दुग्ध उत्पादक किसानदेखि केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्व गरिरहेका अम्मर बहादुर कुँवर

काठमाडौं । अम्मर बहादुर कुँवर नेपालको दुग्ध सहकारी आन्दोलनका एक अथक अभियन्ता, सफल सहकारीकर्मी तथा किसानका सच्चा हितैषीका रूपमा परिचित हुनुहुन्छ । उहाँको जन्म विक्रम सम्बत २०२१ साल भदौ ५ गते स्वर्गीय बुवा सन्तबहादुर कुँवर र स्वर्गीय माता पदमा कुमारी कुँवरको कोखबाट भएको हो । सामान्य कृषक परिवारमा जन्मिएर हुर्किनुभएका उहाँले बाल्यकालदेखि नै गाउँले जीवन, किसानको दुःख, संघर्ष, पशुपालनको महत्व र श्रमको सम्मानलाई नजिकबाट अनुभव गर्नुभयो । यिनै सिकाई र अनुभवले उहाँभित्र समाजका लागि केही नयाँ गर्ने अठोट जागृत गरायो ।
जीवनको प्रारम्भिक चरणमा उहाँको परिवार लम्जुङको नेटा गाविस वडा नम्बर ३, थानसिङ हालको मध्ये नेपाल नगरपालिका वडा नम्बर १० मा बसोबास गथ्र्यो । उहाँ ५ वर्षको हुँदा बुबा आमाले २ जना दाजुहरुसहित तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नम्बर १० स्थित डिहीगाउँमा बसाई सर्नुभयो ।
कुँवरका श्रीमती दमयन्ती कुँवर, दुई छोरा भरत र उत्तम अनि एक छोरी मैना छन् । आफ्ना सन्तानप्रति उहाँ पूर्णरूपमा सन्तुष्ट हुनुहुन्छ । छोराहरुबाट उहाँका ३ नातिनी र दुई नाती भइसकेका छन् । छोरीका एक एक जना नाती नातिनी छन् । आफूले समाजका लागि काम गर्न सक्नुमा परिवारको तर्फबाट ठूलो सहयोग प्राप्त भएको उहाँ बताउनुहुन्छ । सफलताको आधार केवल धनसम्पत्ति नभई, परिवारको विश्वास, सहयोग र नैतिक बल पनि उत्तिकै महत्वपूर्ण हुने उहाँको अनुभव छ ।
कक्षा ६ मा अध्ययन गर्दागर्दै उहाँले भैंसीको स्याहार सुसारमा बुबा आमालाई सघाउन सुरु गर्नुभयो । उहाँ दूध क्यानमा हालेर बिक्रीका लागि नजिकैको दमौली बजार पनि जानुभयो । बिक्री नभएको दूधलाई फिर्ता ल्याएर तताउनु पथ्र्यो । दुग्ध विकास संस्थान अन्तर्गतको पोखरा दुग्ध वितरण आयोजनामार्फत सेवरमा २०३७ साल कात्तिक १ गतेदेखि दूध संकलन हुन थालेपछि कुँवरकै नामबाट दूध बिक्री गर्न थालियो । कहिले बुबासँग त कहिले आफैं दूध लिएर घरभन्दा एक सय पचास मिटरमा रहेको संकलन केन्द्रमा जाँदा दूध संकलन कार्यलाई अझ व्यवस्थित बनाउन कसरी सकिन्छ होला भनेर सोच्नुहुन्थ्यो । किसानले दुःख गरेर उत्पादन गरेको दूध बजारको अभावमा खेर जाने, उचित मूल्य नपाउने र बिचौलियाको भर पर्नुपर्ने अवस्थाले उहाँलाई गम्भीर बनायो । तनहुँको पहिलो संकलन केन्द्रको रुपमा रहेको सेवरमा २०४० सालमा सेवर दुग्ध उत्पादक संस्थाको रुपमा गठन भयो । पहिला संस्थानले आफैं परीक्षण गरेर लैजाने गरेकोमा संस्था गठन भएपछि संस्थाले परीक्षण गरेको किसानको दूधलाई पुनः परीक्षण गरी गुणस्तरका अधारमा मुल्य निर्धारण गरेर किसानलाई भुक्तानी दिन थालियो ।
२०४४ सालमा सेवर दुग्ध उत्पादक संस्थाको सदस्य बन्नुभएका कुँवरले त्यसको एक वर्षपछि नै अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभयो । त्यो समय साझा संस्थाप्रति जनविश्वास त्यति बलियो थिएन । किसानहरू संस्थामा आबद्ध हुन हिच्किचाउँथे । संस्थागत अनुभव पनि सीमित थियो । उहाँले गाउँ गाउँ पुगेर किसानलाई संस्थाको महत्वका बारेमा बुझाउनुभयो । सहकारी ऐन, २०४८ लागुभएपछि उहाँले सहकारीको महत्वका बारेमा समुदायलाई बुझाउँदै संस्थामा किसानहरुको सहभागितालाई बढाउनुभयो । २०५० साल फागुन ११ गते सेवर दुग्ध उत्पादक सहकारी संस्थाको रुपमा डिभिजन सहकारी कार्यालय तनहुँमा दर्ता गर्दा सदस्यहरुले उहाँलाई नै अध्यक्ष चयन गरे । सहकारीमार्फत दूध बिक्रीलाई व्यवस्थित गर्न सुरु गरिए पनि मिल्क होलिडेका कारण किसानहरुको दूध फ्याक्नुपर्ने अवस्था श्रृजना भयो ।
वि.सं. २०५२ सालमा राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत भारतको गुजरातस्थित खेडा जिल्ला दुग्ध उत्पादक सहकारी संघ (अमुल डेरी) को अवलोकन गरेपछि उहाँलाई दूधको विविधकरण गर्ने र मुल्य अभिवृद्धिमार्फत किसानलाई थप प्रोत्साहन दिनुपर्छ भन्ने प्रेरणा प्राप्त भयो । किसानको दैनिक ३२ लाख लिटर दूध संकलन र प्रशोधन गर्न सक्षम भएको सहकारी संघको अवलोकनपछि तनहुँमै दुग्ध व्यवसायलाई प्रवद्र्धन गर्ने गरी जिल्ला संघ गठन गर्ने अवधारणा सुरु गरेको उहाँको भनाई छ । भारतमा किसानले आफ्नै स्वामित्वमा विश्वस्तरीय सहकारी सञ्चालन गरी किसानलाई प्रतिफल दिलाएको दृश्यले उहाँलाई गहिरो प्रभाव पार्यो ।
जिल्लाभरका ८ वटै दुग्ध सहकारीले संकलन गरेका दूधलाई एकै ठाउँमा जम्मा गरी बिक्री वितरण गर्ने उद्देश्यसहित २०५३ सालमा उहाँकै अध्यक्षतामा तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको स्थापना भयो । यो केवल एउटा संस्था स्थापना गर्ने काम मात्र थिएन, जिल्लाभरका दुग्ध उत्पादक किसानलाई एउटै साझा लक्ष्यमा जोड्ने अभियान थियो । त्यसपछिको एक वर्षमै अर्थात् २०५४ साल साउन ६ गतेदेखि संघमार्फत दूधको नियमित संकलन, बिक्री तथा वितरण सुरु भयो । दमौली बजारमा रहेको कार्यालयबाट आन्तरिक रुपमा बिक्री गर्दा ७ महिनासम्म दैनिक १३ लिटरसम्म मात्रै बिक्री भयो । बिकल्पको रुपमा चिया पकाएर समेत बिक्री गरियो । २०५४ माघ ७ गतेबाट दैनिक १० लिटर दूधको चिया पकाएर बिक्री सुरु गरेकोमा पछि ४० लिटरसम्म दूधको चिया बिक्री भयो । व्यास नगरपालिका ५, सेती मादीको दोभानमा रहेको परासर आश्रममा ९ दिनसम्म खिर पकाएर प्रसादको रुपमा वितरण गरेपछि जिल्लाभरमा आन्तरिक खपत बढ्न थाल्यो । यो तनहुँ जिल्लाको दुग्ध व्यवसायका लागि एउटा ऐतिहासिक उपलब्धि थियो । यसले किसानलाई आफ्नो उत्पादनको सुनिश्चित बजार दियो र नियमित आम्दानीको आधार तयार गरिदियो ।
२०५६ सालमा तत्कालीन व्यास नगरपालिका वडा नं. ३ का किसानको दुहुनो भैंसी मरेपछि बीमा बापतको रकम भुक्तानीका लागि उहाँले कृषि विकास बैंक दमौली शाखामा पहल गर्नुभयो । बैंकले आनाकानी गरेपछि जिल्ला प्रशासन कार्यालयमा त्यसबिरुद्ध जिल्ला संघको नामबाट निवेदन दिनुभयो । तत्कालीन प्रमुख जिल्ला अधिकारी जनार्दन नेपालको निर्देशनपछि बैंकबाट किसानले ६ महिनापछि क्षतिपुर्ति प्राप्त गरे । सिडिओ नेपालको सल्लाहका आधारमा सहकारीमार्फत किसानको पशुधन सुरक्षण (बीमा) कार्यक्रमको अवधारणा सुरु गर्नुभयो । उहाँले पशुधन सुरक्षण नियमावली नै बनाई तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघको तर्फबाट सर्वप्रथम सेवर दुग्ध उत्पादक सहकारी संस्थामार्फत पशुधन सुरक्षण कार्यक्रम लागु गराउनुभयो । डिभिजन सहकारी कार्यालय तनहुँमार्फत सहकारी विभागमा दर्ता गराएरै सुरु भएको बीमा कार्यक्रमको तत्कालीन सभामुख रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको कुँवरले अहिले पनि स्मरण गर्नुहुन्छ । २०५६ सालमा तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघले सहकारीमार्फत नेपालमै पहिलोपटक चिलिङ भ्याट सञ्चालन गर्नमा कुँवरले महत्वपूर्ण भूमिका निभाउनुभयो । डेनिडा सपोर्ट प्रोजेक्टले उपलब्ध गराएको एक हजार लिटर क्षमताको चिलिङ भ्याट नेपाल सरकारमार्फत ५० प्रतिशत अनुदानमा जिल्ला संघमा जडान गरी विहान र बेलुका गरी दिनमा २ पटक दूध संकलनको सुरुवात गर्नुभयो ।
कुँवरको सोच केवल दूध संकलन र बिक्रीमा सीमित थिएन । उहाँले दुग्ध व्यवसायलाई उद्योगमा रूपान्तरण गर्ने दूरदृष्टि राख्नुभयो । आर्थिक वर्ष २०६९÷७० बाट दूधबाट दही, घ्यू, नौनी, पनिर लगायतका विभिन्न दुग्धजन्य पदार्थको उत्पादन गर्दै व्यवसायलाई विविधिकरण गर्ने अभियान सुरु गर्नुभयो । यसले संस्थाको आर्थिक अवस्था मजबुत बनाउनुका साथै किसानको उत्पादनको मूल्यसमेत बढायो । ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना भयो र स्थानीय उत्पादनप्रति उपभोक्ताको विश्वास बढ्न थाल्यो । दैनिक झण्डै २ हजार लिटर दूध प्रशोधन गरेर सुरु भएको विविधिकरण कार्यले ३ हजार ५ सय लिटर दूधको प्रशोधन गर्न सफल भयो ।
उहाँकै नेतृत्वमा तनहुँ जिल्लाका छरिएर रहेका १९ वटा दुग्ध उत्पादक सहकारी संस्थाहरु एउटै छातामुनी आबद्ध भए । एकद्वार प्रणाली लागू गर्दै सबै सहकारी संस्थाबाट १३ हजार लिटर दूध संलकन हुनुका साथै ३ हजार ५ सय लिटर प्रशोधन र बाँकी रहेको दूधलाई निजी डेरी उद्योगलाई बिक्री गर्ने व्यवस्था मिलाइयो । यसले किसानलाई बिचौलियाको शोषणबाट मुक्त गराउन मद्धत गरेको छ भने बजारिकरण कार्यलाई व्यवस्थित बनायो । आज पनि तनहुँलाई सहकारीमार्फत जिल्लाभरका दुग्ध किसानको दूध व्यवस्थापनको सफल नमुनाका रूपमा हेरिन्छ ।
वि.सं. २०५३ देखि २०८२ सालसम्म निरन्तर तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षका रूपमा काम गर्नु उहाँको नेतृत्व क्षमताको प्रमाण हो । झण्डै तीन दशक एउटै जिल्ला संघको नेतृत्व गर्दै उहाँले पारदर्शिता, इमान्दारी र किसानमुखी व्यवस्थापनलाई प्राथमिकता दिनुभयो । नेतृत्व भनेको पद मत्रै नभएर जिम्मेवारी भएको उहाँको बुझाई छ । उहाँले दुग्ध सहकारी संस्था र संघलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर किसानको साझा सम्पत्तिका रूपमा विकास गर्नुभयो ।
जिल्लामा सफल नेतृत्वपछि उहाँको अनुभव राष्ट्रिय स्तरसम्म पुग्यो । २०५० सालमैं उहाँ नेपाल राष्ट्रिय दुग्ध उत्पादक किसान संघको केन्द्रीय सदस्य बन्नुभयो । २०५३ सालमा नेपाल राष्ट्रिय दुग्ध उत्पादक किसान संघ र केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड एकीकरण भई बनेको अन्तरिम समितिको सञ्चालक सदस्य बन्नुभयो । २०६० मा केन्द्रीय सञ्चालक, २०६६ सालबाट सचिव, २०७० सालबाट बरिष्ठ उपाध्यक्ष हुँदै वि.सं. २०७९ सालमा संघको अध्यक्ष बन्न सफल हुनुभयो । यो यात्रा एउटा ग्रामीण किसानको प्रतिनिधि राष्ट्रिय नेतृत्वसम्म पुगेको गौरवपूर्ण इतिहास हो ।
सफलताको यात्रा कहिल्यै सहज हुँदैन । कुँवरले पनि अनेकौँ चुनौतीहरूको सामना गर्नुभयो । समस्या आएपछि समाधान खोज्ने उहाँको बानीले नै उहाँलाई सफल नेतृत्वकर्ताका रूपमा स्थापित गर्यो । उहाँको विश्वास छ कि संघर्ष नगरी कुनै परिवर्तन सम्भव हुँदैन ।
उहाँ आफ्नो सफलतामा सरकारी निकायको योगदानलाई पनि उच्च सम्मानका साथ सम्झनुहुन्छ । तत्कालीन जिल्ला विकास समिति, व्यास नगरपालिका, जिल्ला पशु सेवा कार्यालय लगायतका निकायले गरेको सहयोगलाई उहाँले सधैं कृतज्ञताका साथ स्मरण गर्नुहुन्छ । पशुुसेवा कार्यालय तनहुँका तत्कालीन प्रमुख कबिन्द्रप्रसाद सापकोटाले सहकारीमार्फत पशुधन सुरक्षण (बीमा) कार्यक्रम कार्यान्वयनका लागि जिल्ला संघ र अध्यक्षको हिसाबले आफुलाई सहयोग गरेकोले किसानको पशुधनको क्षतिमा मल्हमपट्टी लगाउन सकिएको उहाँ बताउनुहुन्छ । सरकारी निकाय र सहकारीबीचको सहकार्यले किसानको हकहित र आयआर्जन बृद्धिका लागि धेरै काम सफल भएको उहाँको अनुभव छ । किसानले आफ्ना उत्पादनको उचित मूल्य पाउँदा, उनीहरूको जीवनस्तर माथि उठ्दा र गाउँमा आर्थिक गतिविधि बढ्दा आफूले गरेको मेहनत सफल भएको अनुभूति गरेको उहाँ बताउनुहुन्छ ।
आज नेपालको सबैभन्दा ठूलो चुनौतीमध्ये एक युवाशक्तिको विदेश पलायन हुनु हो । यस विषयमा उहाँको धारणा स्पष्ट छ । उहाँका अनुसार नेपालमा सम्भावना छैन भन्ने होइन, सम्भावनालाई देख्ने दृष्टिकोणको अभाव छ । विदेशमा सिकेको सीप, अनुभव र अनुशासनलाई आफ्नै देशमा प्रयोग गर्न सके नेपालमा रोजगारीको पर्याप्त अवसर सिर्जना गर्न सकिन्छ । उहाँ युवालाई विदेशभन्दा स्वदेशमा उद्यम गर्न प्रेरित गर्नुहुन्छ । गाउँका बाँझा खेतबारी, खाली गोठ र सुनसान बस्तीलाई पुनः जीवन्त बनाउन युवाको भूमिका सबैभन्दा महत्वपूर्ण हुने उहाँको विश्वास छ ।
नेपाली समाजमा खानपानको संस्कृतिमा पनि परिवर्तन आवश्यक रहेको उहाँ बताउनुहुन्छ । विवाह, भोज, सभा, तालिम गोष्ठी तथा विभिन्न सार्वजनिक कार्यक्रममा विदेशी पेयपदार्थको सट्टा दही, मोही तथा अन्य दुग्धजन्य परिकारको प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ । यसले नेपाली किसानको उत्पादनको बजार विस्तार हुने, स्वदेशी उद्योग बलियो बन्ने, स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने र अनावश्यक खर्च जोगिने उहाँको तर्क छ । अहिले विभिन्न सरकारी तथा गैरसरकारी निकायले आयोजना गर्ने कार्यक्रमहरुमा मोहीको प्रवद्र्धन भइरहेको पाउँदा उहाँलाई निकै खुसी लागेको छ ।
रित्तिँदै गएका नेपाली गाउँहरू फेरि भरिभराउ भएको कुँवर हेर्न चाहनुहुन्छ । रोजगारी तथा अध्ययनका लागि युवाहरु विदेशीएका कारण खाली भएका घर, बाँझिएका खेतबारी, सुनसान बनेका विद्यालय र उजाडिएका गोठ देख्दा उहाँको मन दुःखी हुन्छ । उहाँ विश्वास गर्नुहुन्छ कि कृषि, पशुपालन, सहकारी र स्थानीय उद्योगलाई आधुनिक प्रविधिसँग जोडेर विकास गर्न सकियो भने गाउँमा पुनः समृद्धि फर्काउन सकिन्छ ।
कुँवरको जीवनले हामीलाई एउटा महत्वपूर्ण शिक्षा दिन्छ इच्छाशक्ति, इमान्दारी, दूरदृष्टि र निरन्तर मेहनत गरेमा सामान्य मानिसले पनि समाजमा असाधारण परिवर्तन ल्याउन सक्छ । एउटा सामान्य कृषक परिवारमा जन्मिएर हजारौं किसानको भविष्य बदल्ने अभियानको नेतृत्व गर्नु, सहकारी आन्दोलनलाई उद्योगमा रूपान्तरण गर्नु, राष्ट्रिय स्तरसम्म नेतृत्व सम्हाल्नु र आज पनि युवालाई स्वदेशमै सम्भावना खोज्न प्रेरित गरिरहनु उहाँको जीवनको सबैभन्दा ठूलो उपलब्धि हो । उहाँको संघर्ष, समर्पण र सेवाभावले नेपाली दुग्ध सहकारी आन्दोलनलाई मात्र होइन, समग्र ग्रामीण अर्थतन्त्रलाई नयाँ दिशा दिएको छ । आगामी पुस्ताले उहाँको जीवनबाट प्रेरणा लिएर स्वदेशमै उत्पादन, उद्यम र आत्मनिर्भरताको मार्ग रोज्न सके उहाँले देखेको समृद्ध गाउँ र आत्मनिर्भर नेपालको सपना अवश्य साकार हुनेछ ।

मा प्रकाशित

यसमा तपाइको मत

साहित्य बाट अन्य

२०१५ सालको जस्तै कांग्रेसको ऐतिहासिक निर्णय, अपांगता भएकालाई पनि केन्द्रीय पदाधिकारी बनाइयो

काठमाडौ । नेपाली कांग्रेसले दूरदर्शी निर्णय गरेको छ । कांग्रेसको काठमाडौमा जारी १५ औ महाधिवेशनले विधान संशोधन गर्दै अपांगता भएका र अल्पसंख्यकलाई सह महामन्त्री बनाएको छ । यो समुहमा चार जनाको उम्मेदवारी परेको छ,...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र चल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र चल्नेछ । सोमबारबाट सुरु भएको बन्दसत्रमा चारवटा प्रतिवेदन पेस भएका छन् । बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । उपसभापति विश्वप्रकाश शर्माले समसामयिक...

केन्द्रीय सदस्य पदमा रामजीवी पन्थले गरे उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा न्युजिल्यान्ड क्षेत्रबाट केन्द्रीय सदस्य पदमा रामजीवी पन्थले उम्मेदवारी घोषणा गरेका छन् । पन्थले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि प्रवासमा रहेका नेपालीको आवाज कांग्रेसको नीति...

आजदेखि देउवा समूहको वडा अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको वडा अधिवेशन आजदेखि सुरु हुँदै छ । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाको नेतृत्वलाई अस्वीकार गर्दै देउवा समूहले बेग्लै अधिवेशन सुरु गर्न लागेको हो । देउवा समूहको...

कांग्रेस सभापतिमा गगनभन्दा किशोर सिंह राठोर उपयुक्त हुनसक्छन्ः गोविन्द निरौला

काठमाडौं । नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि गगन थापाभन्दा किशोर सिंह राठोर उपयुक्त उम्मेदवार हुनसक्ने बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका विषयमा पार्टीभित्र बहस तीव्र भइरहेका...

सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेनः नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको अवधिमा नयाँ परिणाम दिन नसकेको टिप्पणी गरेका छन् । मंगलबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सांसद बरालले प्रभावकारी काम गर्ने भन्दै गठन...

देउवा समूहको १५ औं महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले १५ औं महाधिवेशनको तयारी तीव्र पारिएको जानकारी दिंदै क्रियाशील सदस्यताको जानकारी दिनेगरी शनिबार अनलाइन पोर्टल सार्वजनिक गरेको छ । शनिबार सम्पर्क कार्यालय महाराजगन्ज चुनदेवीमा क्रियाशील सदस्यताका लागि अनलाइन...

काभ्रेका निजी विद्यालय दुई दिन बन्द

काभ्रे । सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रेका निजी तथा संस्थागत विद्यालय दुई दिन बन्द हुने भएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काभ्रेका अध्यक्ष श्याम भुजेलका अनुसार असोज ८ र ९...

मलेसियाली समकक्षीसँग प्रधानमन्त्री बालेनको वार्ता, वैदेशिक रोजगारीबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोनमार्फत छलफल गरेका छन्।मंगलबार बिहान भएको टेलिफोन वार्तामा नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री...

औद्योगिक उत्पादनको विकल्प नबनेसम्म पुँजीवादी मुलुककै नेतृत्व रहन्छ : गोविन्द निरौला

काठमाडौं । नेपाल समाजवादी काँग्रेसका अध्यक्ष गोविन्द निरौलाले विश्व अहिले भाषिक तथा आर्थिक उपनिवेशको प्रभावबाट मुक्त हुन नसकेको बताएका छन्। उनले औद्योगिक उत्पादनमा आत्मनिर्भरता कायम नगरी अमेरिका र बेलायतजस्ता विकसित मुलुकलाई चुनौती दिन सकिन्छ...