नेपालको परिवेशमा बालश्रम उन्मूलन गर्न कठिन

डा. डि आर उपाध्य

काठमाडौँ । बालबालिका देशका कर्णधार हुन् भन्ने कथन सधैँ सर्वमान्य रहेको छ । यी कर्णधारहरु जति सशक्त हुन्छन् त्यति नै मुलुक बलियो हुन्छ । हामीले ध्यानपूर्वक आफ्ना वरिपरिको सामाजिक परिवेश र बालबालिकाको अवस्था मनन गर्दा निराशाजनक परिस्थिति देख्न पाउँछौं ।
इँटाभट्टा, रोडा, बालुवा उद्योग, चिया पसल, खाजा घर, सवारीसाधन लगायतमा बालबालिकालाई श्रम गरिरहेको अझै भेट्टाउन सक्छौं । कयौं गलैंचा कारखानामा बालश्रम प्रयोग नगरिएका बोर्ड झुन्ड्याइए पनि अहोरात्र बालबालिका ऊन कात्नेदेखि गलैंचा निर्माणको काममा खटिएका भेटिन्छन् ।

छोराछोरी जन्माएर अलपत्र छाडिदिने केही अभिभावकको चरम गैरजिम्मेवारीपना, अर्को बिहे गर्ने प्रवृत्ति तथा साथीको लहैलहैमा कलिलै उमेरमा घरपरिवार छाड्ने बालबालिकाको गल्तीका कारण लाखौं बालबालिका बिचल्लीमा परेर पढ्ने, खेल्ने उमेरमा श्रम गरी बाँचिरहेका छन् ।
अझ दुःखद् अवस्था के छ भने नेपालका ३० प्रतिशत बालबालिका जोखिमयुक्त श्रममा जोतिइरहेका छन् । पछिल्लो पटक सार्वजनिक भएको सर्वेक्षण अनुसार देशमा कुल एक लाख चार हजार ७१४ बालबालिका श्रममा लागिरहेको पाइएकामा ३० प्रतिशत जोखिमयुक्त श्रम गरिरहेका छन् ।
बालश्रम न्यूनीकरण र उन्मूलन गर्न सरकारी गैरसरकारी विभिन्न निकाय सक्रिय छन् । दिगो विकास लक्ष्य (एसडीजी)ले सन् २०२५ सम्म बालश्रम निषेधित एवं निर्मूल पार्ने लक्ष्य लिए पनि उक्त तथ्यांकले सो लक्ष्यमा पुग्नु ठूलो चुनौती रहेको स्पष्ट पार्दछ । अहिले पनि विभिन्न उद्योग– व्यवसायमा जहाँ बालश्रम निषेधित छ त्यहाँ बालबालिका जोखिमयुक्त श्रम गर्न बाध्य छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दोस्रो दस वर्षे बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना २०७४–२०८३ कार्यान्वयनमा ल्याएको सार्वजनिक भएको छ । उक्त गुरुयोजनाले नेपालबाट सबै प्रकारको बालश्रम पूर्णरुपमा निवारण गरी देशलाई बालश्रमरहित बनाउने उद्देश्य राखेको छ । गुरुयोजनाले वि.सं. २०७९ सम्ममा निकृष्ट र शोषणयुक्त बालश्रम निवारण गर्ने, यसका निम्ति आवश्यक नीति तथा कानुन पहिचान, संशोधन वा सुधार गर्ने र सार्वजनिक तथा सामाजिक संयन्त्र एवं संरचनाको संस्थागत क्षमता विकास गर्ने लक्ष्य लिएको छ ।
तर यो लक्ष्य पूरा गर्न सोचेजस्तो सजिलो भने पक्कै पनि छैन । अझै पनि घर छोडेर विभिन्न संकटमा पर्ने बालबालिकाको उद्धार गर्नुपर्ने अवस्थाको अन्त्य भएको छैन । दिनहुँ यस्ता घटनाहरु प्रकाशमा आइरहेका छन् ।
बालबालिका घरबाट भागेर आफ्नो जीवनसँग खेलवाड गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न अपरिहार्य भएको छ । यसका निम्ति भिभावकहरुलाई सचेत बनाउनुका साथै जसका कारण बालबालिका जोखिमपूर्ण श्रम गर्न बाध्य बनेका हुन् उनीहरुलाई कानुनी दायरामा ल्याउनेतर्पm समेत सोच्नुपर्ने आवश्यकता छ ।

केही स्थानीय सरकारले बालमैत्री गाउँ–नगर घोषणाको अभियान थाल्नु अवश्य नै प्रशंसनीय कदम हो । बलबालिकाको अधिकारलगायत उनीहरुको पालनपोषण तथा शिक्षाका सम्बन्धमा संघीय, प्रादेशिक र स्थानीय तहका सरकारहरुले विज्ञहरुको सुझाव सल्लाहमा योजना बनाई प्रभावकारी रुपमा कार्यान्वयन गरेमात्र बालश्रमलाई न्यूनीकरण वा उन्मूलन गर्न सकिने यथार्थलाई बुझ्नु पर्दछ ।

नेपाल भ्रमण वर्ष २०२० मा आउने विदेशी पर्यटकहरुले बालबालिकालाई श्रम र विशेषगरी जोखिमयुक्त श्रममा देखेपछि नेपालप्रति उनीहरुमा उत्पन्न हुने नकारात्मक धारणालाई दृष्टिगत गरेर पनि सरकारी निकायहरुले बालश्रम न्यूनीकरण गर्न अतिरिक्त तदारुकता अपनाउनुपर्ने देखिन्छ । अहिलेकै सामाजिक परिवेशमा बालश्रम न्यूनीकरण वा उन्मूलनको लक्ष्य पूरा गर्नु सजिलो छैन ।

मा प्रकाशित

यसमा तपाइको मत

साहित्य बाट अन्य

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

संघीय शिक्षा ऐन तत्काल ल्याउन नेपाल राष्ट्रिय शिक्षक संगठनको सरकारसँग माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...

आज राष्ट्रियसभाको बैठक बस्दै, दुईवटा प्रतिवेदन पेस हुने कार्यसूची

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक...