श्रीलंका टाट पल्टदै

वित्तीय तथा मानवीय संकट गहिरिँदै गएपछि श्रीलंका सन् २०२२ मै टाट पल्टिने देखिएको छ । पछिल्लो समय श्रीलंकाको मुद्रास्फीति हालसम्मकै उच्च तहमा पुगेको छ । खाद्यान्नको मूल्य अकासिएको छ भने सरकारी कोष रित्तिएको छ ।

राष्ट्रपति गोटाभया राजापाक्ष नेतृत्वको सरकारले कोभिड–१९ को महामारीका कारण पछिल्लो संकट सामना गरिरहेको हो । गतवर्षको महामारीको प्रभावसँगै पर्यटन क्षेत्र धराशायी बनेको छ । बेलायती सञ्चार माध्यम द गार्जियनका अनुसार कोभिडपीडितका लागि सरकारले ल्याएको कर कटौती नीतिका कारण राजस्व निकै खुम्चिएको छ । चीनलाई चुक्ता गर्नुपर्ने ऋण थुप्रिएको छ भने विदेशी मुद्रा सञ्चिति दशकयताकै कम पुगेको छ । कोभिड–१९ को संक्रमण फैलिएयता श्रीलंकामा ५ लाखभन्दा बढी मानिस गरिबीको रेखामुनि पुगेका विश्व बैंकले अनुमान गरेको छ । ५ वर्ष लामो गरिबीविरुद्धको मिहिनेतपछि श्रीलंका त्यतिका संख्याका नागरिकको जीवनस्तर उकास्न सफल भएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार श्रीलंकाको मुद्रास्फीति दर गत नोभेम्बरमा हालसम्मकै उच्च अर्थात् ११.१ प्रतिशत पुगेको थियो ।
देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत योगदान पुर्‍याउने पर्यटन क्षेत्र ठप्प प्रायः भएपछि कम्तीमा २ लाख मानिसले रोजगारी गुमाएका विश्व यात्रा र पर्यटन परिषद्ले जनाएको छ ।

पछिल्ला दिनमा श्रीलंकाको राहदानी कार्यालयमा दैनिक निकै लामो लाइन लाग्ने गरेको स्थानीय अखबारहरूले जनाएका छन् । पढेलेखेका युवा वर्गका प्रत्येक ४ जनामध्ये १ जनाले देश छोड्न चाहेका जनाइएको छ ।

श्रीलंकाको केन्द्रीय बैंकका पूर्वउपगभर्नर डब्लू ए विजेवर्दनाले आममानिसको संघर्षले आर्थिक संकट थप गहिरिने चेतावनी दिएका छन् । ‘जब आर्थिक संकट नियन्त्रणबाहिर जानेछ, स्थिति झन् भयावह हुनेछ,’ उनले भने, ‘उत्पादन कम हुने भएकाले खाद्य संकट बढ्ने निश्चित छ र आयातका लागि विदेशी मुद्रा विनिमयको अभाव छ । यस्तो अवस्थामा मानवीय संकट उत्पन्न हुनेछ ।’

श्रीलंकाको अर्थतन्त्रका लागि सबैभन्दा ठूलो समस्या विदेशी ऋणको भार हो । चीनको मात्र श्रीलंकामाथि ५ अर्ब डलरभन्दा बढी ऋण छ । आर्थिक संकट गहिरिन थालेपछि गत वर्ष श्रीलंकाले चीनसँग थप एक अर्ब डलर ऋण लिएको थियो । आगामी १२ महिनामा श्रीलंका सरकार र निजी क्षेत्रले ७ अर्ब ३ करोड डलर घरेलु र विदेशी ऋण भुक्तानी गर्नुपर्नेछ । त्यसमाथि जनवरीमै तिर्नुपर्ने ५० करोड डलरको सरकारी बोन्ड पनि छ । तर गत नोभेम्बरसम्म श्रीलंकासँग विदेशी मुद्रा सञ्चिति भने १ अर्ब ६ करोड डलर मात्रै छ ।

 

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

संघीय शिक्षा ऐन तत्काल ल्याउन नेपाल राष्ट्रिय शिक्षक संगठनको सरकारसँग माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...