किन जन्मियो अर्घाखाँची मौलिक सस्कृति संरक्षण समाज ?


मोतिराज खनाल
धेरै पहिले देखी मनमा लागिरहेको थियो पुराना कला संस्कृति लोपोन्मुख अबस्थामा पुगेका छन । तिनीहरुको संरक्षण गर्नु जगेर्ना गर्नु र प्रबर्धन गर्नु हामीसबैको कर्तब्य र दायित्व हो । त्यही कर्तब्यको आत्मबोध गर्दै अर्घाखाँचीबाट काठमाडौंमा आई बिभिन्न पेसा ब्यबसाय गरेर बसेका हामी मनमिल्ने साथीहरुको सर (सल्लाह मुताबिक यो अत्यान्तै गौरब गर्ने खालको सस्था निर्माण गरेका छौ । यो कामले हामी सबै अर्घाखाँची बासी लाई खुशी तुल्याउने छ ।

 

यो सस्थाको काम भनेको हाम्रा कलासंस्कृति को संरक्षण गर्ने । लोपोन्मुख बाजागाजा को संरक्षण गर्ने, लोक सस्कृतिको संरक्षण गर्ने रितिरिवाज अनुसार राष्ट्रमा लोप हुन दिनै नहुने राष्ट्रसङ्ग जोडिएको देबी देवताका मठमन्दिको संरक्षण गने ,ज्युदो र मर्दामा पबित्र बनाउने पन्चायन देवता, कुल देवता लगायत सम्पुर्ण गंगा तिर्थस्थलको संरक्षण गर्ने , भजनकिर्तनको संरक्षण गर्ने, बेद ,रामायण ,कृष्ण चरित्र ,देबि भागबत,पाटिपौवा र बिसौना चौतारि लगायतका सम्पुर्ण सम्पदाहरुको संरक्षण गर्ने साथै हाम्रा एतिहासिक संस्कृति जस्तै सोरोठि नाच ,पन्चेबाजा, मौलिक देउसी भैलो ,मौलिक तिजगीत ,मौलिक रोइला र परम्परा देखि चल्दै आएको सराय नाच, भैरभ नाच , लाखे नाँच र राष्ट्रीय गान समेतको संरक्षण र प्रबर्धन गर्न अर्घाखाँचीका कलाकार ,पत्रकार तथा समाजसेबी बुद्धीजिबी राष्ट्रप्रेमी मिलेर यो संथा स्थापना गरिएको हो ।

त्यतिमात्र हैन यो सस्थाले अर्घाखाँची जिल्लाको बिकाश निर्माणमा समेत महत्वपुर्ण भुमिका खेल्ने छ । भएका स्रोत र साधनको सहि सदुपयोग गर्दै बेरोजगार युवाहरुलाई रोजगारी सृजना गर्न सरकारलाई झक्झकाउने काम पनि यो सस्थाले गर्ने छ । हाम्रो जिल्लामा भएका सम्पदा र जरिबुटिको उचित संरक्षण र प्रबर्धन गर्नको लागि बिभिन्न संघ सस्था संग हातेमालो गर्दै अगाडि बढ्ने योजना बनाएका छौ ।हाम्रो सस्थाले लुकेर बसेका प्रतिभाशाली ब्यक्तिहरुको पनि उचित मुल्याङ्कन गरि तिनीहरुको प्रतिभालाई जनसमुदाय सम्म पुर्याउन पुलको काम पनि गर्ने छ ।

जुन उदेश्य बोकेर यो सस्था निर्माण गरिएको छ त्यही अनुरुपको काम गर्दै गैर नाफामुलक र गैर राजनितिक मुलक सस्था बनाउने हाम्रो उदेश्य रहेको छ ।जल र जमिनको राम्रो संग सहि सदुपयोग गर्दै बिकाश निर्माण गर्ने काममा सरकार संग हातेमालो गर्ने अठोटका साथ हामीहरु लागिपरेका छौ ।पर्यटकीय क्षत्रको पहिचान गरि पर्यटन लाई बिकाश निर्माण संग जोड्ने योजना पनि रहेको छ ।

सुपादेउराली ,ठाडा दह ,पाणिनी तपोभूमी ,अर्घादर्बार ,खाँची दर्बार , नौ तले गुफा , रामणले बजाउने रामणशङ्ख ,बांणगंगा धाम , पर्यटकीय सम्भावना बोकेको सेङ्लेङ्ग दह र मसिनाको चुचुरो बाट हिमशृंखला हेर्दै पर्यटक हरुलाई आकर्षण गर्ने योजना बनाउने र अर्घाखाँचीलाई बिश्वमा चिनाउने सस्थाको योजना रहेको छ ।

लेखक खनाल लोक गायक तथा यस सस्थाका उपाध्यक्ष हुन ।

मा प्रकाशित

यसमा तपाइको मत

साहित्य बाट अन्य

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...

काठमाडौंसहित १२ जिल्लामा बाढीको जोखिम

काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...