पूर्वप्रधानमन्त्री एबम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले विपक्षीहरुको मानसिक सन्तुलन विग्रन लागेको बताएका छन् । चितवन भरतपुरको वडानम्बर १५ फुलवारीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै बाम गठबन्धनबाट सो क्षेत्रको साझा उम्मेदवार समेत रहेका प्रचण्डले एउटै कम्युनिष्ट केन्द्र बनाउने संकल्पसहित जनताको विचमा आउँदा विपक्षीहरुले अनाबाश्यक आशंका गर्दै विभिन्न आरोप लगाउने गरेकाले उनिहरुको मानसिक सन्तुलन विग्रेको हो कि भनेर बुझ्नुपर्ने भएको बताए ।
उनले विसं २०१९ सालयता विभाजित हुदै आएका कम्युनिष्टहरु अहिले आएर साझा घोषणापत्र र साझा उम्मेदवार लिएर जनताको विचमा आउनु एउटा ऐतिहासिक परिघटना भएको अवस्थामा विपक्षीहरुले अनावाश्यक आशंका गरेर आफैलाई रुढीबादी कित्तामा उभ्याएको बताए । ‘विपक्षीहरुको मानसिक सन्तुलन विग्रेको जस्तो देखिन्छ । उनिहरु दुई चिज भन्दैछन् एउटा कम्युनिष्टहरु मिल्दैमिल्दैनन भन्छन् भने अर्को कम्युनिष्ट मिले बर्बादै हुन्छ ।’अध्यक्ष प्रचण्डले एउटै कम्युनिष्ट केन्द्र नबनेकै कारण ७० बर्षदेखि कहिल्यै ५ बर्ष चल्ने स्थिर सरकार मुलुकले नपाएको बताए ।
भने ‘अव बाम गठबन्धनले जितेपछि स्थिर सरकार मुलुकले पाउदैछ । मनमोहन अधिकारीले सुरु गरेका बृद्धभत्ता होस् वा केपी ओली नेतृत्वको सरकारले गरेका राष्ट्रियताका काम हुन् अथवा मेरो नेतृत्वको सरकारले लोडसेडिङ अन्त्य गर्नेदेखि साढे सात प्रतिशत आर्थिक बृद्धिदर बढाउने काम किन नहुन् ? यी काम मुलुकका लागि नयाँ रेकर्ड हुन् ।’
कम्युनिष्टहरुले बहुमत ल्याएर सरकार बने अवको ५ बर्षमा गर्ने कामले ५० वर्ष कम्युनिष्टले सरकार चलाउने अधिकार प्राप्त गर्ने प्रचण्डले बताए । ‘सुरुमा बामपन्थी मिल्दैनन् भन्ने भ्रम फैलाउन खोजियो तर हामी मिलेरै गयौ, जान्छौ ।तपाईहरु पनि आशंका नगर्नुस् आशंका गर्नेहरु केवल रुढीबादी मात्र हुनेछन् ।’ केपी ओली र आफुले पार्टी एकीकरण गर्ने संकल्प गरिसकेको र जनतालाई भनिसकेको भन्दै उनले आफ्ना विरोधीहरु विक्षिप्त मात्र नभई झण्डै मानसिक सन्तुलन नै गुमेको जस्तो गरी बोल्न थालेर तल्लो स्तरमा झरेको बताए । कम्युनिष्ट एकीकरणप्रति नआत्तिन कांग्रेसलाई सुझाव दिदै पार्टीहरु मिले खुसी हुनुपर्नेमा गाली गर्दै हिड्नु कस्तो संस्कार हो भनेर प्रचण्डले प्रश्न पनि गरे ।
आफुले विजय गच्छदार र कांग्रेस मिल्दा दुवैलाई बधाइ दिएको स्मरण गर्दै प्रचण्डले कांग्रेसले अहिले हलो पनि मिलाएपछि कता जान लागेको भन्ने डर आफुलाई मात्र नभइ कांग्रेसका नेता कार्यकर्तालाई पनि लागेको बताए । ‘हलो बोकेर हिडँदा कुन बाटो जान लागेको हो भन्ने भएको छ । कांग्रेस मात्र मिलाउनुस्’ कांग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिए । ‘मैले देउवासँग निहुँु नै खोजेको भए गठबन्धन बनेपछि देउवा सरकार ढाल्न पनि सकिन्थ्यो ।मेरो र देउवाबीचको समझदारी अनुसार नै निर्वाचन गर्न दिएको हो ।’ शेरबहादुर देउवाले अत्तालिएर भ्रम सिर्जना गर्ने खोजेको प्रचण्डको भनाई थियो ।
आफुले प्रधानमन्त्री पदबाट राजिनामा दिँदा शेरबहादुर देउवाले आफुलाई राजनेता भनेर घोषणा गरेको स्मरण गर्दै प्रचण्डले आफु पनि देउवालाई राजनेता घोषणा गर्न आतुर भएपनि देउवाले हलो तेस्र्याएपछि उनको चरित्र राजनेता घोषणा गर्न लायक नभएको आफुलाई महशुस भएको टिप्पणी गरे ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






