नेकपा एमाले काभ्रेको दशौं जिल्ला अधिवेशनको तयारी तीब्र बनेको छ । एमाले काभ्रेको अधिवेशन यही पुस २३ गते धुलिखेल रंगशालामा भव्य समारोहका बीच पार्टीका केन्द्रीय अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
धुलिखेलको रंगशालामा विहान १० बजे हुने अधिबेशनका लागि एमाले काभ्रेले गठन गरेका विभिन्न समितिहरुले तयारीलाई तिब्र बनाएका छन् । प्रचार प्रसार उप समितिले प्रचारको कार्य तिब्र बनाउँदै घर घर पार्टीले अधिबेशनमा सहभागि हुन आब्हान गरेको छ भने जनपरिचालन कमिटीले अधिबेशनको उद्घाटन सत्रमा कार्यकर्ता र शुभचिन्तकहरुको सहभागिता ब्यापक बनाउन तयारी शुरु गरेको छ । पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, केन्द्रिय सदस्यहरु, प्रदेश कमिटी पदाधिकारी र सदस्यहरु, जिल्ला कमिटी अध्यक्ष अशोक ब्याञ्जुले तयारीलाई तिब्र बनाईएको बताएका छन् ।
झण्डै १ हजार ३ सय प्रतिनिधि विभिन्न क्षेत्रबाट सहभागि हुने एमाले काभ्रेको अधिबेशनका लागि नागरिकहरुले समेत उत्साहजन रुपले सहभागिता जनाउने बताएका छन् । अभिबेशनका लागि पार्टी जिल्ला कमिटीको बैठकले प्रतिनिधी तथा पर्यवेक्षक छनौट मापदण्ड र क्षेत्र अधिवेशनमा पार्टीले भुगोल र जनसंगठनको मापदण्ड अलग अलग तोकेको थियो । भूगोल तर्फ पालिकाका वडामा रहेका संगठित सदस्यहरुबाट वडा तहमा प्रतिनिधी छनोट गर्ने निर्णय गरेको थियो । प्रतिनिधी छनोट गर्दा वडामा रहेका संगठित सदस्यबाट दलित संगठित सदस्य छुट्याइ कायम रहेका सदस्यमध्ये पहिलो ४५ जनासम्म संगठित सदस्यबाट १ महिला सहित ३ जना प्रतिनिधी निर्वाचित गर्ने र त्यस भन्दा बढि प्रत्येक ४५ जना सम्मले थप १/१ जना प्रतिनिधी निर्वाचित गर्ने निर्णय अनुसार कार्यान्वयन भएको छ । त्यसरी प्रतिनिधी निर्वाचित गर्दा हरेक ३ जनामा कम्तीमा एक जना महिला अनिवार्य हुनुपर्ने अर्थात वडामा छनौट हुने कुल प्रतिनिधी संख्याको कम्तिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने मापदण्ड तय गरेको थियो ।
वडामा रहेका दलित संगठित सदस्य मध्ये २० जना सम्म संगठित सदस्यबाट १ महिला सहित २ जना प्रतिनिधी निर्वाचित गर्ने र सो भन्दा बढी प्रत्येक २० जना सम्मले थप १÷१ जना प्रतिनिधी निर्वाचित गर्ने निर्णय गरेको थियो । त्यसरी प्रतिनिधी निर्वाचित गर्दा हरेक ३ जनामा कम्तीमा एक जना महिला अनिवार्य हुनुपर्ने अर्थात वडामा छनौट हुने कुल दलित प्रतिनिधी संख्याको कम्तिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने ब्यवस्था गरिएको छ ।
सबै पालिका कमिटीबाट कम्तिमा ३ महिला सहित ७ जना प्रतिनिधी निर्वाचित गर्ने मापदण्ड तय भएको छ । जनसंगठन तर्फको अलग्गै मापदण्ड तोकिएको थियो । अनेरास्ववियू, अनेमसंघ, युवासंघ, अनेकिमहासंघ, मुक्ति समाज, जिफन्ट र पेशागत महासंघबाट कम्तिमा २ महिला सहित ५ जना प्रतिनिधी निर्वाचित गर्ने मापदण्ड अनुसार प्रतिनिधि छनौट भएका छन् । राजसाँमहासंघ, नेपाल खेलकुद महासंघ, प्रेस चौतारी, नेपाल बुद्धिजिवी परिषद, प्रगतिशील पेशागत कानून ब्यवशायी संगठन, नेपाल राष्टिय भुतपूर्व प्रहरी तथा शैनिक संगठन, नेपाल राष्टिय उद्योग ब्यवशाय महासंघ, आदीवासी जनजाति महासंघ, मानव अधिकार यलाएन्स, राष्टिय स्वास्थ्यकर्मी संघ र प्रगतिशील ईन्जिनियर्स यसोसिएसनका जिल्ला कमिटीबाट कम्तिमा १ महिला सहित ३ जना प्रतिनिधी निर्वाचित भएका छन् । त्यस्तै जिल्ला कमिटीका सबै पदाधिकारी तथा सदस्यहरु प्रतिनिधी रहनेछन् भने जिल्ला निर्वाचन कमिटीका पदाधिकारी तथा सदस्यहरु, जिल्ला लेखा समितिका पदाधिकारी र सदस्यहरु, जिल्ला सल्लाहकार परिषदबाट छनोट हुने १५ जना प्रतिनिधीहरु, पार्टीको जिल्ला तहका प्रत्येक विभागबाट १ जनाका दरले प्रतिनिधि रहनेछन् । प्रतिनिधी बाहेकका जिल्ला सल्लाहकार परिषदका पदाधिकारी तथा सदस्यहरु पर्यवेक्षक रहनेछन् । काभ्रे काठमाण्डौ सम्पर्क मञ्चबाट प्रत्येक प्रदेश सभा क्षेत्रबाट ४ जनाका दरले १६ जना पर्यवेक्षकको ब्यवस्था गरिएको छ ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






