एनएमबि एफपीओको आयो अन्तिम नतिजा, १५% बोनसको कमाल

एनएमबि बैंक एफपीओको शुक्रबार अन्तिम नतिजा आएको छ । अन्तिम तथ्यांक अनुसार यस एफपीओमा कुल ३ अर्ब ९१ करोड रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार अन्तिम तथ्यांक भेरिफाई गर्दा ३ अर्ब ९१ करोड रुपैयाँको आवेदन परेको देखिएको हो ।

पछिल्लो तथ्यांक अनुसार कुल ७० हजार ७२५ जना आवेदकबाट १ करोड १७ लाख ६२ हजार ५९० कित्ताका लागि आवेदन परेको सिलवालले नेपाली पैसालाई बताए । यो रीतपूर्वक आवेदन दिनेको अन्तिम तथ्यांक हो । यसआधारमा एनमबिको एफपीओमा मागभन्दा ३ लाख ४७ हजार ४२७ कित्ता बढी सेयरका लागि आवेदन परेको छ ।

एनएमबि बैंकले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री खुला गरेकोमा १ करोड १७ लाख ६२ हजार ५९० कित्ताका लागि आवेदन परेको हो । बैंकले एफपीओ भर्नेले १५% बोनस सेयर पाउने अस्त्र प्रयोग गरेपछि अन्तिम दिन एकाएक ठूलो मात्रामा लगानीकर्ता झुमिएका हुन् ।

एनएमबिले बुधबार मात्रै एफपीओपछि कायम चुक्ता पुँजीबाट १५% बोनस सेयर दिने घोषणा गरेको थियो । ठूला र संस्थागत लगानीकर्ताले पनि अन्तिम दिनमै आवेदन गर्ने प्रवृत्ति बढी हुने गर्छ । यसको प्रभाव पनि देखिएको हो ।

बिहीबार संस्थागत लगानीकर्ताका रुपमा सिद्धार्थ इक्विटी फन्ड, सिद्धार्थ ओरियन्टेड स्किम, ग्लोबल आइएमई समुन्नत योजना र एसियन लाइफ इन्सुरेन्सले आवेदन दिएपछि पनि एफपीओ बिक्री सहज भएको हो । बिक्री प्रबन्धकका अनुसार अन्तिम दिन व्यक्तिगत लगानीकर्ताको पनि आकर्षण देखिएको थियो ।

एनएमबि बैंकले जेठ ३० गते देखि १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री खुला गरेको हो । जसमा पहिलो चरणमा असार ३ गतेसम्म आवेदन दिने व्यवस्था रहेको थियो । तर त्यस अवधिमा न्यून आवेदन परेपछि असार ४ गतेदेखि संस्थागत लगानीकर्ताले समेत भर्न पाउने गरी एफपीओ खुला भएको हो ।

लगानीकर्ताले १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँका दरले यसमा आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ५१ः४९ अनुपातमा ल्याउन एफपीओ निष्कासन गरेको हो ।

हाल एनएमबिको चुक्ता पुँजी ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार रुपैयाँ छ । एफपीओ बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँ पुग्नेछ । बैंकले यही पुँजीबाट (१५%) १ अर्ब १४ करोड ४ लाख ९३ हजार ५९५ रुपैयाँ बोनस दिने घोषणा गरिसकेको छ । बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ पुग्नेछ ।
एनएमबिले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४१ करोड १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ ९ पैसा (वार्षिक) रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ २१ पैसा छ ।

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...

काठमाडौंसहित १२ जिल्लामा बाढीको जोखिम

काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...