काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा नारायणप्रसाद बडाल

काभ्रे, २९ पुस । काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघको ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सचिव टिका बल्लभ सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त साधारणसभामा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष विनोद पराजुली, जिल्ला कृषि सहकारी संघ काभ्रेका अध्यक्ष सुमन नेपाल, जिल्ला सहकारी संघ काभ्रेका सचिव दीलिप शर्मा, नेपाल पत्रकार महासंघ बाग्मती प्रदेशका उपाध्यक्ष एवं संघका सल्लाहकार यदुनाथ गौतम देउपुरे, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य दिपक पौडेलको सहभागिता रहेको थियो ।

पानसमा दीप प्रज्वलन गर्दै उद्घाटन भएको कार्यक्रममा संघका अध्यक्षज्यूले संस्थागत प्रगती प्रतिवेदन प्रस्तुती गर्नुभएको हो । साधारण सभामा नारायणप्रसाद बडालज्यूको अध्यक्षतामा ९ सदस्यिय सञ्चालक समितिको चयन गरेको हो । जसमा उपाध्यक्षमा लिला नेपाल, सदस्यहरुमा दीपक नेपाल, रामचन्द्र श्रेष्ठ, शिवप्रसाद ढकाल, दीपक ढोडारी, रत्नकुमार ठकुरी, शिवहरी लामिछाने र रविन्द्र बञ्जरा निर्बिरोध निर्बाचित हुनुभएको छ ।

जिल्ला सहकारी संघका सचिव श्री दिलिप शर्मा निर्बाचन अधिकृत रहनु भएको उक्त कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजकमा रघुनाथ गौतम तथा सदस्यहरुमा देवीप्रसाद तिमल्सिना र माधव प्रसाद गौतम निर्बिरोध निर्बाचत हुनुभएको हो ।

सहकारीहरु निष्किृय रहि रहेको अवस्थामाजिल्ला सहकारी संघहरुले सहकारीको प्रवद्र्धन तथा विकासमा अझ ठूलो भूमिका प्रदर्शन गर्नु पर्ने भन्दै प्रमुख अतिथी सापकोटाले अब दुग्ध उत्पादन, बजार तथा यसको विकासमा आम किसानहरुका समस्यालाई समाधान गर्न जिल्लामा रहेका करिव ३०० सहकारी संस्थाहरुलाई जिम्मेवारीपूर्वक अगाडि बढाउन यो टिमको सक्रियता बढाई क्रियाशिल हुनुपर्ने जानकारी कार्यक्रममा दिनु भएको थियो ।

जिल्ला सहकारी संघ लि का अध्यक्ष विनोद पराजुलीले सहकारी संस्थाहरुलाई जिवन्त राख्न बिषयगत संघहरुले जिम्मेवारी पूर्वक लागिपर्न र आवश्यक परेमा जस्तोसुकै कार्यहरुमा सँधै तत्पर रहेर सहयोग गर्न जिल्ला सहकारी संघ तयार रहेको जानकारी दिदै जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध रहेका ९२ वटा सहकारी संस्थाहरुलाई जिल्ला सहकारी संघ लि. मा आबद्ध भई संघबाट प्रदान गरिने सेवालिन र संस्थाहरुको प्रवद्र्धनमा लाग्न आग्रह समेत गर्नुभएको थियो ।

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...

काठमाडौंसहित १२ जिल्लामा बाढीको जोखिम

काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...