सेयर किन्न ब्रोकरले कहिले देलान् ऋण ?

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समिति बैठक समयमा नै बस्न नसक्दा मार्जिन लेन्डिङ कार्यविधि कार्यान्वयन गर्नका लागि समय लम्बिएको छ । झण्डै डेढ महिना अघि नै राष्ट्र बैंकले कार्यविधि कार्यान्वयनका लागि नेप्सेलाई सैद्धान्तिक सहमति दिएको थियो । राष्ट्र बैंकको सहमतिपछि नेप्सेको बैठक बसी कार्यविधि लागू गर्न अनुमोदन गर्नुपर्ने हुन्छ ।
तर डेढ महिना बितिसक्दा पनि ब्रोकर मार्फत मार्जिन लेन्डिङ दिने कार्यविधि नेप्सेको सञ्चालक समिति बैठक बस्न नसक्दा अलपत्र परेको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार अब बस्ने सञ्चालक समितिको बैठकले राष्ट्र बैंकबाट आएको प्रस्ताव पारित गर्नेछ । बैठक बसेपछि नेप्सेले सूचना निकाल्ने छ । उक्त सूचनापछि ब्रोकर कम्पनीहरुले नेप्सेमा आवेदन दिन सक्नेछन् ।
यता, मार्जिन कर्जा वितरणका लागि राष्ट्र बैंकले कार्यविधि बनाउन बाँकी नै छ । कार्यविधि बनिसकेपछि मात्र यो पूर्ण कार्यान्वयन प्रक्रियामा आउने छ । यो भन्दा पहिले नेप्सेमा सञ्चालक समितिले राष्ट्र बैंकबाट आएको प्रस्ताव पारित गर्नुपर्छ । बैठकले प्रस्ताव पारित गरेपछि ब्रोकर कम्पनीहरुका लागि सूचना जारी गर्नुपर्छ ।
सूचनापछि तोकेको मापदण्ड पूरा गरेका ब्रोकर कम्पनीहरुले मार्जिन लेन्डिङका लागि नेप्सेमा निवेदन दिनेछन् । निवेदन दिए पनि केन्द्रीय बैंकले बैंकहरुका लागि कर्जा प्रवाह सम्बन्धी कार्यविधि बनाएर लागू नगरेसम्म वास्तविक रुपमा मार्जिन लेन्डिङ कार्यान्वयनमा आउनेछैन् । यस आधारमा लगानीकर्ताले ब्रोकरमार्फत सेयर किन्नका लागि मार्जिन ऋण पाउन अझै केही समय धैर्य गर्नुपर्ने देखिएको छ ।
यस्तो छ प्रकृया
ब्रोकरहरुको निवेदन नेप्सेमार्फत राष्ट्र बैंकमा पुग्नेछ । त्यही निवेदनका आधारमा राष्ट्र बैंकले कार्यविधि बनाउने छ । हाल हेर्दा नेप्सेको सञ्चालक समितिको बैठक समयमा नै नबस्दा राष्ट्र बैंकले कार्यविधि बनाउन पाएको छैन । नेप्सेले तोकेको मापदण्ड पूरा गरेर कुनै ब्रोकरको फाइल राष्ट्र बैंकमा पुगेपछि उनीहरुले गर्ने कामको प्रकृति हेरेर कार्यविधि बनाउने तयारीमा राष्ट्र बैंक देखिएको छ ।
ब्रोकरले दिएको निवेदन नेप्सेले राष्ट्र बैंकमा पठाएपछि के–कस्ता सर्तमा मार्जिन सेवा दिने हो भन्ने विषय कार्यविधिमा राखिने राष्ट्र बैंकले जानकारी गराइसकेको छ । यसका लागि नेपालको मात्र नभएर अन्तर्राष्ट्रिय प्रचलन तथा अभ्यास पनि हेर्न आवश्यक रहेको राष्ट्र बैंंकको भनाई छ । कार्यविधि बन्न पहिला राष्ट्र बैंकमा नेप्से हुँदै ब्रोकरहरुको निवेदन पुग्नुपर्ने जानकारी दिइएको छ ।
राष्ट्र बैंकले तयार पार्ने कार्यविधिमा के–के हुन्छ ?
राष्ट्र बैंकले बनाउने मार्जिन लेन्डिङ कार्यविधिमा ब्याजदर कति प्रतिशतसम्म लिन पाउने ? सम्बन्धित कम्पनीले कुन निकायलाई रिपोर्टिङ गर्ने, रिपोर्टिङ कुन समय भित्र गर्ने ? रिपोर्टिङ नगरे के कारबाही हुने ? तोकिएको ब्याजदर भन्दा बढीमा लगानी गरे के हुने ? हिसाब–किताब पारदर्शी नराखे के हुने ? लगायतका वित्तीय क्षेत्रसँग समेत सम्बन्धित महत्वपूर्ण विषय समावेश हुनेछ ।
मार्जिन लेन्डिङ कर्जा प्रवाह गर्ने संस्थाको पुँजी, कारोबार अवस्था, कम्पनीको नाफा, सुशासन लगायतको विषयलाई पनि राष्ट्र बैंकले अध्ययन गर्नेछ । तोकिएका मापदण्ड पूरा गरेका ब्रोकर कम्पनीलाई क्रमशः कार्यान्वयन गर्न नेप्सेले अनुमति दिनेछ ।
धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा दिने ब्रोकर कम्पनीको खुद सम्पति कम्तिमा ५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । ब्रोकरहरुले आफ्ना ग्राहक पहिचान, कारोबार र सेयर संख्याका आधारमा बैंकिङ नियम अनुसार मार्जिन कर्जाका लागि सिफारिस गर्न सजिलो हुनेछ । यो सेवा सुरु भएमा ब्रोकर कम्पनीले कर्जा प्रवाह गर्दा बैंकलाई कर्जाको जोखिम न्यूनीकरण गर्नसमेत सजिलो हुने अपेक्षा छ ।
कस्ता कम्पनीमा पाइन्छ सेयर किन्न मार्जिन ऋण ?
ब्रोकरहरुले कम्तिमा १० हजार सेयरधनी भएका तथा नेटवर्थ सकारात्मक रही पछिल्लो २ आर्थिक वर्षमा कम्तिमा १०% लाभांश वितरण गरेका सूचीकृत कम्पनीको सेयर किन्न मात्र मार्जिन ऋण दिन पाउनेछन् । सूचीकृत कम्पनीको १८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ५०% ले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनका रुपमा लिनुपर्नेछ ।
ब्रोकरहरुले आफ्नो नेटवर्थको २ गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन पाउनेछन् । कुनै एक जना ग्राहक वा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको बढीमा १०% सम्म मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन पाउनेछन् । धितोपत्र व्यवसायीले मार्जिन कारोबार सुविधा प्रदान गर्न आफ्नै स्रोत वा वाणिज्य बैंकसँग रकम लिएर मार्जिन कारोबार सुविधा प्रदान गर्नुपर्नेछ ।

मा प्रकाशित

यसमा तपाइको मत

मुख्य अपडेट बाट अन्य

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

संघीय शिक्षा ऐन तत्काल ल्याउन नेपाल राष्ट्रिय शिक्षक संगठनको सरकारसँग माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...