मेलम्ची आयोजना बन्द गर्ने चेतावनी

मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपिडित सरोकार समन्वय समितिले आयोजना नै बन्द गराउने चेतावनी दिएको छ । चैत एक गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरुको मागलाई सम्बोधन नगरे आयोजना बन्द बराउन बाध्य हुने चेतावनी दिएको हो ।

 रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले विभिन्न छ वटा माग उल्लेख गर्दै समितिले चैत एक गतेसम्म पूरा गराउन चेतावनी दिएको हो ।

कार्यक्रममा बोल्दै मेलम्ची खानिपानी आयोजना प्रभावित तथा बाढीपिडित समन्वय समितिका संयोजक उपेन्द्र तामाङले मानविय भौतिक तथा नागरिहरुको जिवन निर्वाहको अनिवार्य साधनहरुको क्षति भएको भन्दै समस्या समाधान गर्न सरोकारवालाबाट कुनैपनि कदम नचालिनु दुःखद रहेको बताए ।

उनले २०७८/१०/२१ गते मेलम्ची आयोजनासँग भएको सहमति कार्यान्वयन नभएको भन्दै २०७८/११/२२ गते बसेको स्थानीय सरोकार समुदाय एवंम सामाजिक उत्थान सञ्चालन समितिका प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकको निर्णय सहित बिभिन्न मागहरु सुनाएका थिए ।

मागहरु

१.मेलम्ची आयोजना प्रभावित क्षेत्रको विकासको निम्ति नियमित रुपमा मेलम्ची खानेपानी विकास समितिले उपलब्ध गराउँदै आएको सामाजिक उत्थान कार्यक्रम संचालन अन्तर्गत यस आर्थिक वषएको बजेट स्थानीय समितिहरुमा आउन दिलाई भईरहेकोले तत्काल उपलब्ध गराउन ।

२.मेलम्ची नदीमा आएको बाढीले ठूलो धानजनको क्षती पुर्याएको र आगामी वर्ष नदी किनारको वस्ती झनै जोखिममा रहेकोले नदीलाई पूरानै धारमा बगाउन , मेलम्ची र ईन्द्रावतीको तटीय क्षेत्रको कम्तिमा ५ मिटर खोला गहिर्याउन र तटिय क्षेत्रका जोखिममा रहेका बस्तीहरुको संरक्षणका लागी आवश्यक बजेट तत्काल आयोजना बाट उपलब्ध गराउन ।

३.मेलम्ची र ईन्द्रावती नदी किनारका वस्ती तथा खेतियोग्य जमीन ठूलो मात्रामा कटान भएकोले सो क्षेत्रको जमिन संरक्षण र खेती योग्य जमिन बनाउनका लागि मुहानदेखि सिपाघाट भिमटारसम्म आय आर्जन कार्यक्रम, स्थायी तटबन्ध निर्माण। सडक, सिंचाई तथा सार्वजनिक पूर्वाधार निर्माण एवम् संरक्षणका लागि मेलम्ची ईन्द्रवति नदी करिडोर एकिकृत विकास आयोजनाको रुपमा एक विशेष दीर्घकालीन आयोजना नेपाल सरकारले तत्काल संचालन गर्न ।

४.मेलँची नदीको पानी काठमाडौं आएपछि मेलम्चीबासीले लेभी पाउने कुरा पटक पटक सहमति भई बिभिन्न अध्ययन भएर प्रकृया अघि बढेको तर, हालसम्म कुनै निर्णय भएको जानकारी प्राप्त नभएकोले तत्काल लेभि निर्धारण गर्न ।

५.आगामी वषाएमा सहज आवत जावत गर्न सहन हुने गरि सडक निर्माण कार्य तत्काल अघि बढाउन ।

६.मुहान क्षेत्रमा थुप्रीएका ढुंगा, माटोहरु निकालेर सुरक्षित ढंगले भण्डारण गर्न सहमति भएर पनि जथाभावी ढंगले राख्दा नदी किनारका वस्ती जोखिममा पर्ने भएकोले सुरक्षित भण्डारणमा भने जोडदार माग गररहेका छौं ।

 

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...

काठमाडौंसहित १२ जिल्लामा बाढीको जोखिम

काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...