
काभ्रे – सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकारले पठाएको ठाउमा नजाने कर्मचारीहरुलाई जागिर खाने अधिकार संगै जागिर छोड्ने अधिकार पनि भएको बताएका छन् । काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिकाले आयोजना गरेको साक्षर नगरपालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले पठाएका ठाउमा नजाने कर्मचारीहरुलाई कारबाही समेत गर्ने चेतावनी दिए । मन्त्री बाँस्कोटाले स्थानीय तहमा कर्मचारी पठाउन सरकार लागी परेको बताउर्दै त्यसको लागी गृहकार्य भईरहेको बताए । उनले देशको विकास र समृद्धीको यात्रामा अगाडी बढाउन सरकार मात्र एकलै लागेर सम्भव नहुने बताउदै सवै आमजनता कर्मचारी लगायत सबैले आआफनो क्षेत्रबाट काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । साथै मन्त्री बाँस्कोटाले यस नगरपालिकाले साक्षर नगरपालिका घोषणा गरेकोमा बधाई दिर्दै आगामी दिनमा पनि मण्डन देउपुरले अन्य राम्रा काम गरेर अगाडी बढन शुभकामना दिए ।

प्रदेश नम्बर ३ का सांसद लक्ष्मण लम्सालले यस नगर पालिकाले साक्षरता घोषणा गर्न सफल भएकोका बर्धाइ दिर्दै मण्डन देउपुर सबै हिसावले उर्वरभुमी भएको बताए । सांसद लम्सालले एकजनाले क्रसरउद्योग खोल्यो भन्र्दैैैमा अरुले पनि त्यहि खोल्न पछि लाग्न भन्दा यस क्षेत्रमा धेरै सम्भावनाका क्षेत्र रहेको बताउर्दै अन्य उत्पादनमुलक उद्योग खोल्न सकिने भन्र्दै त्यसको लागी छलफल गर्न जरुरी रहेको बताए ।
प्रदेश नम्बर ३ कै सांसद बसुन्धरा गौतमले पनि यस नगरपालिकाले साक्षरता घोषणा गरेकोमा खुशी व्यक्त गर्दै आमामी दिनमा पनि अझ राम्रा कामहरु गरेर देखाउन शुभकामना दिए । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्लाका उपसभापति अच्यूतप्रसाद पौडेलले साक्षरता घोषणा गर्नु आफैमा राम्रो काम भएपनि कार्यान्वयनको पक्षमा पनि ध्यान दिर्नु पर्नेमा जोड दिए ।

स्थानीय तहमा बिभिन्न करको बिषयले जनता मारमा परेको बताउँदै उनले त्यसको बिषयमा अध्ययन गरेर मात्र कर उठाउन नगरपालिकालाई आग्रह गरे । साथै मण्डन देउपुर नगरपालिकाका मेयर एबम कार्यक्रमका सभापति टोकबहादुर वाईवाले यस नगरपालिकामा राम्रा कामहरु भएको बताउर्दै आगामी दिनको लागी पनि बिभिन्न बिकासको गुरु योजना अगाडी सारेको बताए ।
उनले मण्डन देउपुर नगरपालिका आजको दिन देखी साक्षर नगरपालिका भएको समेत बताए । मेयर वाईवाले आगामी दिनमा पनि यस्तै राम्रा काम गरेर देखाउने बाचा गरे । मण्डन देउपुर नगरपालिकाकी उपमेयर निर्मला शाहीले यस नगरपालिकामा साक्षर घोष्णा गर्न पाउँदा आफु खुशी भएको बताउदै उनले जनताले दिएको जिम्मेवारी अझ राम्रो संग काम गरेर देखाउने बताईन । कार्यक्रममा नेकपाका जिल्ला नेता बिदुर सापकोटा , नेकपाकी नेतृ रिता ढकाल , समाजसेवी कृष्ण कुवँर श्रेष्ठ लगायत बिभिन्न ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






