विश्वकपको फाइनल : क्रोएसिया इतिहास रच्ने लक्ष्यमा, फ्रान्स दोस्रोपटक उपाधि उचाल्न आतुर

रुसमा जारी सन् २०१८ विश्वकपको फाइनल आज हुँदै छ । नेपाली समय अनुसार राति पौने ९ बजे  फ्रान्स र क्रोएसियाबीच मस्कोको लुज्हनिकी रंगशलामा फाइनल खेल हुँदैछ ।

क्रोएसिया विश्वकप फाइनलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्यमा रहेको छ भने तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको फ्रान्स दोस्रो पटक विश्वकप विजेता बन्न आतुर रहेको छ ।

सेमिफाइनलको खेलमा फ्रान्सले बेल्जियमलाई १–० ले हराएर फाइनलमा स्थान बनाउँदा क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै पहिलो पटक विश्वकपको फाइनलमा स्थान पक्का गरेको हो ।

नयाँ च्याम्पियनका लागि फ्रान्समा युवा स्ट्राइकर किलियन एमबाप्पे र एन्टोनी ग्रिजम्यान भएकाले फ्रान्सलाई दह्रो टिमको रुपमा मानिएको छ । कप्तान लुका मोडरिचप्रेरित क्रोसिया भने नयाँ उत्साहको साथ फाइनलमा आइपुगेकाले इतिहास रच्दै विश्वकपको उपाधि उचाल्ने दाउमा रहेको छ । यो  क्रोएसियाले फुटबलमा पाएको अहिलेसम्मकै सबैभन्दा ठुलो सफलता हो।

फिफाको विश्व वरीयतामा २०औँ वरीयतामा रहेको क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने सबैभन्दा कम वरीयतामा रहेको टोली हो। २० वर्षअघि उनीहरू विश्वकप फुटबलमा तेस्रो स्थानमा पुगेका थिए। तर त्यस बेला उनीहरू सेमिफाइनलमा फ्रान्सबाट पराजित भएका थिए।

करिब एक महिना अगाडि सुरु भएको विश्वकपमा ३२ टोली थिए । त्यति बेला यी फाइनलमा पुगेका दुई टोली फाइनलमा पुग्छ भनेर एकदमै थोरै मानिसले परिकल्पना गरेका थिए ।

नाम चलेका विश्व फुटबलका स्टार स्ट्राइकरहरू लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र नेइमार घर फर्किसकेका छन्। त्यस्तै विश्व फुटबलका परम्परागत शक्ति राष्ट्रहरू ब्राजिल, जर्मनी र अर्जेन्टिना पनि घर फर्किसकेका छन्।

ब्राजिल, अर्जेन्टिना, जर्मनी र इटालीमध्ये कुनै पनि टोली फाइनल प्रवेश नगरेको यो केवल दोस्रो पटक हो । यसअघि २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपमा पनि यी ४ राष्ट्रमध्ये कुनेै पनि टोली फाइनल प्रवेश गर्न सकेका थिएनन्।

सम्भवतः उपाधि भिडन्तमा विश्व फुटबलका शक्तिशाली राष्ट्र नभएकाले फ्रान्स र क्रोएसियाबीचको फाइनल त्यति उत्सुकता नलाग्न सक्छ।

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

संघीय शिक्षा ऐन तत्काल ल्याउन नेपाल राष्ट्रिय शिक्षक संगठनको सरकारसँग माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...

आज राष्ट्रियसभाको बैठक बस्दै, दुईवटा प्रतिवेदन पेस हुने कार्यसूची

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक...