यही असार ६ र ७ गते ललितपुरमा अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ हुने

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लि नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सहकारी अभियानबारे असल सन्देश प्रवाह गर्न महिला सम्मेलन आयोजना गर्न लागिएको जनाएको छ । यही असार ६ र ७ गते ललितपुरमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलन गरिएको हो । महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले नेपालको सहकारी अभियानको सम्बन्धमा विश्व समुदायलाई गुड मेसेज दिन सम्मेलन आयोजना गरेको जानकारी दिनु भयो ।

नेपालको सहकारी अभियानमा महिलाहरुको सहभागिताको चर्चा गर्दै पोखरेलले भन्नुभयो, ‘सहकारी अभियानको राम्रो र लामो इतिहास बोकेका मुलुकमा समेत हाम्रो जस्तो मुलुकको महिला सहभागिता देखिदैंन । हाम्रै छिमेकी मुलुकमा पनि यस्तो छैन । यही उपलब्धि पस्कन पनि सम्मलेन आयोजना गरिएको हो ।’ सहकारी अभियानमा महिला सहभागिता ५६ प्रतिशत रहेको सरकारी तथ्याङ्क छ ।

‘यसैगरी, सबै सहकारी गलत नै हुन भन्ने भाष्य चिर्न पनि यो सम्मेलन सहयोगी हुने विश्वास लिएका छौं,’कार्यवाहक अध्यक्ष पोखरेलले भन्नुभयो, ‘सम्मेलनमा महिला सहकारीकर्मीहरुको असल अभ्यासबारे अन्तर्राष्ट्रिय सहभागीहरुलाई उजागर गर्नेछौं ।’ सम्मेलन असल अभ्यास आदानप्रदान र सिकाइको सार्थक हुने विश्वास महासंघले लिएको छ ।

‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको सम्मेलनले सहकारीमार्फत महिला सशक्तिकरण, आर्थिक आत्मनिर्भरता तथा सामाजिक समावेशीकरणमा महत्वपूर्ण योगदान दिने विश्वास महासंघले लिएको छ ।

संयुक्त राष्ट्रसंघले सन् २०२६ लाई ‘अन्तर्राष्ट्रिय महिला किसान वर्ष’ घोषणा गरेको सन्दर्भमा सम्मेलनले कृषि, खाद्य सुरक्षा र ग्रामीण विकासमा महिलाको भूमिकालाई विशेष प्राथमिकताका साथ उठाउनेछ। नेपालमा ३२ हजारभन्दा बढी सहकारी संस्थामा करिब ५६ प्रतिशत महिला सदस्य आबद्ध रहेको तथा कृषि क्षेत्रमा ग्रामीण महिलाको उल्लेख्य सहभागिता रहेको तथ्यलाई सम्मेलनले थप उजागर गर्ने अपेक्षा गरिएको छ।

सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको भन्दै सोचेभन्दा बढी सहभागिता रहने महासंघले जनाएको छ । २ सय महिला सहकारीकर्मीहरु सहभागी हुने अपेक्षा गरिएपनि ५० जना जति थपिने भएका छन् । सम्मेलनले काठमाडौं घोषणापत्र २०२६ जारी गर्नेछ । सम्मेलनमा नेपालसहित विभिन्न देशका महिला सहकारी अभियन्ता, नीति निर्माता, सरकारी प्रतिनिधि, विकास साझेदार, अन्तर्राष्ट्रिय सहकारी संस्थाका प्रतिनिधि, अनुसन्धानकर्ता तथा महिला उद्यमीहरूको सहभागिता रहनेछ। कार्यक्रममा महिला सशक्तीकरण, नेतृत्व विकास, खाद्य सुरक्षा, वित्तीय समावेशीकरण, डिजिटल रूपान्तरण, उद्यमशीलता विकास, बजार विस्तार तथा सहकारीमार्फत रोजगारी सिर्जनासम्बन्धी विषयमा प्रस्तुति र प्यानल छलफल सञ्चालन गरिनेछ। साथै महिला सहकारी उत्पादन प्रदर्शनी, सीप प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा सफल सहकारीहरूको अवलोकन भ्रमण पनि समावेश गरिएको छ।

सम्मेलनले अन्तर्राष्ट्रिय महिला किसान वर्ष २०२६ को उद्देश्यलाई सार्थक बनाउँदै नेपाललाई अन्तर्राष्ट्रिय सहकारी संवाद तथा महिला नेतृत्व विकासको महत्वपूर्ण केन्द्रका रुपमा स्थापित गर्ने विश्वास लिइएको छ । सम्मेलनमा सहभागिता जनाउने भारत, भुटान, थाइल्याण्ड, श्रीलंका लगायतका मुलुकबाट महिला सहकारी अभियन्ता तथा विद्धानहरुले आफ्नो मुलुकको कन्ट्री पेपर प्रस्तुत गर्ने कार्यवाहक अध्यक्ष पोखरेलले बताउनुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मुख्य सहकार्यमा आयोजना हुने सम्मेलनमा राष्ट्रिय सहकारी बैंक, साना किसान विकास लघुवित्त, एफओए नेपाल र हेफर इन्टरनेशनल सह–आयोजकका रूपमा रहनेछन्। कृषि विकास बैंक, नेपाल बैंक लगायतको आर्थिक सहयोग रहनेछ ।

पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्षहरु खेमबहादुर पाठक र इन्दिरा पन्त, सञ्चालक सुमन नेपाल तथा महाप्रबन्धक डा बाबुकाजी थापा सहभागी हुनुहुन्थ्यो ।

 

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

संघीय शिक्षा ऐन तत्काल ल्याउन नेपाल राष्ट्रिय शिक्षक संगठनको सरकारसँग माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...