उच्च शिक्षाका लागि वैदेशिक सोच बनाईरहेका प्लस टु तथा ब्याचलर गरेका विद्यार्थीलाई लक्षित गर्दै ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसनको आयोजनामा काठमाण्डौमा ड्रिम डेस्टिनी अस्ट्रेलिया, अमेरिका एजुकेशन फेयर हुने भएको छ । काठमाडौ सोह्रखट्टे स्थित भि एस कम्प्लेक्समा रहेको ड्रिम डेस्टीनी एजुकेशन फाउण्डेसनको आफ्नै कार्यालयमा साउन २६ गते ९अगस्ट ११० शनिवारका दिन ड्रिम डेस्टिनी अस्ट्रेलिया,अमेरिका एजुकेशन फेयर हुन लागेको हो ।

एक दिने शैक्षिक मेलामा अष्ट्रेलिया र अमेरिकामा रहेका १५ भन्दा बढी विभिन्न शैक्षिक संस्थाका प्रतिनिधीहरुको सहभागिता रहनुका साथै प्रत्यक्ष संवाद समेत गर्न सकिने आयोजक ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसनका अध्यक्ष बुद्धि प्रसाद रेग्मीले जानकारी दिए । मेलामा इच्छुक विद्यार्थी तथा अभिभावकले आफ्नो योग्यता तथा क्षमता अनुसार अस्ट्रेलिया र अमेरिकाको शिक्षा प्रणाली, भिसा प्रकृया, छात्रवृत्ति, लागतका विषयमा विज्ञहरुबाट निशुल्क परामर्श सेवा पाउने छन् ।
साथै मेलामा अष्ट्रेलियमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका “द वान इन्टरनेशनल कलेज, भाइब कलेज, क्विन्सफोर्ड कलेज, अष्ट्रेलियन हार्बर इन्टरनेशनल कलेज, अष्ट्रेलियन इन्सिच्युट अफ विजनेश एण्ड टेक्नोलोजी, पेसेफिक कलेज अफ टेक्नोलोजी, फेडेरेशन युनिर्भ्सिटी, चाल्र्स डार्बिन युनिर्भ्सिटी, युनिभर्सिट अफ सनसाइन क्वेष्टबाट सम्बन्धन प्राप्त अष्ट्रेलियन टेक्निकल एण्ड मेनेजमेण्ट कलेज, अष्ट्रेलियन इन्टरनेशनल एकेडेमी, साउथन एकेडेमी अफ विजनेश एण्ड टेक्नोलोजी, क्वीन्सल्याण्ड इन्टरनेशनल विजनेश एकेडेमी, न्यु इरा इन्सिच्युट” लगायतका कलेजको सहभागिता रहने छ ।
त्यस्तै मेलामा अमेरिकी शैक्षिक संस्थाको रुपमा विश्व स्तरीय कलेजहरु “कंकर्ड युनिर्भ्सिटी, नोभा साउथइस्र्टन युनिर्भ्सिटी, मर्निङ साइड कलेज, युनिर्भ्सिटी अफ एडभान्सिङ टेक्नोलोजी, इसीपीआइ युनर्भ्सिटी” को सहभागिता रहने छ । विहान १० बजे देखी बेलुका ५ बजे सम्म चल्ने मेलामा विद्यार्थीहरुले आफ्ना शैक्षिक प्रमाण सहित मेलामा सहभागिता जनाएको अवस्थामा मेला स्थलबाटै अस्ट्रेलिया र अमेरिका जानको लागी भिषा प्रक्रियाको सुरुवात गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् ।
विद्यार्थीहरुको इच्छा अनुसार संसारका जुनसुकै देशमा वैदेशिक शिक्षाका लागी परामर्श सेवा दिंदै आईरहेको ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसनले अमेरिका तथा अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गर्न लागेको शैक्षिक मेलामा अन्य देशमा जान चाहने विद्यार्थीले पनि उचित परामर्श लिन सक्ने आयोजकले जनाएको छ ।
मा प्रकाशित
यसमा तपाइको मत
साहित्य बाट अन्य
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...
काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...






