नेपाल केम्पो खुकुरी मार्शल आर्टस् संघको तेस्रो साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रमको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले मानिसको स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएकाले संघले अघि सारेको खेलबाट सबैले फाइदा उठाउनुपर्नेमा जोड दिनुभयो ।
नेकपाका केन्द्रीय सदस्य एवम् संघका सल्लाहकार राजेन्द्र पाण्डेले खेलले व्यक्तिको प्रगति र स्वास्थ्यका लागि फाइदा हुने भएकाले संघले अघि सारेको कार्य सराहनीय भएको बताउनुभयो ।‘केम्पो मार्शल आर्टस् विदेशी खेल हो’, पाण्डेले भन्नुभयो, ‘केम्पोसँगै खुकुरी थपेर मौलिक नेपाली खेलको रुपमा अन्तर्राष्ट्रिय जगतमा चिनाउन संघले भूमिका खेलोस् ।’ नजिक आइरहेको साफ खेलकुदमा केम्पो खुकुरी मार्शल आर्टले भाग लिन र सफलता प्राप्त गर्न सकोस् भन्दै पाण्डेले खेल क्षेत्रका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग हुने प्रष्ट पार्नुभयो ।
संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले विगतमा सिमित व्यक्तिबाट मात्र नेपाल केम्पो खुकुरी मार्शल आर्टको गठन भएको तर अहिले सातै प्रदेश र ६५ जिल्लामा संगठन पुगिसकेको जानकारी दिनुभयो ।
‘यो खेललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनका लागि अन्तर्राष्ट्रिय स्तरको कभर्ड हल बनाउने कार्यको शुरुवात गरेका छौं’ पाण्डेले भन्नुभयो, ‘हल निर्माणका लागि काभ्रेपलाञ्चोक जिल्लाको नालामा १२ रोपणी जग्गा प्राप्तीको काम भइसकेको छ ।’ खेलमार्फत नेपालीको अस्तित्व र पहिचान विश्वभर पुर्याउन संघले महत्वपूर्ण भूमिका खेलिरहेको अध्यक्ष पाण्डेको भनाइ थियो ।
कार्यक्रममा पूर्व गृहसचिव उद्दव तिमल्सिना, संस्थाका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता केदार कोइराला लगायतले खेल विकासका लागि संघले शुरु गरेको कार्य सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माणका लागि काभ्रेको नालामा जग्गा प्रदान गर्नुहुने समाजसेवी सुरेन्द्र श्रेष्ठलाई सम्मान पत्र तथा खेलाडीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा अन्जना शाही, अशोक खड्का नेतृत्वको खेलाडी टोलीले केम्पो खुकुरी मार्शल आर्टसँग सम्बन्धित विविध खेल प्रस्तुत गरेका थिए ।
सो साधारण सभाबाट संघका अध्यक्ष पूर्णप्रसाद पाण्डे नेतृत्वको समितिमा रिक्त उपाध्यक्षमा निरोज पाण्डे, राजनप्रसाद पराजुली, ज्ञानेन्द्र आचार्य, उत्तरा नेपाल, बज्रध्वज वाइबा र सागर पाण्डे चयन गरेको छ ।
महासचिवमा रमेश नराल, उपमहासचिव निर्मल त्रिपाठी, सचिव प्रदिप रुपाखेती, कोषाध्यक्षमा नकुल चौलागाई साथै सदस्यहरुमा अशोक खड्का, सुरेन्द्र गुरुङ, उमा थपलिया, सुकदेव रिसाल, बिष्णु ढकाल र गणेश लामिछाने निर्वाचित भएका छन्
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






