नेपाली काँग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का उम्मेद्धवार प्रकाशमान सिंहले जनताले हावाको भरमा विवेकशील साझा पार्टीका आफ्ना प्रतिस्पर्धी उम्मेदवार रवीन्द्र मिश्रलाई भोट नहाल्ने दाबी गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले सपना बाँड्दैमा जनताले विश्वास नगर्ने बताए । प्रश्न गर्ने छबि बनाएका मानिसहरुले प्रश्नको हिसाव मिलाउन नसक्ने आरोप लगाउँदै उनले भने, ‘प्रश्न सोधेर मात्रै हुन्छ ? उत्तर दिन आउनुपर्यो नि, उनले राजनीति बुझेका छैनन, उनको न पार्टी छ, न त जनता छन् ।’ सिंहले अघि भने,‘रविन्द्रजी राम्रो पत्रकार हो, उहाँले प्रश्न गर्न जान्नुभएको छ, जनताले प्रश्न भन्दा पनि हिसाव चाहन्छन्, यो क्षेत्रका जनताहरु सचेत छन, हावाका भरमा बाँडिएका सपनाहरुका पछि लाग्दैनन्।’काठमाडौंका १० वटा निर्वाचन क्षेत्र मध्ये ८ वटा क्षेत्रमा काँग्रेसले जित निकाल्ने समेत उनले दाबी गर्न भ्याए । अर्को प्रसंगमा उनले काँग्रेसको तर्फबाट भाबी प्रधानमन्त्रीको उम्मेद्वार आफु नै भएको दाबी समेत गरेका छन्।उनले आफू पार्टीको उपसभापति र सरकारको उपप्रधानमन्त्री भैसकेको बताउँदै काँग्रेसको तर्फबाट भाबी प्रधानमन्त्रीको उम्मेद्धवार आफु नै भएको दाबी गरेका हुन् । उनले यो निर्वाचनमा कसैको पनि बहुमत नआउने ठोकुवा समेत गरे । यसैबीच आजदेखि सिंहले घरदैलो अभियान सुरु गरेका छन् ।
सोमबार काठमाडौंको भिमसेनगोलाबाट घरदैलो अभियान सुरु गरेका सिंहले काठमाडौं क्षेत्र नम्बर १ को समग्र विकासका लागि जनताले आफूलाई विजयी बनाउने दावी गरे । निवर्तमान सांसद समेत रहेका उनले काठमाडौं क्षेत्र नम्बर १ मा आफूले सामुदायिक विद्यालय, बाटो, ढललगायतका समग्र विकासमा उल्लेखनीय योगदान दिएको दावी गर्दै त्यसलाई पूरा गर्न पुनः एक पटक जनताले कांग्रेसलाई अवसर दिने विश्वास व्यक्त गरे । नेता सिंहले आफू विजयी भएकै कारण काठमाडौं क्षेत्र नम्बर १ को विकास निर्माणको कामले गति लिएको बताए । कांग्रेस नेता सिंह यसअघि २ पटक यस क्षेत्रबाट निर्वा्चित भइसकेका छन् । संविधान जारी गर्ने कामको नेतृत्व गरेकाले मुलुकलाई समृद्धि बनाउने अभियानको नेतृत्व गर्ने अवसर पनि काँग्रेसलाई नै दिनुपर्ने सिंहको तर्क थियो ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...
काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...






