
काठमाडौं, १२ बैशाख । पिछड़ा वर्गको अधिकारको लागि विगत लामो समयदेखि संघर्ष गदै आएका लोक दलका अध्यक्ष कौशल कुमार सिंहले पिछड़ा वर्गको लागि छुट्टै समानुपातिक क्लस्टर कायम हुनुपर्ने बताएका छन् । अध्यक्ष सिंहले पिछड़ा वर्गको आरक्षण र संविधानमा उल्लेख भए अनुसारको अधिकारलाई कानुनमा लागु गराउन सरकारमाथि दबाब दिइने र पार्टीको संगठनलाई पिछड़ा वर्गमा विस्तार गर्ने निर्णय गरेको बताए ।
काठमाडौमा मधेश मिडिया हाउसमा पिछड़ा वर्गको अधिकार र आरक्षण विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिंहले मधेशीको नाममा दिएको आरक्षणको ८० प्रतिशत उपभोग त्यहाँका उच्च जात भनिनेहरुले गर्ने गरेको र बांकी रहेको पनि कानुनी दाऊपेचका कारण फेरी खुला कोटामा फर्किने गरेकाले पिछड़ा वर्गको छुट्टै आरक्षण र अन्य सबै व्यवस्था छुट्टै हुनुपर्ने बताए ।
उनले पिछड़ा वर्गका छोरा छोरीले कहीं पनि जागिर नपाउने, कुनै छात्रवृत्ति नपाउने, राज्यको कुनै निकायमा प्रतिनिधित्व गर्न नपाउने भएकोले पिछड़ा वर्गको सबै व्यवस्था छुट्टै हुनुपर्ने र यसको लागि लोक दल अनवरत संघर्ष गरिरहेको जानकारी दिए ।
अध्यक्ष सिंहले नेपालको संविधानमा रहेको आरक्षण सम्बन्धि व्यवस्था त्रुटीपूर्ण रहेकाले अहिलेको आरक्षण सम्बन्धि व्यवस्थाले सबै वर्ग, समुदाय र जातिहरु लाभान्वित हुन नसक्ने जिकिर गर्दै नेपालको आरक्षण व्यवस्थालाई वैज्ञानिक रुपमा अगाडी बढाउनुपर्ने र आरक्षणमा क्रिमी लेयर लागु गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा लोक दलका महासचिव सी एन खड्गाले पिछड़ा वर्गको आरक्षणको लागि लोक दल आफ्नो स्थापना कालदेखि नै संघर्ष गरिरहेकाले पिछड़ा वर्गको छुट्टै आरक्षण र संवैधानिक आयोगको विकल्प नरहेको बताए । उनले पिछड़ा वर्गकै पृष्ठभूमिबाट निर्माण भएको यो पार्टीले पिछड़ा वर्गको मुद्दामा छुट्टै र विशेष संघर्ष गर्ने निर्णय गरेको जानकारी समेत दिए ।
कार्यक्रममा कोषाध्यक्ष इन्दिरा शाहले पार्टी पिछड़ा वर्गको मुद्दामा काम गरिरहे पनि पिछड़ा वर्गको जनता आफ्नो अधिकारको सचेत हुन नसकेको गुनासो गरिन ।
कार्यक्रममा प्रा. रामप्रताप यादवले पिछड़ा वर्गको अधिकारको आन्दोलनलाई सक्रियताका साथ अगाडी बढाउनुपर्नेमा जोड दिए । उनले पिछड़ा वर्गको छुट्टै आरक्षणको कुनै विकल्प नभएकोले यस आन्दोलनलाई एकजुटताका साथ गतिशील रुपमा अगाडी बढाउनुपर्ने नेतृत्वलाई सुझाए ।
मधेशी शिक्षक समाजका अध्यक्ष उपेन्द्र यादवले पिछड़ा वर्गको अधिकारको लागि सक्रियताका संगै सजगताको पनि जरूरी रहेको बताए । उनले पिछड़ा वर्गको आरक्षण नभएर पिछड़ा वर्गमा ठूलो बेरोजगारी र गरिबी रहेको टिप्पणी गर्नुभयो ।
मगही भाषा संस्कृति समितिका अध्यक्ष वीर बहादुर महतोले हाल पिछड़ा वर्गले संविधानमा जति अधिकार पाएको छ, त्यति अधिकारलाई कानुनमा कसरी सुरक्षित गराउने विषय महत्वपूर्ण रहेको र त्यसको लागि कार्य गर्नुपर्ने बताउँदै पिछड़ा वर्गको छुट्टै आरक्षणको लागि संघर्ष गर्नुपर्ने धारणा राखे ।
व्यवसायी एवं समाजसेवी अरुण कुमार महतोले पिछड़ा वर्गको अधिकारको लागि हामी सबै एक जुट भएर अगाडी बढेमा हामी आरक्षण लगायत अरू माग पनि पुरा गर्न सकिने बताउँदै त्यसको लागि संघर्षमा उत्रिनु पर्ने जनाए ।
बुद्धिजीवी बेचन यादवले पिछड़ा वर्ग अधिकारको लागि सक्रियताका साथ निरन्तर अगाडी बढन् सुझाए । उनले शुरुमा सद्भावना पार्टीले मधेशीको कुरा गर्दा यस्तै अवस्था थियो तर आज देश नै मधेशमय भएको बताए ।
व्यवसायी एवं समाजसेवी राज किशोर चौरसियाले पिछड़ा वर्गको अधिकारको लागि केन्द्रदेखि प्रदेशसम्म नै संघर्षलाई अगाडी बढाउनुपर्ने बताए ।
युवा नेता शंकर दासले पिछड़ा वर्ग अधिकारको लागि संघर्षको विकल्प नरहेको बताए । कार्यक्रमले पिछड़ा वर्गको युवा विद्यार्थी र कर्मचारीलाई पिछड़ा वर्गको आरक्षणको संघर्षमा तत्काल जोड़ने निष्कर्ष निकालेको हो ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






