लुम्बिनी विकास कोषले २५६७औं बुद्ध जयन्ती मनाउन एक करोड रुपैयाँ बजेट छुट्टाएको छ ।
यो वर्षको बुद्ध जयन्ती वैशाख २२ गते मनाइँदैछ । बुद्ध जयन्ती अन्तर्गत वैशाख २१ गते बिहान दीप प्रज्ज्वलन, महापरित्राण हुने र २२ गते बुद्ध पूर्णिमाको दिन बिहान पूजापाठ, शोभायात्रा, बिहान ९ बजे देखि ११ बजे दुई घण्टासम्म बुद्ध जयन्तीको मूल कार्यक्रम आयोजना हुने कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।
हरेक वर्ष बुद्ध जयन्ती मनाउन लुम्बिनी विकास कोषले एक करोड रुपैयाँ बजेट छुट्याउने गरेको सदस्य सचिव शाक्यले बताए । ‘बुद्ध जयन्ती मनाउन हरेक वर्ष एक करोड बजेट छुट्याउने गरिएको छ, गत वर्ष भने भारतीय प्रधानमन्त्री आउने भएकाले तीन करोड खर्च भएको थियो’, सदस्य सचिव शाक्यले भने ।
२२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्ने कार्यक्रम रहेको शाक्यले पत्रकार सम्मेलनमा जानकारी गराए ।
यस्तै २३ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तुसम्म बोधिसत्व सिद्धार्थको शोभा यात्रा, बिहान ११ बजे कपिलवस्तु तिलौराकोटमा विशेष समारोह हुने लुम्बिनी विकास कोषले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
विकास कोषले ठूलो धनराशी खर्च देखाउने गरेपनि त्यसको प्रभाव र पारदर्शिता नभएको स्थानीयको गुनासो छ । लुम्बिनी विकास मञ्चका अध्यक्ष सन्दीप गुप्ताले विकास कोषले बुद्ध जयन्तीका नाममा हुने खर्चको औचित्य कोषले पुष्टि गर्न नसकेको बताउँछन् ।
‘बुद्ध जयन्तीमा हरेक वर्ष ठूलो धनराशी खर्च देखाइन्छ तर त्यसको पारदर्शिता र औचित्य विकास कोषले पुष्टि गर्न सकेको देखिन्न’, गुप्ताले भने, ‘यहाँ हुने भौतिक निर्माणका सवालमा पनि अनियमितता भएको, गुरुयोजना विपरीत काम भएको भनेर अख्तियारमा उजुरी पर्ने गरेको छ ।’
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






