बाम गठबन्धनको विजयलाई कसैले रोक्न सक्दैनः रायमाझी


अर्घाखाँची
पूर्वउपप्रधानमन्त्री  तथा नेकपा माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझीले बाम गठबन्धनको विजयी अभियानलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ । बाम गठवन्धनद्वारा मालारानी गाउँपालिकाको वार्ड नं. १ र २ तथा छत्रदेव गाउँपालिका वडा नं. ७ र ८ मा आयोजित छुट्टाछुट्टै चुनावी सभामा मन्तव्य राख्दै उहाँले बाम गठवन्धन मूलुकको आवश्यकता र जनताको चाहना भएको बताउँदै, उच्च मनोवलका साथ जनताको घर आँगनमा पुग्न कार्यकर्तालाई आग्रह गर्नु भयो ।
बाम गठबन्धनको तर्फबाट अर्घाखाँची जिल्ला बाट प्रतिनिधि सभाका साझा उम्मेदवार रहनुभएका रायमाझीले राज्यबाट प्रदान गरिने सेवा सुविधा र विकासका काममा ओजेलमा परेको अर्घाखाँचीलाई आफूले नमूना जिल्लाको रुपमा विकास गरिरहेको दावी गर्नुभयो ।
नेकपा (एमाले) का जिल्ला अध्यक्ष तथा बामगठवन्धनको तर्फबाट अर्घाखाँची जिल्ला प्रदेश सभा क्षेत्र नम्वर १ का साझा उम्मेदवार चेतनारायण आचार्यले श्रमजीवि वर्गको अधिकार स्थापना र जिल्लाको विकासको लागि बाम गठबन्धनलाई भारीमतले विजयी गराउन आग्रह गर्नु भयो । उहाँले गाउँ गाउँमा विकासका पूर्वाधार पु¥याई जनतालाई आत्मनिर्भर बनाउने योजनाका साथ आफूहरु जनता बीच आएको बताउनु भयो । अर्का बक्ता नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिवालय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले सामाजिक रुपान्तरण, स्वरोजगारिको ग्यारेन्टी र समृद्ध राष्ट्र निर्माणको लागि वाम गठबन्धनलाई जिताउनु पर्ने बताउनु भयो । मूलुकका ठूला दुई वामपन्थी दलबीचको एकता केवल निर्वाचन जित्नको लागि मात्र नभई स्थायी सरकार, दिगो शान्ति र अग्रगमनको लागि भएको उहाँको भनाई छ ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सह– संयोजक तथा समानुपातिक उम्मेदवार छमकुमारी खनाल (चिनारी), एमाले जिल्ला सचिव राम बहादुर चौहान, माओवादी केन्द्रका जिल्ला सह– संयोजक तोज बहादुर रायमाझी (विधान), एमाले जिल्ला सचिवालय सदस्य जनार्दन खनाल, शालिकराम आचार्य, भविश्वर पाण्डे, माओवादी केन्द्रका सचिवालय सदस्य रामलाल पराजुली, प्रकाश ज्ञवाली, एम.पी. पाण्डे, मालारानी गाउँपालिका प्रमुख बालकृष्ण आचार्य,उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष ऋषिराम अधिकारी, समाजसेवी रामप्रसाद घिमिरे, एमाले जिल्ला कमिटी सदस्य लिल बहादुर वि.क., खुविराम आचार्य, दयाराम पौडेल, लगायतका वक्ताहरुले मन्तव्य राख्दै बाम गठबन्धनको विजय सँगै जिल्लामा विकास निर्माण र सामाजिक रुपमान्तरणको कामले सार्थकता पाउने बताउनु भयो । चुनावी सभाको लागि गाउँमा पुगेका उम्मेदवार तथा वाम गठबन्धनका नेताहरुलाई जनताले फूलमाला र अविरले भव्य स्वागत गरेका थिए ।

 

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...

काठमाडौंसहित १२ जिल्लामा बाढीको जोखिम

काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...