काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको नगर स्तरीय सहकारी समन्वय समिति सुमन नेपालको संयोजकत्वमा गठन भएको छ ।
मण्डन देउपुर नगर भित्र रहेका बहुउद्देश्यीय सहकारी, बचत तथा ऋण सहकारी, कृषि सहकारी, महिला सहकारी, पशुविमा सहकारी, दुग्ध उत्पादक सहकारी, पर्यटन सहकारीहरुको भेलाले नेपालको संयोजकत्वमा १५ सदस्यीय सहकारी समन्वय समिति गठन गरेको छ । समितिको संयोजकमा सुमन नेपाल, सह–संयोजकमा रामचन्द्र श्रेष्ठ, सचिव अम्बिका ठकुरी सदस्यहरुमा राजन प्रसाद पराजुली, सुभद्रा नेपाल आचार्य, गणेश प्रसाद भट्टराई, ईश्वरी तामाङ लामा, उद्धव ढकाल, जोग बहादुर तामाङ, सरीता ढकाल, सरस्वती विक, अर्जुन बहादुर आचार्य, हिरा विक, रामकृष्ण तिमल्सिना र लक्ष्मी बजगाई भट्टराई निर्वाचित भएका छन् ।

सो अवसरमा मण्डनदेउपुर नगरपालिकाका उप–प्रमुख निर्मला शाहि, नगरका प्रमुख प्रशासकीय अधिकृत मोहन अधिकारी, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष विनोद पराजुली, सचिव दिलिप शर्मा तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य दिपक प्रसाद पौडेल, मण्डनदेउपुर नगरपालिका कृषि तथा सहकारी विभाग प्रमुख वडा नं. ७ का अध्यक्ष नारायण प्रसाद लम्साल नगरका प्रशासन, सामाजिक विकास तथा सहकारी अधिकृत सुजन व्लोनलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन जिल्ला सहकारी संघ काभ्रेका संचालक ठाकुर नाथ अधिकारीले गरेका थिए ।

मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...
काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...






