ड्रिम डेस्टिनी एजुकेशन फेयरमा चार सय बढी विद्यार्थीले गरे अवलोकन

उच्च शिक्षाका लागि वैदेशिक सोच बनाईरहेका प्लस टु तथा ब्याचलर गरेका विद्यार्थीलाई लक्षित गरी ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसनले आयोजना गरेको एक दिने मेला भव्यताको साथ सम्पन्न भएको छ । काठमाडौ सोह्रखट्टे स्थित भि एस कम्प्लेक्समा रहेको ड्रिम डेस्टीनी एजुकेशन फाउण्डेसनको आफ्नै कार्यालयमा भएको मेलामा विद्यार्थीहरुले उल्लेख्य रुपमा सहभागिता रहेको थियो । फेयरमा अष्ट्रेलिया र अमेरिकामा रहेका १५ भन्दा बढी विभिन्न शैक्षिक संस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

फेयरमा सहभागि भएका विद्यार्थी तथा अभिभावकले अमेरिका र अष्ट्रेलिया तथा अमेरिकाका कलेज प्रतिनिधि सँग प्रत्यक्ष संवाद मार्फत आफुजाने देश अध्ययन गर्ने कलेजको विषयमा पत्यक्ष रुपमा जान्न पाउँदा निकै खुसी भएको बताए । यस्तै कलेजका प्रतिनिधीहरु पनि विद्यार्थीहरुको सहभागिता बाट सन्तुष्ट रहेको बताए ।

मेलमा विशेष गरी  इटी,नर्सिङ,विजिनेश जस्ता क्षेत्रमा विद्यार्थीहरुले रुची देखाएको मेलाका संयोजक ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसनका अध्यक्ष तथा शैक्षिक मेला संयोजक बुद्धि प्रसाद रेग्मीले जानकारी दिए । ४ सय भन्दा बढी विद्यार्थी सहभागि भएको मेलामा इच्छुक विद्यार्थी तथा अभिभावकले आफ्नो योग्यता तथा क्षमता अनुसार अस्ट्रेलिया र अमेरिकाको शिक्षा प्रणाली, भिसा प्रकृया, छात्रवृत्ति, लागतका विषयमा विज्ञहरुबाट निशुल्क परामर्श सेवा लिएका छन् ।

मेलामा अस्ट्रेलियामा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेका “द वान इन्टरनेशनल कलेज, भाइब कलेज, क्विन्सफोर्ड कलेज, अष्ट्रेलियन हार्बर इन्टरनेशनल कलेज, अष्ट्रेलियन इन्सिच्युट अफ विजनेश एण्ड टेक्नोलोजी, पेसेफिक कलेज अफ टेक्नोलोजी, फेडेरेशन युनिर्भ्सिटी, चाल्र्स डार्बिन युनिर्भ्सिटी, युनिभर्सिट अफ सनसाइन क्वेष्टबाट सम्बन्धन प्राप्त अष्ट्रेलियन टेक्निकल एण्ड मेनेजमेण्ट कलेज, अष्ट्रेलियन इन्टरनेशनल एकेडेमी, साउथन एकेडेमी अफ विजनेश एण्ड टेक्नोलोजी, क्वीन्सल्याण्ड इन्टरनेशनल विजनेश एकेडेमी, न्यु इरा इन्सिच्युट” लगायतका कलेजको सहभागिता रहेको थियो ।

त्यस्तै मेलामा अमेरिकी शैक्षिक संस्थाको रुपमा विश्व स्तरीय कलेजहरु “कंकर्ड युनिर्भ्सिटी, नोभा साउथइस्टर्न युनिर्भ्सिटी, मर्निङ साइड कलेज, युनिर्भ्सिटी अफ एडभान्सिङ टेक्नोलोजी, इसीपीआइ युनर्भ्सिटी” को सहभागिता रहेको थियो । मेलामा आफ्ना शैक्षिक प्रमाण सहित सहभागिता जनाएका विद्यार्थीहरुले मेला स्थलबाटै अस्ट्रेलिया र अमेरिका जानको लागी भिषा प्रक्रियाको सुरुवात गर्ने अवसर पाप्त गरे ।

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

संघीय शिक्षा ऐन तत्काल ल्याउन नेपाल राष्ट्रिय शिक्षक संगठनको सरकारसँग माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...