् । ‘एउटै व्यक्तिले तीनवटा फर्म मिलाएर मनलाग्दी मूल्य राखेको हुन्छ । त्यस्तो महँगो मूल्यसूची स्वीकृत गरेबापत माथि हाकिमहरूको भागमा पनि चिया खर्च पुग्छ,’ नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले भने ।मन्त्रालयको सो शाखाले बढीमा चार रुपैयाँ पर्ने फाइल खामलाई २० रुपैयाँमा खरिद गर्ने गरेको छ । बजारमा साधारण खामलाई तीन र नेपाली कागजको खाम छपाइसहित चार रुपैयाँमा पाइन्छ । तर, मन्त्रालयले तीनवटा फर्मबीच प्रतिस्पर्धा गराउँदा पनि चौवर मूल्य तिरेको हो ।यस्तै, बजारमा छपाइसहित सात रुपैयाँमा पाइने नेपाली काजगबाट बनेको साधारण रेकर्ड फाइललाई पनि प्रतिगोटा २० रुपैयाँको दरले खरिद गर्ने गरिएको छ । बागबजारका एक फाइल विक्रेताका अनुसार मन्त्रालयहरूले प्रयोग गर्ने सादा फाइलको मूल्य ६ र त्यसमा छपाइ गर्दा सातदेखि सात रुपैयाँ ५० पैसासम्म पर्छ ।
यसैगरी, बजारमा प्रतिरिम ३ सय ९० देखि ४ सयसम्म पर्ने ‘डबल ए’ फोटोकपी पेपरलाई मन्त्रालयले ५ सय २५ रुपैयाँका दरले खरिद गर्ने गरेको छ । मन्त्रालयले एकैपटक सय थान त्यस्तो काजग खरिद गर्दा होलसेल मूल्यभन्दा करिब दोब्बर मूल्य तिरेको हो ।मन्त्रालयले साउनमा तीन थान क्यानल कार्टेज किनेको उल्लेख गरेको छ । मन्त्रालयबाट प्राप्त खरिद आदेशमा क्यानल कम्पनीको प्रिन्टरमा प्रयोग हुने कार्टेजलाई अस्वाभाविक मूल्यमा खरिद गरिएको छ । कार्टेज भनेको प्रिन्टरमा मसी राख्न प्रयोग गरिने मेसिनको एउटा भाग हो । जसलाई मसी सकिएपछि पुनः भर्न सकिन्छ ।मन्त्रालयले करिब २५ सयदेखि अधिकतम तीन हजार पर्ने त्यस्तो कार्टेजलाई ११ हजारदेखि १५ हजार रुपैयाँसम्म खरिद गरेको छ । फरक–फरक मोडेलका तीन थान कार्टेजमध्ये एउटालाई ११ हजार, एउटालाई १२ हजार र अर्को एक थानलाई १५ हजार रुपैयाँमा खरिद गरेको देखिएको हो ।बानेश्वरका प्रिन्टर व्यवसायी सुमन फुँयालका अनुसार एउटा कार्टेजलाई अधिकतम मूल्य राख्दा पनि तीन हजारभन्दा बढी पर्दैन । ‘व्यवसायीहरूले १५ सयदेखि नै त्यस्तो सामान प्राप्त गर्न सक्छन् ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






