जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा काभ्रे जिल्लामा रहेका विभिन्न प्रकृतीका १४० भन्दा बढी सहकारी सस्थाहरुको सहभागितामा सदस्य केन्द्रीयता सूचकका आधारमा व्यवस्थापन प्रणाली सम्वन्धि गोष्ठी सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिकाभ्रेका प्रमुख उद्धव केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व संघको शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिका संयोजक ठाकुरनाथ अधिकारीले गर्नुभएको थियो ।
सो गोष्ठी कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष विनोद पराजुलीले स्वागत मन्तब्य तथा कार्यक्रमको बारेमा प्रकाश पार्दै सुरु भएको कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेका सल्लाहकार टिकाबल्लभ सापकोटा, जिल्ला कृषि सहकारी संघ काभ्रेका अध्यक्ष सुमन नेपाल, सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका अधिकृत नारायण कार्कीको सहजीकरणमा उक्त कार्यक्रम भएको हो ।
सहकारी शिक्षा तथा सहकारीका आधारभूत बिषयबाट सुरु भएको उक्त कार्यक्रम सहकारीको परिचय, बिषेशता तथा महत्व आदिका बारेमा जानकारी गराउँदै प्रशिक्षक नारायण कार्कीले सहभागिलाई सहकारी संस्था श्रमममा आधारित भई पूँजीलाई भन्दा परिश्रमलाई महत्व दिएर नै सहकारी संस्थाहरु अगाडि बढ्दा वास्तबमै सहकारी संस्थाहरु अविछिन्न रुपमा चलाउन सकिने जानकारी दिनुभएको थियो ।
जिल्ला भित्र दर्ता भई सञ्चालनमा रहेका बिभिन्न प्रकृतिका सहकारी संस्थाहरुको सहभागिता रहेको उक्तकार्यक्रम नेपाल सरकार भूमिव्यवस्था सहकारी तथा गरिवीनिवारण मन्त्रालय सहकारी बिभागको सहयोगमा सञ्चालन भएको उक्त कार्यक्रम सञ्चालन भएको हो ।
कार्यक्रममा सदस्यता केन्द्रीयताका बिषयमा जानकारी गराउँदै प्रशिक्ष नारायण कार्कीले सदस्यहरुलाई केन्द्रमा राखेर गरिने हरेक क्रियाकलापहरु संस्थाले सञ्चालने गर्नुपर्ने जानकारी गराउनु भएको थियो ।
सहकारी संस्था मूल्यांकन, सूचकका बिषेशतामा सरलता, लागत प्रभावकारीता, भरपर्दो जस्ता बिषयहरु जानकारी गराइएको हो । जसमा यसका मान्यता, औचित्यतथा सूचकहरुमा संस्थापकीय कारोवार, सञ्चालकीय सक्रियता, संरक्षकीय सम्वन्धन का बिषयमा समेत स्पष्ट पारिएको थियो । गोष्ठीमा सहभागि मध्ये विभिन्न खालका सहकारी संस्था सञ्चालन तथा व्यवस्थापन मा आइपरेका समस्याहरुका बारेमा प्रश्नहरुका बारेमा प्रशिक्षकले स्पष्ट पार्नुभएको थियो ।
तालिममा सहभागिहरुको तर्फबाट गोष्ठि अत्यन्तै राम्रो भएको र आगामीदिनमा समेत यस्तै खालका विभिन्न शिर्षक अन्तर्गत तालिमहरु सञ्चालन गर्नका लागिजिल्ला सहकारी संघलाई सहभागिहरुको तर्फबाट अनुरोध समेत आएको जिल्ला सहकारी संघ काभ्रेका सचिव दीलिप शर्माले जानकारी दिनु भयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेका सचिव शर्माले जिल्ला सहकारी संघ काभ्रेमा सबै सहकारी संस्थाहरुले नियमित बचत, शेयर रकममा बृद्धि सदस्यतामा बृद्धि गर्दै ऋणमा सहभागिताभई अगाडि बढ्न सकेमा संघले यस्ता कायृक्रमहरु समय समयमा समेत गर्न सजिलो हुने जानकारी गराउनु भएको थियो भने संघका अध्यक्षविनोद पराजुलीले संघको बद्धि विकासमा सबै ऐक्यबद्धता सधै रहने जानकारी गराउँदै कार्यक्रम सफल बनाउन पाल्नुहुने प्रमुख अतिथी अतिथीप्रशिक्षकलगायत सम्पूर्ण सहभागिहरुमा धन्यबाद समेत ब्यक्त गर्नुभएको थियो ।
जिल्ला सहकारी संघ काभ्रेले आगामी फागुन महिनाभित्र कोपोमिस तथा सम्पत्ति सुद्दिकरण सम्वन्धि ४ वटा विभिन्न पालिका स्तरमा सम्पन्न गर्दैछ । जिल्लामा रहेका सहकारी संस्थाहरुको अभिभावकत्व भूमिका निर्बाह गर्दै आएको जिल्ला संघले १३ वटै स्थानीयतहहरु मा पालिकास्तरीय सहकारी समन्वय समिति तथा क्षमताविकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै सहकारी प्रवद्र्धन र विकासमा उल्लेखनीय कार्यहरु गर्दै आइरहेको छ ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...
काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...






