होम चौंलागाँईं, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वि.सं. २०७२ को भूकम्पले थिलथिलिएको नगरपालिका हो । भूकम्पको केन्द्रबिन्दुमात्र नभई विभिन्न पराकम्पनहरुपनि सिन्धुपाल्चोकमै गइरहनु र मण्डनदेउपुर नगरपालिकाको वडा नं. ६, ७, ९,१० र १२ विशेष गरी सिन्धुपाल्चोककै मेलम्ची, ईन्द्रावती र साँगाचोक गढी चौतारा नगरपालिकासंग जोडिएको हिसाबले ती वडाहरुमा सिन्धुपाल्चोक जत्तिकै भूकम्पीय पिडा हुन स्वभाविकै थियो । त्यस बेलाको पराकम्पन र थर्काईहरुको असरका कारण यतिबेल ति भेग र बस्तहीरुमा पहिरोको समस्या देखिन थालेको छ ।
मध्य वर्षातको समय र साउने झरीका कारण गत २४ गते बेलुकी काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. १० को भूकम्पग्रस्त नारिम खर्क, चिनेसेरामा चारैतिरबाट बस्तीनै सकाउने गरी पहिरोले आक्रमण गरेको छ । पहिरोका कारण एक बालकको मृत्यू हुन पुगेको छ भने धेरै हताहतीपनि भएको थियो । पहिरोकाकारण त्यहाका मानिसहरु स्थानीय एक विद्यालयमा शरण लिएर बसेका भएतापनि उनीहरुको पशु चौपायाहरु यतिबेलसम्मै उद्धारको पर्खाइमा रहेका देखिन्छ । गोठबाट दायाँ/बायाँ र तल/माथी पूर्ण पहिरो रहेकोले आफ्ना चौपायाहरुलाई सार्न नसिकएको स्थानीय कामीसिंह तामाङले बताए ।
यसैबिच नेकपाका नेता बिदुर सापकोटा, रीता ढकाल, ध्रुव काफ्ले, माधव न्यौपाने, तुलसी नेपाल, होम चौंलागाँईं लगायतको टोली पिडित र मृतक परिवारमा सामान्य रहात, भेटघाट, श्रद्धाञ्जली र समवेदना प्रकट गर्ने गरी त्यहा पुगेका थिए । । स्थानीय पिडितहरुसंगको भेटघाटको क्रममा १/२ दिनमै सबै लागेर मानव वस्तीमात्र नभएर वस्तुभाउलाई गोरेटो खनेरैपनि सार्न लागिपर्ने नि.वडाध्यक्ष रामबहादुर तामाङले बताएका छन् । दीर्घकालिन समाधानका लागि नगरपालिका मार्फब स्थायी रुपमा एकिकृत बस्तीको अवधारणा बनाएरैपनि तत्काल लागिपर्ने नेकपाका नेता विदुर सापकोटा र रीता ढकालले बताए ।




मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...
काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...






