
काठमाडौ । एकीकृत राष्ट्रिय प्रजातन्त्रपार्टी राष्ट्रबादी र नेपाली काँग्रेस वीपी बीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमती भएको छ । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा दुबै पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनी र हरिबोल भट्टराईले सैद्धान्तिक सहमतीपत्र सार्वजनिक गर्दै विज्ञहरु सँग छलफल गरेका छन् ।
सैद्धान्तिक सहमति पत्र सार्वजनिक गर्दे एकीकृत राष्ट्रिय प्रजातन्त्रपार्टी राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले वर्तमान नेकपाको सरकारको अधिनायकवादी कार्यशैली र नेपाली काँग्रेसमा देखीएको सत्ता लिप्सा र आन्तरिक विचलनले जनता दिग्भ्रमित भएकाले जनतालाई न्याय दिन पार्टी एकता गरेर अँगाडी बढ्न लागेको बताए ।
यस्तै नेपाली काँग्रेस वीपीका अध्यक्ष हरिबोल भट्टराईले वीपीको समाजवादी दर्शन अहिले पनि सान्दर्भिक रहेको तथा नेपाल धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्य हुनपर्छ भन्ने आफ्नो पार्टीको सिद्धान्तमा दुवै पाटीको विचार मिलेकाले एकता गर्न लागिएको बताए । सैद्धान्तिक सहमती पत्रमाथीको छलफल कार्यक्रममा सहभागिता जनाउँदै विज्ञहरुले बर्तमान सरकारले देशलाई निकास दिन नसक्ने भएकाले दुईपार्टी बीच एकता हुनु स्वागत योग्य भएको बताए । छलफलमा भाग लिँदै सीमाविद् बुद्धिनारायण श्रेष्ठले देशको सीमाना सम्बन्धमा पार्टीको धारणा स्पष्ट हुनुपर्ने बताए ।
बर्तमान सरकारले सीमानाका विषयमा ध्यान नदिँदा निशानछाप बाट कालापानी ,लिपुलेक लिम्पीयाधुरा गायब भएको बताए । उनले नेपालको कुल १ लाख ४७ हजार १ सय ८१ बर्ग्किलोमिटर क्षेत्रफलबाट ३ सय ७२ बर्ग्किलोमिटर जमीन गायब भएको बताए ।उनले पछिल्लो समय भारतले मात्रै नभई चीनले पनि नेपालको भूभागमा आँखा लगाउन थालेको भन्दै सर्तक हुनुपर्ने बताए । बरिष्ठ अधिबत्ता सुरेन्द्र भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्थामा राजसँस्था विकल्पको रुपमा रहन सक्ने भएपनि ज्ञानेन्द्र र पारशको पछि लागेर राजसँस्था फर्कन नसक्ने ठोकुवा गरे ।
उनले राजनीतिक पाटीलाई मात्र जन्माउनु भन्दा पनि अहिले सम्मको उपलब्धीलाई सँस्थागत गर्दै राष्ट्रिय रुपमा सामाजिक आन्दोलन गर्नुपर्ने बताए । बर्तमान सरकार तनाशाही शैलिको भएको भन्दै यो सरकारलाई सबै मिलेर समाप्त पार्नुपर्ने भण्डारीको भनाई थियो । केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनताले न्यायको आशा गर्नु बेकार रहेको उनको भनाई थियो । पूुर्वप्रधानसेनापति रुक्माङ्गत कटुवालले अहिलेको संविधान सम्झौताको दस्तबेज भएको भन्दै यसमा सुधार आवश्यक रहेका बताए ।
उनले इजरायलको उदाहरण प्रस्तुत गर्दै इजरायलमा बैचारीक भिन्नता रहेपनि राष्ट्रिय मुद्धामा एक भएर उभिने गरे पनि नेपालमा त्यसो हुन नसकेको बताए ।कार्यक्रममा डाक्टर जीवराज पोखरेल,जयराज आचार्य रमेश ढुंगेल लगायतले दुईपाटी बीचको एकता सम्बन्धि सैद्धान्तिक पत्रमाथी टिप्पणी गर्दै दुईपार्टी बीच एकता हुनु सकारात्मक भएको बताएका थिए ।
सात बुँदै सैद्धान्तिक आधारपत्रमा राष्ट्रको आवश्यकता पूर्ती गर्न दुई दल बीचको एकतालाई अपरिहार्य मानिएको उल्लेख गरिएको छ । विदेशी धनको प्रभावमा नेपालको ५ हजार बर्ष पुरानो सँस्कृतिक जगलाई उखेल्ने प्रयास गरिएको भन्दै नेपाललाई धार्मिक स्वतन्चत्रा सहित हिन्दु राष्ट्र बनाउने भनिएको छ ।
वीपी कोइरालाको राजनीतिक र आर्थिक दृष्टिकोणलाई मौलिक अभियानको रुपमा लिने उल्लेख गर्दै पार्टीको जिम्मेवारी पुरा गर्न दुई पार्टी एक भएर अँगाडी बढ्ने सैद्धान्तिक पत्रमा भनिएको छ । दुई पाटी बीचको एकताले समाजिक र समावेशी आर्थिक व्यवस्था भ्रष्टाचार, अधिनायकबाद,नवसामन्तवाद र लम्पसारबादको विरुद्धमा आवज बुलन्द बनाउन सकिने पनि सैद्धान्तिक सहमति पत्रमा उल्लेख गरिएको छ ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






