काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल ले मुलुकको चुनौतीपूर्ण आर्थिक अवस्थाका बीच पनि निजी क्षेत्रले अर्थतन्त्रलाई चलायमान राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित कर्पोरेट बिजनेस समिट तथा अवार्ड २०८३ लाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले विश्वव्यापी आर्थिक उतारचढाव, क्षेत्रीय चुनौती तथा आन्तरिक संरचनागत समस्याका बाबजुद उद्योग, व्यापार, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय तथा सेवा क्षेत्रका उद्यमीहरूले देशको आर्थिक गतिविधिलाई निरन्तरता दिएको बताए।
कर्पोरेट मिडिया ग्रुपको आयोजना तथा ईश्वरलाल फाउन्डेसनको तत्वावधानमा आयोजित उक्त कार्यक्रममा उनले नेपालको आर्थिक, औद्योगिक तथा उद्यमशीलता विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने यस्ता कार्यक्रमले सकारात्मक ऊर्जा, प्रेरणा र प्रतिस्पर्धात्मक उत्कृष्टताको भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे।
अध्यक्ष अग्रवालले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति निजी क्षेत्र आशावादी रहेको बताउँदै सरकारसँग सहकार्य गरेर मुलुकको आर्थिक विकासका लागि अघि बढ्न प्रतिबद्ध रहेको बताए। निजी क्षेत्र बलियो भए मात्र रोजगारी सिर्जना हुने, उत्पादन वृद्धि हुने, निर्यात विस्तार हुने तथा आर्थिक आत्मनिर्भरता सुदृढ बन्ने उनको भनाइ थियो।
उनले निजी क्षेत्र अहिले विभिन्न प्रकारका त्रास र अनिश्चितताबीच काम गर्न बाध्य रहेको उल्लेख गर्दै व्यवसायमैत्री वातावरण निर्माण, स्थिर नीति, पारदर्शी प्रशासन तथा सरल कानुनी प्रक्रियाको आवश्यकता औंल्याए। “वनको बाघले खाओस् नखाओस्, मनको बाघले खाएको छ,” भन्दै उनले निजी क्षेत्रको मनोबल कमजोर बनाउने वातावरण अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरे।
अग्रवालले वर्तमान विश्वमा प्रतिस्पर्धा उत्पादनमा मात्र सीमित नरही नवप्रवर्तन, गुणस्तर, प्रविधि र व्यवस्थापन क्षमतामा आधारित रहेको उल्लेख गर्दै नेपाली व्यवसायीहरूलाई डिजिटल अर्थतन्त्र, हरित अर्थतन्त्र तथा ज्ञानमा आधारित उद्योगतर्फ उन्मुख हुन आग्रह गरे। उनले युवाहरूलाई स्टार्टअप, नवप्रवर्तन र प्रविधिमैत्री व्यवसायमा आकर्षित गर्न आवश्यक रहेको बताए।
नेपालमा पर्यटन, कृषि, जलविद्युत, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा तथा उत्पादनमूलक उद्योगमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताए।
उनले नेपाल चेम्बर अफ कमर्सले व्यवसायमैत्री नीति, कर प्रणाली सुधार, प्रशासनिक जटिलता न्यूनीकरण तथा लगानी प्रवर्द्धनका विषयमा सरकारसँग निरन्तर संवाद गर्दै आएको जानकारी दिए। आर्थिक विकास सरकार, निजी क्षेत्र, नागरिक समाज तथा विकास साझेदारबीचको साझेदारीबाट मात्र सम्भव हुने उनको भनाइ थियो।
कार्यक्रममा अध्यक्ष अग्रवालले सम्मानित व्यक्ति तथा संस्थाहरूको योगदानको प्रशंसा गर्दै उनीहरूको सफलता सम्पूर्ण नेपाली समाजका लागि प्रेरणाको स्रोत भएको बताए। साथै युवाहरूलाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने उद्यमीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
उनले आयातमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रतर्फ रूपान्तरण हुनुपर्ने आवश्यकता औंल्याउँदै स्वदेशी उत्पादन प्रवर्द्धन, निर्यात विस्तार, औद्योगिकीकरण तथा प्रतिस्पर्धी व्यावसायिक वातावरण निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रमका विशिष्ट अतिथि प्रतिनिधि सभाका राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकाल, उद्योगी – व्यवसायी, बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधि, अर्थविद्, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।सो अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






