बिष्णु प्रसाद शर्मा
बर्तमान सरकार गठन भएको २२ महिना बितिसकेको छ । तर पनि अहिले सम्म सरकारले सुशासन कायम गर्न सकेको छैन । सुशासनका दिशामा सरकार अघि बढ्न सकेन । यो नै जनताको निराशा हो ।
‘सुशासन’ भनेको विधिको शासन, प्रभावकारी जनसहभागिता, काम कारबाहीमा पारदर्शिता र जवाफदेहिता, सार्वजनिक क्षेत्रको प्रभावकारिता, काम कारबाहीको वैधता, र सहिष्णुतालाई प्रवद्र्धन गर्ने मूल्यमान्यता नै सुशासन हो । सुशासनको अभावमा सभ्य संवैधानिक राज्य निर्माण हुन सक्दैन ।
सुशासनबिना दिगो विकास र समृद्ध देश सम्भव हुँदैन । सुशासन अर्थपूर्ण हुन बलियो न्यायपूर्ण व्यवस्थाका साथै राजनीतिक र प्रशासकीय प्रक्रिया जिम्मेवार र उत्तरदायी हुनुपर्छ । सुशासन कायम गर्न विधिको शासन पालना गर्नु पर्छ । यसका लागी भ्रष्टाचार र अनियमितताको रोकथाम र नियन्त्रण आवश्यक हुन्छ ।
दिगो शान्ति र समृद्ध देश निर्माण आजको आबश्यकता हो । बर्तमान सरकार यो दिशामा अघि बढेको देखिदैन । विधिको शासन, भ्रष्टाचारमुक्त समाज, दण्डहीनताको अन्त्य हुन जरुरी छ । दिगो शान्ति स्थापना हुन शासन व्यवस्था उत्तरदायीपूर्ण हुनुपर्छ । देशमा सुशासन कायम गर्नका लागी निश्चित पूर्वसर्तहरू निर्धारण गर्नु पर्छ । सूचनामा नागरिकको सहज पहुँच पुग्नु पर्छ । काम कारबाहीमा पारदर्शिता हुनु पर्छ ।
यो शासन व्यवस्थामा भ्रष्टाचार अत्यधिक भएको छ । जसको कारण आमनागरिकमा शिक्षा, स्वास्थ्य, सार्वजनिक सेवाजस्ता विषयको सहज पहुँच पुगन सकेको छैन ।पारदर्शी नहुँदा विभिन्न किसिमबाट भ्रष्टाचार भइरहेको खवरहरु आइरहेका छन । राजनीतिक इच्छाशक्तिको अभावमा नै भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचारको रोकथाम हुनु पर्छ । यदि भ्रष्टाचार रोकथाम भएन भने मुलुक बर्वाद हुने निश्चित छ। सार्वजनिक सेवाको प्रवाहमा प्रभावकारिता बढाउनु पर्ने आबश्यकता देखिन्छ ।
सार्वजनिक सेवा प्रभावकारी नभएसम्म सुशासन कायम हुन सक्दैन । सुशासन कायम भएमा मात्र राज्य व्यवस्थाप्रति जनताको विश्वास बढ्छ । देशमा सुशासन कायम हुन नसकेर राज्य असफल हुन लागेको छ ।कमजोर विधिको शासन र जवाफदेहीबिनाको राजनीतिले सुशासन कायम गर्न सक्तैन । नेपाल लामो समयदेखि राजनीतिको प्रयोगशाला भइरहेका कारण राजनीतिक अस्थिरताले सुशासन सहज हुन नसकेको यथार्थ हो ।
प्रशासन यन्त्रलाई दलीयकरणबाट मुक्त राख्नु पर्छ । कर्मचारी प्रशासनमा दलीय आधारमा ट्रेडयुनियन स्थापना गर्ने होडबाजीलाई अन्त्य गर्नु जरुरी छ ।
देश कमजोर अवस्थाबाट गुज्रिरहेको छ । राजनीतिक दलका कारण सुशासन चुनौतीपूर्ण बनेको छ । देश बिदेशीको प्रयोगशाला बनिरहेको छ । देशमा विकृति मौलाएको छ । विकृतिलाई समयमा नै सुधार गर्न सकिएन भने यसले राम्रो गदैन । सुशासनका निम्ति राजनीतिक दल र तिनका नेताहरु इमानदार बन्नु पर्छ ।
दण्डहीनताको संस्कृति मौलाउँदै गएको छ । जवाफदेहिताको संस्कृति निर्माण हुन सकेको छैन । देशले अनेकौं समस्या भोग्नु परेको छ । देश निराशाको अवस्थाबाट गुज्रिरहेको छ ।हाम्रो समाजमा भूमि भूमाफियाको कब्जामा छ, श्रम विदेश पलायन छ, पुँजी दलाल पुँजीपतिहरूको अधीनमा छ र सरकार माफियाको चँगुलमा फसेको छ।
सरकारले नागरिकलाई अपेक्षाअनुसार सुशासन र विकाससहितको सेवा दिन नसक्दा व्यापक रूपमा जनआक्रोश, र असन्तुष्टि देखापरेका छन्। नेपाल आर्थिक तथा राजनीतिक रूपले संकटग्रस्त अवस्थामा धकेलिएको छ। परनिर्भरता घट्ने होइन, अझै बढ्ने संकेतहरू देखापरेका छन्।
राजनीतिक दल र तिनका नेताहरुलाई आफू, आफ्ना परिवार र दलबाहेक अरू कसैको सरोकार छैन, विलासितामै जीवन बिताइरहेका छन्। राज्यसत्ता र साधन–स्रोत दुरुपयोग गरी नेताहरूले आफू, आफन्तजन र भरौटे÷ पछयौटेहरूको मात्रै विकास गरे । देशको बिकास गर्न सकेनन् ।
यो दलीय ब्यवस्थाले मात्रै छिमेकि मुलुकहरु संग सम्वनध सुधार गनै सक्दैन । तसर्थ , हिन्दु राष्ट्र र राजसंस्थाको अनिवार्यता छ । अहिले देशको अर्थतन्त्र टाट पल्टेको अवस्थामा छ। यसरी देश चल्दैन ।
मुलुकको अर्थतन्त्र तहसनहस पार्ने काम बाहेक दलीय ब्यवस्थामा अरु केहि प्रगति हुन सकेन । दलाल, भूमाफिया तथा तस्करहरुले मुलुक कव्जा गरेका छन । यिनीहरूको अन्त्य नगरेसम्म मुलुकमा समृद्धि र सुशासन कुनै हालतमा आउने छैन । शर्मा, राजनीतिक बिश्लेषक हुनु हुन्छ ।
मा प्रकाशित
यसमा तपाइको मत
विचार बाट अन्य
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...
काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १:१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, बैठकमा विकास आर्थिक...






