शताब्दी पुरुष / सत्‍यमोहन जोशी

यो सोमबार मेरो जीवनकै एक महत्त्वपूर्ण घटना घटिरहेको छ। त्रिमूर्ति निकेतनले यसभन्दा अघि कहिल्यै नगरिएको कार्यक्रम गर्दैछ। प्रात: स्मरणीय तीन स्रष्टा कवि शिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा स्थापित यस संस्थाले मलाई शताब्दी पुरुष घोषणा गरिसकेको छ।
२०७१ साल वैशाख ३० गते मलाई माल्यार्पण गरी शताब्दी पुरुष घोषणा गरियो। हुन त त्यस दिन म ९५ वर्षमात्रै पुगेको हुँ। जसरी उत्तीर्णांक नपुगे पाँच नम्बर ग्रेस दिएर उत्तीर्ण गराइन्छ, त्यस्तै भयो मेरो जीवनमा पनि। एक सय वर्ष पुग्न पाँच वर्ष बाँकी रहँदै शताब्दी पुरुष घोषणा गरी शताब्दी उत्सव मनाउनुलाई मैले यसै अर्थमा लिएको छु।
म त बुढ्यौलीलाई ईश्वरको वरदान मान्ने मान्छे। म सत्यम् शिवम् सुन्दरम्मा विश्वास गर्छु। यही विश्वासको आधारले हुनुपर्छ, म अहिलेसम्म स्वस्थ छु। सक्रिय छु। यो समयमा पनि मैले चिन्तन मनन गर्न सकेको छु। आफ्ना विचारहरू व्यक्त गर्न सकेको छु।
आफ्ना समकालीन सर्जकहरू कोही पनि बाँकी नरहेको अवस्थामा मैले भने शताब्दी सम्मान लिने अवसर पाएको छु। यो मेरो जीवनकै लागि सुखद संयोग हो। यो संयोग जुराइदिने संस्था त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईं र सदस्यसचिव नरेन्द्रराज प्रसाईं धन्यवादका पात्र हुनुहुन्छ।
यतिखेर नरेन्द्रराज प्रसाईं धमाधम मेरो जीवनी लेखनमा सक्रिय हुनुहुन्छ। उहाँकै भनाइअनुसार उहाँ विगत १० वर्षदेखि मेरो जीवनको कुनाकुनामा पसेर मलाई खोतलीखोतली निकालिरहनुभएको छ। उहाँका डेढ दर्जन जति जीवनीकृतिका ग्रन्थ र चार सयवटा फुटकर जीवनी प्रकाशमा आइसकेका छन्। सम्झना गर्दै जाँदा म रनभुल्लमा पनि परेँ, किनभने प्रसाईंज्यूले मेरो बारेमा कुन बेला, कहाँ, कसरी यतिका ज्ञातव्य कुराहरू खोजीनीति गरेर शब्दचित्रद्वारा मूर्तरूपमा मलाई जीवनीकृतिमा उभ्याइदिनुभयो? जेहोस्, उहाँले मेरो एक्सरे गरिदिनुभयो।
हामीजस्ता ज्येष्ठ नागरिकका बारेमा समाजले लिने उत्तरदायित्वका सन्दर्भमा एउटा घटना पनि कोट्याऊँ। गएको असोज २५ गतेको कुरा हो। रिसर्च इम्पुटस् डेभेलोपमेन्ट एक्सन संस्थाको संयोजकत्वमा काठमाडौंमा नेपालमा ज्येष्ठ नागरिकको स्वअध्ययनमा सहयोग पुर्‍याउन ज्येष्ठ नागरिकका लागि विश्वविद्यालयको पाँचौं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिकको सम्मेलनमा विभिन्न मुलुकका एक सय ५० जना अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सहभागी थिए। त्यहाँ ५० जनाभन्दा बढी नेपाली ज्येष्ठ नागरिकको उपस्थिति रहेको भव्य समारोहमा म पनि सहभागी थिएँ।
उक्त समारोहमा काउन्सिल अफ यूएसएका अध्यक्ष प्राडा जयराज आचार्यको प्रमुख सम्बोधन भाषण थियो। उहाँले मेरो परिचय दिँदै भन्नुभयो, ‘यिनी हुन्, हाम्रा एक जना ९५ वर्षीय ज्येष्ठ नागरिक साहित्यकार सत्यमोहन जोशी। यहाँ हाम्रा तीनजना साहित्य महारथीहरूको नाममा स्थापित ‘त्रिमूर्ति निकेतन’ नामको संस्था छ।
मैले जीवनमा पाउनभन्दा पनि दिनकै लागि केही गर्न खोजेँ। म आफू यति धेरै बाँच्छु भन्ने लागेको पनि थिएन। यति लामो उमेर बाँचेर यति ठूलो सम्मान पाउँछु भन्ने पनि सोचेको थिइनँ। तर मलाई जीवितावस्थामै ‘शताब्दी पुरुष’जस्तो यति ठूलो र भव्य सम्मान आइलाग्यो। 
यसै संस्थाले भाषा, साहित्य, संस्कृति, कला विविध पक्षमा जोशीज्यूले पुर्‍याउँदै आएको अतुलनीय योगदानहरूको कदर गर्दै तथा यिनको स्वस्थ जीवन र जीवनशैली तथा उत्कृष्ट सिर्जनाशील साहित्यिक कृतिहरूको कदर गर्दै यिनलाई यिनको उमेरमा पाँच नम्बर अर्थात् पाँच वर्ष ग्रेस दिएर शताब्दी पुरुष घोषणा गरी यिनको उचाइ जत्रो छ, त्यतिकै उचाइको कलात्मक ताम्रपत्रसहितको उपहारद्वारा निकट भविष्यमै यिनको सम्मान गर्ने भएको छ।
हाम्रो त्रिमूर्ति निकेतनद्वारा व्यवहारमा ल्याइएको यस किसिमको शताब्दी पुरुषको सम्मान ज्येष्ठ नागरिकहरूको जीवनशैलीमा एउटा नवीनतम बुढ्यौली संस्कृति नै हुने भएको छ, जुन सबैका लागि अनुकरणीय भएको छ।’
वास्तवमा त्रिमूर्ति निकेतनद्वारा मलाई ‘शताब्दी पुरुष’ घोषणा गरी सम्मान गरिने प्रेस विज्ञप्ति (२०७१ वैशाख ३० गते) प्रकाशित भएपछि ‘शताब्दी पुरुष’को एउटा नौलो संयुक्त शब्द बहुचर्चित हुन गयो। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशका परिवद्र्धित संस्करणका लागि एउटा नयाँ प्रविष्टिले आफ्नो ठाउँ सुरक्षित ग:यो। शताब्दी पुरुष सम्बोधनले म सम्बोधित हुन थालिसकेँ।
राजधानीको मुटुमा नवनिर्मित श्रीरञ्जना ट्रेड सेन्टरको प्रवेशद्वारकै भित्तामा स्थापित एक आकर्षक शिलालेखमा ‘शताब्दी पुरुष वरिष्ठ संस्कृतिविद् एवम् साहित्यकार श्री सत्यमोहन जोशीज्यूबाट आज (२०७१ श्रावण २५ गते) जनैपूर्णिमाको शुभमुहूर्तमा विधिवत् समुद्घाटन सुसम्पन्न भयो’ भनी उल्लेख हुन पुगेको छ। यसबाट पनि पुष्टि हुन्छ, नागरिकस्तरबाट पनि शताब्दी पुरुष सम्बोधन सहज र स्थापित हुँदै गइरहेको छ।
यसैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मेरो जीवनीमा आधारित वृत्तचित्र निर्माण गर्न लगाउनु ममाथिको मूल्यांकन ठानेको छु। ‘शताब्दी पुरुष सत्यमोहन जोशी : जीवन मानव सम्पदा’ शीर्षक रहेको छ, वृत्तचित्रको।
प्रज्ञा प्रतिष्ठान प्रवेश गरेपछि २०२७ सालमा विशेषज्ञहरूको टोलीसहित कर्णाली क्षेत्रको संस्कृतिको अनुसन्धानमा खटिएँ। निरन्तर नेपाली संस्कृतिको अन्वेषणमा जीवन समर्पित गरेँ। मैले जीवनमा पाउनभन्दा पनि दिनकै लागि केही गर्न खोजेँ। म आफू यति धेरै बाँच्छु भन्ने लागेको पनि थिएन।
यति लामो उमेर बाँचेर यति ठूलो सम्मान पाउँछु भन्ने पनि सोचेको थिइनँ। तर मलाई जीवितावस्थामै ‘शताब्दी पुरुष’जस्तो यति ठूलो र भव्य सम्मान आइलाग्यो। त्रिमूर्ति निकेतनले निकेतनकै सदस्य प्राडा उषा ठाकुरको संयोजकत्वमा ‘सत्यमोहन जन्मशताब्दी महोत्सव’ गठन गरेर त्यसलाई क्रियाशील बनाइरहेको बेलामा त्रिमूर्ति निकेतनकै अध्यक्ष इन्दिरा प्रसाईंको भनाइ मनासिव नै लाग्यो। उहाँको भनाइमा- ‘९५ वर्षलाई पनि सयकै हाराहारीमा हेरिन्छ। त्यसैले हामीले ९५ वर्ष पुगेकै बेला शताब्दी महोत्सव गर्ने निर्णय गर्‍यौं।’
मैले शताब्दी पुरुष उपाधि प्राप्त गरिसकेपछि मलाई अरू केही नभए पनि हुन्छ। त्यसपछि मलाई कुनै मान र सम्मानको खाँचो परेन। ‘शताब्दी पुरुष’को पदवी पाउन म नै विश्वको पहिलो व्यक्ति बनेँ। अब मलाई पुग्यो।
 म त बुढ्‍यौलीलाई इश्‍वरको वरदान मान्‍ने मान्‍छे। म सत्‍यम् शिवम् सुन्‍दरम्मा विश्‍वास गर्छु। यही विश्‍वासको आधारले  हुनुपर्छ,  म अहिलेसम्‍म स्‍वस्‍थ छु। सक्रिय छु। 
जहाँसम्म शताब्दी पुरुषको सन्दर्भमा ९५ वर्ष पुगेकैमा त्यसलाई सय वर्षको समयावधिले छोइसकेको प्रसंग छ, त्रिमूर्ति निकेतनले मलाई जीवितावस्थामा नै पाँच वर्ष ग्रेस दिएकोमा ‘त्वं जीवन शरदां शतम्’ मन्त्रदान दिएको झैं लाग्यो।
(अन्नपूर्ण पोष्टमा प्रथम पटक प्रकाशित)

मा प्रकाशित

यसमा तपाइको मत

साहित्य बाट अन्य

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

संघीय शिक्षा ऐन तत्काल ल्याउन नेपाल राष्ट्रिय शिक्षक संगठनको सरकारसँग माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...

आज राष्ट्रियसभाको बैठक बस्दै, दुईवटा प्रतिवेदन पेस हुने कार्यसूची

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक...