
ललितपुरको ताल्छिखेलमा अवस्थित आयाम बचत तथा ऋण सहकारी संस्थाले छैठौ बार्षिक साधारण सभा एक कार्यक्रम गरी सम्पन्न गरेको छ । साधारण सभा कार्यक्रममा बोल्दै बिभिन्न सहभागी बक्ताहरुले आयाम सहकारीले ललितपुर जिल्ला मै छोटो समयमा उदाहरणीय काम गरेको बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी राष्टिय सहकारी बैंकका प्रबन्ध संचालक केवी उप्रेतीले आयाम सहकारीले सरकारी ऐन नियम कानुन अनुसार रहेर छोटो समयमा राम्रो काम गरेको भन्दै आयामलाई अझ सफलताको बाटोमा अगाडी बढन शुभकामना व्यक्त गरे । उप्रेतीले राज्यको लक्ष्य पुरा गर्न सहकारीले काम गरेको भन्दै सरकारले सहकारीको लागी पनि समय अनुकुल ऐन नियम बनाउनु पर्नेमा जोड दिए । प्रबन्ध संचालक उप्रेतीले प्रदेशमा सहकारी ऐन बन्दै गरेको अवस्थामा संघीय ऐन बाध्न हुन नहुने बताए । साथै नेपाल भरी रहेका सहकारीलाई राष्टिय सहकारी बैंकले पूर्ण रुपमा सहयोग गर्ने समेत आश्वासन दिए ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामशरण घिमिरेले आयाम सहकारीले ललितपुर जिल्लाकै नमुना सहकारीको रुपमा चिनाउन जर्मको गरेको भन्दै आगामी दिनमा अझ प्रगतीको लागी सफलताको शुभकाना दिए ।
चण्डेनी मण्डन साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष एवम् यूवा पत्रकार सुमन नेपालले आयाम सहकारीलाई सफलताको शुभकामना दिर्दै चुनौतीका बाबजुत पनि यो सहकारीले धेरै उधमी बनाउनमा सफल भएको भन्दै प्रशंसा गरे । अध्यक्ष नेपालले बर्तमान सरकारले ल्याएको समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा लाई सवै पक्षले सहयोग गर्नु पर्ने आबश्यकता रहेको भन्दै सहकारी क्षेत्रले पनि सहयोग गर्नु पर्नेमा जोड दिए ।

ललितपुर सहकारी संघका उपाध्यक्ष रामशरण बस्नेतले केही सहकारीको गल्तीले सबै सहकारीको बदनाम हुने गरेको भन्दै सरकारले सवै सहकारीलाई एउटै डालोमा हाल्न नहुने बताए ।
सलिना र सुश्मिता नेपालको आकर्षक स्वागत नृत्य प्रस्तुत गरिएको सो कार्यक्रममा स्वागत मन्तब्य संस्थाका संचालक समिति सदस्य संजय पोखरेलले गरेका थिए । सो अवसरमा राष्ट्रिय खेलाडी सम्मानबाट निर्वतमान कोषाध्यक्ष एवम् आयम साकोसका व्यवस्थापक गणेशप्रसाद नेपालकी छोरी सुश्मिता नेपाललाई नगदसहित सम्मान गरिएको थियो ।
शैक्षिक सम्मानबाट विपाश्ना कार्की, जेष्ठ नागरिक सम्मानबाट नन्दप्रसाद पोखरेल र उत्कृष्ट कर्मचारी सम्मान बिनु रानामगरलाई प्रदान गरिएको थियो ।
यसैगरि उत्कृष्ट कारोबार गर्ने रामहरि पराजुली, बद्रीप्रसाद अर्याल, संजय मगन गुरुङ, विधा खत्री, संस्कृति आचार्य, सत्तम कोइराला र लक्ष्मी लिम्बुनी महतोलाई नगदसहित प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैकका प्रवन्ध संचालक केबी उप्रेती र संस्थाका अध्यष्क्ष केशवप्रसाद नेपालले संयुत्त रुपमा प्रदान गरेका थिए ।
ललितपुर महानगरपालिका सहकारी शाखाका अधिकृत चिरञ्जीवी पौडेलले आयामको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सो साधारण सभाले आगामी चार वर्षकालागि केशवप्रसाद नेपालको अध्यक्षतामा नयाँ संचालक समितिसमेत चयन गरेको छ । उपाध्यक्षमा हेराकाजी महर्जन, सचिव धुव्रप्रसाद नेपाल र कोषाध्यक्षमा नविन खकुराल सदस्यहरुमा ऋषिराम नेपाल, सजिन नेपाल र सिता सिलवाल रहेका छन् ।
लेखा तथा सुपरीवेक्षण समिति संयोजकमा परशुराम गौतम सदस्यहरुमा केशवप्रसाद नेपाल र सरोज नेपाल चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष केशव प्रसाद नेपालले आयाम सहकारीलाई अझ सशक्त अगाडी रुपमा अगाडी बढाउने बताए । सहकारीले सदस्यहरुको सेवालाई मध्यनजर गर्दै एस एम एस लगाएत बिभिन्न प्रविधिको सेवा बिस्तार गर्ने योजना रहेको बताए ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






