चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली सोमबार साँझ पाकिस्तानबाट बिशेष बिमानमा नेपाल भ्रमणमा काठमाडौं आउँदै छ । नेपालबाट राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीका तहमा उच्चस्तरीय भ्रमण चीनतर्फ भइरहे पनि चीनबाट भने करिब ६ वर्षपछि उच्चस्तरीय भ्रमण हुन लागेको हो ।
साँझ ६ः१५ बजे चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं उत्रनेछ । टोलीमा दुई जना उपमन्त्री, एक सहायकमन्त्री, दुई चिकित्सक, एक सुरक्षा अधिकारीसहित २१ जना रहनेछन् । चिनियाँ उपप्रधानमन्त्रीलाई होटल सोल्टीमा बस्ने प्रबन्ध मिलाइएको छ ।
६२ बर्से उपप्रधानमन्त्री वाङ चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य हुन् । चिनियाँ स्टेट काउन्सिलका प्रमुख नेतामध्ये वाङ पनि एक हुन् । चिनियाँ कम्युनिस्ट पार्टीको ग्वाङडोङ प्रान्तीय कमिटीका सचिवका रूपमा उनले २००७ देखि २०१२ सम्म काम गरेका थिए ।
चीनले हालैका वर्षमा नेपालको व्यापार, पर्यटन, कनेक्टिभिटी र उद्योगमा लगानी बढाएको छ ।
सुरक्षा र राजनीतिक मामिलामा पनि चीनको सहयोग बढ्दै गएको छ । चीन र भारतबीच डोक्लाम क्षेत्रमा उत्पन्न विवाद चर्किरहेका बेला चिनियाँ उपप्रधानमन्त्री वाङको नेपाल भ्रमण हुन लागेको हो । ‘दुईपक्षीय सहयोग अभिवृद्धि गर्न चिनियाँ उपप्रधानमन्त्री नेपाल आउन लाग्नुभएको हो । हामी चीनसँग सम्बन्ध विस्तार गर्न चाहन्छौुं, उपप्रधानमन्त्री कृष्णबहादुर महराले भने, ‘पुनर्निर्माणमा चिनियाँ सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।ु
तत्कालीन चिनियाँ प्रधानमन्त्री बेन जिया बाओले सन् २०१२ जनवरीमा नेपाल भ्रमण गरेयता चीनबाट मन्त्री स्तरभन्दा माथिल्लो तहको भ्रमण भएको थिएन ।
सन् २०१६ अक्टोबर अन्तिम साता चिनियाँ राष्ट्रपतिको भ्रमण हुने भनिए पनि सरकारले आवश्यक तयारी गर्न नसक्दा भ्रमण रद्द भएको थियो । जानकार कूटनीतिक स्रोतका अनुसार चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण सन् २०१७ भित्र हुने छैन । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गत मार्चमा चीनको अनौपचारिक भ्रमणका क्रममा तथा भारतको गोवामा गत वर्ष अक्टोबरमा भएको ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सीसँग भेटी भ्रमणमा आउन अनुरोध गरेका थिए ।
चिनियाँ उपप्रधानमन्त्री वाङले वसन्तपुरस्थित नौतले दरबार पुनर्निर्माणको शिलान्यास गर्नेछन् । भूकम्पले क्षतिग्रस्त वसन्तपुर दरबार पुनर्निर्माणका लागि चीनले अनुदान सहयोग उपलब्ध गराइसकेको छ ।
बेल्ट एन्ड रोड कार्यान्वयनमा छलफल हुने
चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछ । सरकारका वरिष्ठ उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग सिंहदरबारमा चिनियाँ उपप्रधानमन्त्री वाङले द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेतासँग पनि भेट गर्नेछन् ।
चीनको बेल्ट एन्ड रोड अवधारणाभित्र रही सहकार्य अघि बढाउन भएको नेपाल(चीन सहमतिको प्रभावकारी कार्यान्वयन गर्नेबारे छलफल हुनेछ । चीनसँग भएका पारवहनलगायत विभिन्न १० सम्झौता कार्यान्वयन सम्बन्धमा पनि छलफल हुनेछ ।
भ्रमणमा बेल्ट एन्ड रोड अवधारणाअनुसार नेपालमा पूर्वाधार विकास, चिनियाँ लगानी भित्र्याउन, पर्यटन प्रवद्र्धन, कृषि र वाणिज्य क्षेत्रमा सहकार्यलगायत आधा दर्जन विषयमा छलफल हुनेछ । वाङको भ्रमणमा चीनले भूकम्पपछिको पुनर्निर्माणका लागि उपलब्ध गराएको तीन अर्ब आरएमबी सहायता परिचालनबारे पनि छलफल हुनेछ । उक्त सहयोग चीनले सन् २०१५ देखि २०१८ सम्मका लागि उपलब्ध गराएको भए पनि उपयोग हुन सकेको छैन ।
चिनियाँ टोलीका मुख्य सहभागीहरू
१) जियाङ जेलिन(डेपुटी सेक्रेटरी जनरल, स्टेट काउन्सिल
२) वाङ सियोताओ( भाइस मिनिस्टर अफ नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसन
३) यु जियानहुवा(भाइस मिनिस्टर अफ मिनिस्ट्री अफ कमर्स
४) कोङ सुन्यायु( असिस्टेन्ट मिनिस्टर अफ फरेन अफेयर्स
५) गु वे( असिस्टेन्ट मिनिस्टर अफ रिसर्च अफिस अफ स्टेट काउन्सिल
६) सु चाङ (कमिस्नर, सेकेन्ड सेक्रेटेरियट, जनरल अफिस अफ दि स्टेट काउन्सिल
७) वाङ जियाङगुई( डाइरेक्टर जनरल, डिपार्टमेन्ट अफ डेभलपमेन्ट स्ट्राटेजी
८) लि सियाङचुन( सेक्रेटरी टु भाइस प्रिमियर
९) हाउ यान्की( डेपुटी डाइरेक्टर जनरल, डिपार्टमेन्ट अफ एसियन अफेयर्स
१०) वाङ सिनिङ( डेपुटी डाइरेक्टर जनरल, इन्मर्फेसन डिपार्टमेन्ट
अन्नपूर्णपोष्टबाट
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...
काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...






