पत्रकार जीवन शर्मालाई ‘खोजी पत्रकारिता सम्मान–२०८३’ प्रदान

काठमाडौं । सामाजिक न्याय, सुशासन र नागरिक सचेतनाको प्रवर्द्धनमा खोज पत्रकारितामार्फत उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै पत्रकार जीवन शर्मालाई ‘खोजी पत्रकारिता सम्मान–२०८३’ प्रदान गरिएको छ।

ओझेलमा परेका यथार्थ, उत्पीडित समुदायका वेदना तथा सीमान्तकृत नागरिकका आवाजलाई तथ्य र प्रमाणका आधारमा निर्भीकतापूर्वक सार्वजनिक गर्दै खोज पत्रकारिताको क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदरस्वरूप कोरिया शैक्षिक परामर्श संघ नेपाल (केकान) ले शर्मालाई उक्त सम्मान प्रदान गरेको हो। संस्थाले उनको वैचारिक स्पष्टता, व्यावसायिक निष्ठा र सार्वजनिक उत्तरदायित्वप्रतिको समर्पणलाई सम्मानको प्रमुख आधार मानेको जनाएको छ।

को हुन सम्मानित शर्मा ?

गोरखा जिल्लाको साविक दहरबुङ्गा गाविस–६ (हाल गण्डकी गाउँपालिका–५) मा वि.सं. २०४० साल कार्तिक १५ गते जन्मिएका शर्माले सामान्य ग्रामीण परिवेशबाट संघर्षपूर्ण जीवनयात्रा प्रारम्भ गरेका थिए। पिता विष्णुप्रसाद खनाल र माता दुर्गादेवी खनालका जेष्ठ सुपुत्र शर्माले विपरीत परिस्थितिलाई अवसरमा रूपान्तरण गर्दै पत्रकारितालाई जीवनको कर्मक्षेत्र बनाए।

वि.सं. २०६१ वैशाख १४ गते न्यु एक्टिभ मिडियाबाट पत्रकारिता तालिम लिएपछि उनले पोखरा एफएम ९५.८ मेगाहर्जबाट प्रसारित ‘लोक सुसेली’ र ‘पल प्रति पल’ कार्यक्रममार्फत सञ्चार यात्राको थालनी गरेका थिए। त्यसयता रेडियो, छापा र अनलाइन माध्यमबाट जनसरोकारका विविध विषयमा कलम चलाउँदै उनले खोज पत्रकारितामा आफ्नो छुट्टै पहिचान निर्माण गरेका छन्।

नेसनल अफ्लिमेन्ट,न्युजलाइन्स नेपाल डटकम.पाक्षिक,डिजिटल खबर हुदै अनुसन्धानमूलक समाचार, विशेष रिपोर्ट र फिचरहरू स्थानीय सरोकार, जनसवाल राष्ट्रिय दैनिक तथा मध्यान्ह दैनिक लगायतका सञ्चारमाध्यममा बिशेश लेख प्रकाशित हुँदै आएका छन्। सीमावर्ती क्षेत्रका अनियमितता, वन पैदावार तस्करी, सार्वजनिक सम्पत्तिको दुरुपयोग, भ्रष्टाचार, प्रशासनिक विकृति र अवैध कारोबारजस्ता विषयमा उनले तयार पारेका सामग्रीले सम्बन्धित निकायलाई जवाफदेही बन्न दबाब सिर्जना गर्नुका साथै समाजमा सकारात्मक बहसको वातावरण निर्माण गरेको छ।

हाल स्थानीय सरोकार पत्रिका तथा निगरानी दैनिक डटकम सञ्चालन गरिरहेका शर्माले सत्य, तथ्य र प्रमाणमा आधारित पत्रकारितामार्फत लोकतान्त्रिक मूल्य, सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्।

सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै शर्माले खोज पत्रकारिता सत्य र न्यायको पक्षमा दृढतापूर्वक उभिने दायित्वपूर्ण अभ्यास भएको बताए। उनले भने, “सत्य लेख्न सक्नु खोज पत्रकारिताको आत्मा हो, तर यो यात्रा चुनौती र जोखिमले भरिएको हुन्छ।” खोज पत्रकारिताको क्रममा आर्थिक अभाव, दबाब, भौतिक धम्की र मानसिक तनावसमेत झेल्नुपरेको अनुभव सुनाउँदै उनले कठिनाइका बाबजुद सत्यको खोजलाई अविराम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
सम्मान प्रदान गर्दै आयोजक संस्थाले शर्माको निर्भीकता, तथ्यमा आधारित अनुसन्धान, निष्पक्ष रिपोर्टिङ र सामाजिक उत्तरदायित्वप्रतिको अटल प्रतिबद्धता अनुकरणीय रहेको उल्लेख गरेको छ। संस्थाका अनुसार उनको योगदानले भावी पुस्ताका पत्रकारलाई सत्यनिष्ठ, साहसी र अनुसन्धानमुखी पत्रकारिताप्रति आकर्षित गर्दै व्यावसायिक इमान्दारिताको मार्गमा प्रेरित गर्ने विश्वास गरिएको छ।

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनको मूल्य बढ्दा चाँदी भने घट्यो

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...

काठमाडौंसहित १२ जिल्लामा बाढीको जोखिम

काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...