काभ्रेपलाञ्चोकका सहकारी अभियन्ता दिलीप शर्माद्वारा लिखित ‘सहकारीको सारथी’ विमोचन

काभ्रेपलाञ्चोक ।

दिलिप शर्माको ‘सहकारीको सारथी’ नामक पुस्तक बिमोचन गरिएको छ ।

धुलिखेलको सारथी होटलमा एक कार्यक्रमका बीच काभ्रेपलाञ्चोकका सहकारी अभियन्ता दिलीप शर्माद्वारा लिखित ‘सहकारीको सारथी’ नामक पुस्तक  नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गरेका हुन् । विकासका समाचार नसमेट्ने टेलिभिजन र मोबाइलबाट सामाजिक सञ्जालमा विकृती फैलाएको मात्र हेर्नेहरू ‘पिँजडाका चरी’ बन्ने बताएका छन्।

मन्त्री बाँस्कोटाले ‘विकास हेर्ने दिमाग बक्समा सीमित पारेर सकुचित बन्नु हुन्न, पहिला बक्सबाट दिमाग निकाल्नुस् अनि विकास हेर्न राजमार्ग र गाउँगाउँमा दौडनुस्। टेलिभिजन र मोबाइलमा कोकोहोलो मच्चाउनेको दिमाग ‘बक्सदेखि बक्ससम्म’ मात्रै हुन्छ, त्यस्ता क्रियाकलाप हेरेर पिँजडाका चरी नहुनोस्।’

‘सरकारको चालू योजना र निकट भविष्यका योजनाबारे राम्रोसँग बुझेपछि मात्रै आलोचना गर्नुस्’, उनले भने, ‘सकारात्मक सोच र चिन्तनले मात्रै सही दृष्टि बन्छ, अब दृष्टि बदल्नु जरुरी छ।’ मन्त्री बाँस्कोटाले सरकारले विद्यालय पुनःनिर्माणको कामलाई तीव्रता दिइरहेको बताए।     उनले अधिकांश सञ्चार माध्यमले विकासका कामलाई प्रकाशन प्रसारण गर्न कञ्जुस्याइँ गरेको आरोप लगाए। मन्त्री बाँस्कोटाले वर्तमान अवस्थामा ५२ प्रतिशत नेपालीमा श्रमशक्ति भएकाले समृद्धिको अभियानमा अवसर भएको बताए। ‘यो श्रमशक्ति सधैँभरि रहन सक्दैन, यही अवसरमा इच्छा शक्तिमार्फत उत्पादनतर्फ लाग्नुपर्छ’, उहाँले भन्नुभयो। उत्पादन र समृद्धिको सम्बन्ध क्रान्तिकारी ढङ्गले अघि बढाउनुपर्ने उनको धारणा थियो।

सहकारीको सारथी पुस्तकमा काभ्रेको डाँडापारी, कोशीपारी क्षेत्रका सहकारी देखि अन्तर्राष्ट्रिय स्तरसम्म सहरकारीको अवस्था झल्किन्छ । सहकारीको सारथी पुस्तकका लेखक शर्माका अनुसार यो एउटा अनुभव र अध्ययनमा आधारित पुस्तक हो । ‘सहकारी मार्फत गर्न सकिने थुप्रै चिज समेट्ने कोशिस गरेको शर्माले बताए ।

जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष विनोद पराजुलीले पुस्तकको समीक्षा गर्दै भने ‘सहकारीमा लाग्ने नयाँ पिँढीका लागि यो एउटा गतिलो अध्ययन सामग्री हो ।’ पराजुलीका अनुसार पुस्तकमा सहकारीले हासिल गरेका र गर्नुपर्ने कुरालाई समेत स्पष्ट ढंगले समावेश गरिएको छ ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सहकारीको अध्ययन गर्नेहरुका लागि शर्माको पुस्तकले एउटा इट्टा थपेको बताए । उनले सिँगो मुलुकको सहकारीको अगुवाई काभ्रे जिल्लाले गरेको भन्दै पुस्तकले थप उर्जा थपेको तर्क गरे । ‘सहकारीलाई पारदर्शि र सुशासन कसरी बनाउन सकिन्छ भन्ने कुरा पनि यो पुस्तकमा उल्लेख भएको उप्रेतीले बताए ।

सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष मिनराज कडेलले पुस्तक सहकारी अभियन्ताहरुका लागि प्रेरणाको स्रोत बन्ने दाबी गरेका छन्। कडेलले हाल साढे ६ खर्ब पूँजी सहकारी क्षेत्र मार्फत परिचालन भइरहेको बताए ।

 

मा प्रकाशित

यसमा तपाइको मत

साहित्य बाट अन्य

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

संघीय शिक्षा ऐन तत्काल ल्याउन नेपाल राष्ट्रिय शिक्षक संगठनको सरकारसँग माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...