२००४ सालमा गिरिजाप्रसाद कोइरालाको अगुवाइमा विराटनगर जुट मिलमा भएको मजदुर आन्दोलनका कारण कांग्रेसको राजनीतिक इतिहाससँग विराटनगरलाई जोडिन्छ । त्यसैले विराटनगरलाई कांग्रेसको गढ पनि भनिन्छ । यस पटकको चुनावमा पनि मोरङ क्षेत्र नम्बर ६ का लागि विराटनगर महानगरपालिकाका ६ वटा वडा निर्णायक बन्नेछन् ।
मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसबाट शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन् । विपी कोइरालाका भतिजा शेखरलाई यसपटक कांग्रेसको गढमा कोइराला परिवारको बिरासत जोगाउनुपर्ने चुनौति छ । 
लामो समय चिकित्सा पेशामा संलग्न शेखरले राजनीतिमा सक्रिय भएर लागेको धेरै भएको छैन । तर पनि उनी नेपाली कांग्रेसको इतिहाससँग जोडिएको मोरङ क्षेत्र नम्बर ६ मा आफूलाई अब्बल र जीत सुनिश्चित भएको उम्मेदवार ठान्छन् । चुनावी तायारीबारे जिज्ञासा राख्दा शेखरले आफू जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिनछन् ।
उनीविरुद्ध मोरङ क्षेत्र नम्बर ६ मा अन्य ९ जना उम्मेदवार छन् । तर शेखर भने आफनो जीत पक्का भएको दाबी गर्छन् । ‘उम्मेद्वारी त सवैले चुनाव जित्नकै लागि भनेर दिने हो ।
लालबाबु पनि ‘कम’ छैनन
स्थानीय तह निर्वाचनको मतपरिणामको गणितअनुसार मोरङ ६ मा नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठवन्धन नेकपा एमाले र माओवादी केन्द्र लगायतको वामपन्थी गठवन्धनभन्दा करिब ९ हजार मतले अगाडि छ । मोरङ ६ मा लोकतान्त्रिक गठवन्धनको ३५ हजार मत छ भने वामपन्थी गठवन्धनको २६ हजार बढी मत छ । 
स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामको गणितले वाम गठवन्धन कमजोर रहे पनि लालबाबू पण्डितको ‘व्यक्तित्व’ले पनि मत तान्ने मतदाताको अनुमान छ ।
लालबाबु पण्डित प्रत्येक मतदाताको घर पुगेर मत मागिरहेका छन् । भेटिनेको घरमा र नभेटिनेको खेत–बारीमै भएर पनि लालबाबुले आफूलाई मतदान गर्न आग्रह गरिरहेका छन् । लालबाबुलाई शहरी क्षेत्रमा भेटाउन नै मुस्किल हुन्छ । किनकी उनी ग्रामिण क्षेत्रमा बढी सक्रिय भएका छन् । दैनिक मजदुरी गरेर गुजारा चलाउने वर्गका जनताका बीच लालबाबूको लोकप्रियता बढी छ ।
मोरङ क्षेत्र नम्बर ६ मा प्रतिनिधिसभा सदस्यका लागि १० जनाको उम्मेदवारी परेको छ । जसमध्ये राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमका उम्मेदवारले नतिजा नै उल्टाउने हैसिय राख्ने मतदाताको भनाइ छ । राजपाका उम्मेदवार तवरेज अखतर आलम मधेस आन्दोलनका बेला बिराटनगरमा चर्चामा रहेको नाम हो । खासगरी मुस्लिम समूदायमा उनको प्रभाव रहेको बताइन्छ । यस्तै संघीय समाजवादी फोरमका उम्मेदवार राजेश्वर विश्वास पनि मतपरिणाम उल्टाउने निर्णायक पात्र बन्ने धेरैको आकलन छ ।
मा प्रकाशित
यसमा तपाइको मत
मुख्य अपडेट बाट अन्य
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...
काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक...






