सहकारी सुशासन प्रवद्र्धन सम्बन्धी लुम्बिनी प्रदेशस्तरीय अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा ‘सहकारी सुशासन प्रवद्र्धन सम्बन्धी लुम्बिनी प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रम गोष्ठी’ रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ ।
महासंघका अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीको उद्घाटन संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गर्नुभयो । सो कार्यक्रममा सहकारीमा देखिएको चुनौती समाधानका लागि तीनै तहको सरकारका सथौ अभियान एकजुट भएर लाग्नुपर्ने निस्कर्ष निकालेको छ । सहकारीको स्वनियमन प्रणालीलाई प्रभावकारी बनाउने, कानुन पालनालाई सहकारीमैत्री बनाउने, गुणस्तरीयर दिगो प्रविधि अवलम्बन गर्ने, सदस्यको बचत सुरक्षित गराउने विषयलाई प्राथमिकता दिने तथा सदस्यलाई सक्रिय बनाउने एकजुट भएर काम गर्ने निस्कर्ष निकालेको छ । कार्यक्रममा संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारका साथै केन्द्रीय, प्रदेश, जिल्लास्तरीय सहकारी संघ तथा संस्थाहरुगरी १७० जनाको सहभागिता रहेको थियो ।
मन्त्री अधिकारीले सहकारी क्षेत्रमा देखिएको भ्रमलाई चिर्न सबै सरोकारवालाले एकजुट भएर अघि बढ्नुपर्ने बताउँदै, सहकारी अध्यादेशलाई आवश्यक सुझावअनुसार प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, सहकारी नियमन प्राधिकरणले सुशासन प्रवद्र्धनका लागि प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन पोखरेलले सहकारी अर्थतन्त्रको अभिन्न अंग भएको बताउँदै, प्राधिकरणको प्रशासनिक कार्य सञ्चालन भइसकेको र चाँडै नै नियमित काम अघि बढ्ने जानकारी दिनुभयो।
महासंघका अध्यक्ष ओमदेवी मल्लले सहकारीको सुशासनका लागि संघ तथा महासंघहरू सक्रिय भूमिका खेल्नुपर्ने बताउँदै, सरकारले सहकारी क्षेत्रको महत्व बुझ्न आवश्यक रहेको औंल्याउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाले सहकारीका समस्या समाधान गर्न सरकार गम्भीर रहेको धारणा राख्नुभयो। नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले सहकारी ऐनको प्रभावकारी कार्यान्वयन नहुनु पनि समस्याको एउटा कारण रहेको बताउनुभयो। कार्यक्रममा महासंघका लेखा सुपरिवेक्षण समितिका संयोजक भिम तुलाचनले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
गोष्ठीमा सहकारी विज्ञ डा. खगराज शर्माले ‘सहकारी सुशासन प्रवद्र्धनः सरोकारवाला निकायहरूको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो भने लुम्बिनी प्रदेश सहकारी दर्ता कार्यालयका मधुकृष्ण पौडेलले ‘लुम्बिनी प्रदेशमा सहकारीको अवस्था र भविष्य’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो।
त्यसपछि ‘सहकारीमा समस्या र समाधानका उपाय’ विषयक प्यानल छलफल भएको थियो, जसको सञ्चालन महासंघका महाप्रबन्धक सुरेश थापाले गर्नुभएको थियो। छलफलमा सहकारी विकास बोर्ड लुम्बिनी प्रदेशका उपाध्यक्ष टिकाराम पोखरेल, देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, लुम्बिनी विशिष्टकृत सहकारी संघका अध्यक्ष तथा नेफ्स्कूनका सञ्चालक ज्ञानु पौड्याल, तथा टुगा आस्था विकास साकोसका डि.बी. थापा सहभागी हुनुभएको थियो।
कार्यक्रमको सञ्चालन महासंघका सञ्चालक टिका न्यौपानेले गर्नुभएको थियो भने निस्कर्ष महासंघका सञ्चालक प्रेम सुवेदीले प्रस्तुत गर्नुभएको थियो।

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...

काठमाडौंसहित १२ जिल्लामा बाढीको जोखिम

काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...