मण्डनदेउपुर, काभ्रेपलाञ्चोक । विसं २०१६ सालमा स्थापित काभ्रेपलाञ्चोक जिल्लाकै पुरानो तथा अग्रणी शैक्षिक संस्था हो “श्री डेडीथुम्का माध्यमिक विद्यालय”। २०३८ देखि २०७४ सालसम्म हजारौं विध्यार्थीहरुले आ–आफ्नो माध्यामिक तहसम्मको अध्ययन पुरा गरिसकेका छन् । डेडीथुम्कामा अध्ययन गरेका हजारौ विध्यार्थीहरु मध्ये कति जना राज्यका विभिन्न तह र जिम्मेवारीमा पुगिसकेका छन् भने कोही डाक्टर, इन्जिनियर त राजनीतिमा लाग्नेहरु सांसद, मन्त्रीसमेत भई जनसेवामा तल्लिन छन् । यस्तै समुह मध्ये २०५२ साल समुहको सक्रियतामा सम्पूर्ण पूर्व विध्यार्थीहरुको साझा थलो बनाउने उद्देश्य राखेर २०७५ श्रावण ३ गते “डेडीथुम्का फाउन्डेसन” नामको सामाजिक संस्था दर्ता गरिएको फाउण्डेसन तदर्थ समितिका अध्यक्ष टोमप्रसाद सापकोटाले बताए ।

अधिकांश सामाजिक संस्थाहरु अन्य दात्रृ निकायहरुको सहयोगको आशामा खुल्ने र केहि समयपछि बन्द हुने गरेको वर्तमान परिप्रेक्षमा आर्थिक अभावका कारण कसैले पनि शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने कुरालाई साकार पार्न एवं आफैबाट पनि परिर्वतन सम्भव छ भन्ने मान्यता राख्ने पुर्व विध्यार्थीहरु, शिक्षक तथा अन्य सामाजिक भावना भएका समुह मिली एक अक्षयकोष स्थापना गरि प्राप्त ब्याजबाट आफु अध्ययन गरेको तथा आसपासका बिद्यालयहरुमा अध्ययन गर्ने, सामाजिक रुपमा पछाडि परेका, सिमान्तकृत, आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विध्यार्थीहरुलाई हरेक वर्ष छात्रवृद्धि प्रदान गर्ने पवित्र उद्देश्यले स्थापना भएको उक्त फाउण्डेसनले विजयादशमी तथा शुभ–दिपावली २०७५ को अवसरमा यही कार्तिक १ गते नवमीका दिन विहान ७ः३० बजे मण्डनदेउपुरको केन्द्र कुन्ताबेशींमा शुभकामना आदानप्रदान साथै फाउन्डेसनको नीति तथा कार्यक्रमका बारेमा छलफल आयोजना गर्न लागिएको तदर्थ समिति सचिव राजनप्रसाद पराजुलीले जानकारी दिए ।
विजया दशमीको अवसर पारेर आयोजना हुने कार्यक्रममा डेडीथुम्कामा अध्ययन गरेका सबैजसो विद्यार्थी तथा अध्यापन गर्नुहुने शिक्षकहरुको सहभागिता रहने अपेक्षा रहेकोे फाउन्डेसन तदर्थ समितिका सदस्य बलराम सापकोटा बताउँछन् ।
परोपकारी काम गर्ने उद्देश्य पुरा गर्न सबैको साथ सहयोग रहनेमा आफुहरु विश्वस्त रहेको आयोजकको दाबी छ । प्रायजसो सधैंसबै दाताले दिन्छन् अनि सामाजिक संस्थाले कार्यक्रम सञ्चालन गर्दछन् वा बाँड्छन् मात्रै होइन सामुहिक प्रयास र अभियानबाट एक्लैले गर्न नसकिएला तर सबैको एकता र प्रयासले उल्लेखनीय काम गर्न सकिनेमा दुईमत नहोला ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






