काठमाडाैं/ राेमान्टिक छविका अभिनेता अार्यन सिग्देलकाे एकखाले फ्यान फलाेइङ अझै छ । उनका पछिल्ला केही फिल्मबाट फ्यानहरूले सन्तुष्टि पाउन सकेनन् । तैपनि उनकाे स्क्रिन प्रेजेन्सलार्इ रूचाउने दर्शककाे संख्या खासै घटेकाे छैन ।
लभरब्वाइका रूपमा अनमाेल केसी र प्रदीप खड्काहरूकाे अागमन भएसँगै अार्यनलार्इ कतै न कतै कन्फ्युजन पैदा भएकाे हुनुपर्छ । अब कुन बाटाे हिँड्ने भन्ने कन्फ्युजन । त्यसैले उनले अाफ्नाे प्याटर्नभन्दा भिन्न केही फिल्म ‘माला’ र ‘रूद्रप्रिया’ खेले ।
निर्देशक दिनेश राउतसँगकाे उनकाे टार्इअप पनि टुंगियाे । अार्यनसँग ‘अार्इ एम सरी’, ‘नाेभेम्बर रेन’ र ‘क्लासिक’ निर्देशन गरेका दिनेशले पछिल्लाे फिल्म ‘पर्व’ अार्यनबिना नै बनाए भने अहिले ‘प्रसाद’मा पनि अार्यन छैनन् ।
अाफ्नाे प्रिय निर्देशककाे क्याम्पदेखि टाढा अाएर अार्यनले निर्माण गरेकाे फिल्म हाे ‘कायरा’ । हुन त उनी हराएका छैनन् । न त उनी दर्शकका नजरमा बिरानाे नै भइसके । तैपनि उनले ‘कायरा’लार्इ अाफ्नाे एकप्रकारकाे कमब्याक फिल्म मानेका छन् ।
दर्शकका लागि बाेनसका रूपमा अार्यनले साम्राज्ञी शाहलार्इ अाफ्नाे जाेडी बनाएकी छिन् । अनमाेल केसीकाे ‘ड्रिम्स’बाट डेब्यु गरेर टिनएजरहरूकाे ढुकढुकी बन्न सफल साम्राज्ञीसँग जाेडी बन्दै अार्यनले अाफूलार्इ फ्रेस केमिस्ट्रीमा प्रस्तुत गरेका छन् ।
अार्यन र साम्राज्ञीकाे जाेडीलार्इ बेस्ट जाेडी मान्नेहरू पनि छन् । जेहाेस्, दुर्इकाे अनस्क्रिन राेमान्स कस्ताे हुने हाे, धेरैजना जिज्ञासु छन् । कायरा हेर्न जानेमध्ये धेरैजसाे दर्शक यही कारणले पनि हल पुग्नसक्छन् ।
लक्ष्मण रिजाल निर्देशित ‘कायरा’ शुक्रबार नेपालभर रिलिज भइसकेकाे छ । अब केही दिनमै फिल्मकाे व्यापारिक ग्राफ अाइसक्छ । फिल्मले सन्ताेषजनक नै व्यापार गर्ने एउटा अनुमान छ ।
त्याे खाले अनुमान सही साबित भएमा धेरै हदसम्म अार्यन दबाबमा पर्ने छैनन् । किनभने पछिल्लाे समयमा फिल्म हिट गराउने अभिभारा कलाकारकाे काँधमा मात्र हालिदिने गलत प्रवृत्ति छ । जबकि, फिल्म फितलाे भएमा जतिसुकै ठूलाे स्टार भए पनि दर्शकले दिने सिग्नल ‘रेड’ नै हाे । कुनै पनि फिल्म नचल्नुमा निर्देशक र अरू प्राविधिकहरूकाे हेल्चेक्राइँकाे चर्चा नै हुँदैन । सिर्फ भन्ने गरिन्छ, फलानाे कलाकारकाे दिन गएछ ।
‘कायरा’काे स्थिति पनि त्यस्तै छ । यसका निर्देशक लक्ष्मण रिजाल बजारका ‘हेभी वेट’ निर्देशककाे लहरमा पर्दैन । निर्देशकभन्दा पनि अार्यनले फिल्म कस्ताे बनाएछन् भन्ने काैतुहलता धेरैमा भेटिन्छ । याे निर्देशक रिजालका लागि चुनाैतीकाे विषय हाे । उनले निर्देशकका रूपमा अाफ्नाे बलियाे पहिचान निर्माण गर्न बाँकी छ । ‘कायरा’ले दर्शककाे प्यास मेट्न सफल भएमा उनलार्इ पक्कै फाइदा पुग्नेछ ।
फिल्मका वितरक र प्रदर्शकले अार्यनकै भराेसामा फिल्म रिलिज गरेका हुन् । याे कुरा जगजाहेर नै छ । त्यसैले फिल्म चल्नु र नचल्नुकाे जस अार्यनलार्इ नै जाने निश्चित छ । तर, याे ठिक हाेइन ।
हाे, ‘कायरा’ अार्यनकाे करियरका लागि महत्त्वपूर्ण छ । तर, याे नै निर्णायक हाेइन । ‘कायरा’ हिट भएमा अार्यन माथि चुलीमा पुगिहाल्ने पनि हाेइन र फिल्म नचलेमा अार्यनकाे बजार चाैपट हुने पनि हाेइन । अबका केही वर्ष अार्यनले कस्ता फिल्ममा अभिनय गर्छन्, त्यसले निर्धारण गर्नेछ उनकाे करियर ।
मा प्रकाशित
यसमा तपाइको मत
मुख्य अपडेट बाट अन्य
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...
काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक...






