मेनपावर कम्पनीको धरौटी रकम ६ करोड बनाउने प्रस्ताव अमान्यः प्रमुख सचेतक खाँड

नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक एवं पूर्वमन्त्री बालकृष्ण खाँडले मेनपावर कम्पनीको धरौटी ६ करोड बनाउने कुरामा आफनो पार्टीलाई मान्य नहुने बताएका छन् । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको नवांै साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक खाँडले सरकारले मेनपावर कम्पनी धरौटी रकम ६ करोड बनाउने कुरा आफुलाई आपत्ती जनक भएको समेत बताए ।

उनले बर्तमान वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व नालायक भएका कारण सरकारले पेलिरहेको बताउदै त्यसका लागी आन्दोलन धर्ना जस्ता कार्यक्रम गर्न पनि फोरमलाई निर्देशक दिएका छन् । व्यवसायीहरुको आन्दोलनमा आफनो पार्टी र आफुले पूर्ण रुपमा सहयोग गर्ने आश्वासन दिर्दै सिंहदरवार भित्र प्रबेश गर्न प्रहरीले रोके सिंहदरबार भित्र छिराउने जिम्मा आफनो भएको समेत उनको भनाई छ ।

बर्तमान सरकार कम्यूनिष्टपार्टीको झण्डा र टोपी लगाएर तानाशाहको बाटोमा अगाडी बढेको पूर्वमन्त्री समेत रहेका खाँडले आरोप लगाए । नेपाली कांग्रेसका केन्द्रीय सदश्य सुरेन्द्रराज पाण्डेले सरकारले मेनपावर कम्पनीको धरौटी ६ करोड बनाउने कुरा जायज नभएको भन्दै सरकारलाई दवाब दिन व्यवसायीहरुलाई आग्रह गरे ।

उनले व्यवसायीहरुको लाचारी कारण पनि सरकारले यो कदम चालेको भन्दै व्यवसायीहरुले आफनो कार्यशैली परिबर्तन गर्न पनि सुझाब दिए । यस्तै नेपाली कांग्रेसकै केन्द्रीय सदश्य गुरुप्रसाद मैनालीले व्यवसायीहरु पनि सुर्धिन अहिले आवश्यकता भएको बताउदै सरकारले पनि व्यवसायीका समस्या छलफलका आधारमा सम्बोधन गर्नु पर्नेमा जोड दिए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले मेनवापरको धरौटी रकम बढाएर मात्रै यो क्षेत्रमा देखा परेका समस्या समाधान नहुने भन्दै श्रम तथा समाजिक सुरक्षा मन्त्रालय प्रति असन्तुष्ट व्यक्त गदै संघको नेतृत्वलाई भेटन नदिएको प्रति पनि मन्त्री गोकर्ण बिष्ट प्रति असन्तुष्टी पोखे ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बिमल ढकालले बर्तमान सरकार एकातिर सिन्डिकेटको बिरोध गर्ने अर्को तिर सिण्डिकेट लगाउन अग्रसर भएको आरोप लगाउदै मेनपावर कम्पनीको धरौटी रकम ६ करा्ेड पुरयाउने कुरा एउटा उदाहरण भएको बताए । बर्तमान सरकार दोहोरो चरित्र देखाउदै अधिनायकबाद तर्फ उन्मुख भएको उनको आरोप छ ।

संघका पूर्वअध्यक्ष तिलकबहादुर रानाभाट, हंशराज वाग्लले, लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष किरण किशोर घिमिरे, प्रज्ञान न्यौपाने , प्रगतीशिल वैदेशिक रोजगार व्यवसायी मन्चका अध्यक्ष चित्र गुप्त सावॉ लगाएत बक्ताले पनि  धरौटी रकम ६ करोड बनाउने कुरामा आपत्ती जनाए ।

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...

काठमाडौंसहित १२ जिल्लामा बाढीको जोखिम

काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...