
काठमाडौं । नेपाल आयल निगमको पेट्रोलियम ढुवानी गर्दै आएको एउटा ट्यांकरबाट पेट्रोल चोरी भएको छ । निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरका लागि पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको ट्यांकरबाट ९७३ लिटर पेट्रोल चोरी भएको हो ।
निगमका अनुसार नवीन ढुवानी सेवा प्रालिको को १ ख ६१९० नम्बरको ट्यांकर भारतीय आयल कर्पोरेसनको सिलिगुडी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी असार ७ गते विराटनगरस्थित डिपो परिसरमा आएको थियो । तर, अर्को दिन असार ८ गते ट्यांकर पार्किङस्थलबाट हटाइएको थियो । निगमले ट्यांकर हराएको जानकारी ढुवानीकर्तालाई तत्कालै गराएको थियो । साथै, निगमले जिल्ला प्रहरी कार्यालय मोरङलाई लिखित जानकारी गराउँदै घटनाको अनुसन्धान अघि बढाएको थियो । निगमले उपलब्ध गराएको सीसीटीभी फुटेजको अध्ययन गर्दा ट्यांकर असार ८ गते बिहान ३ बजेर ३ मिनेटमा पार्किङस्थलबाट बाहिरिएको र नोबेल अस्पतालतर्फ गएको देखिएको थियो । त्यसलगत्तै निगमका कर्मचारी, प्रहरी तथा ढुवानीकर्ताका प्रतिनिधिले खोजी कार्य सुरु गरेका थिए । खोजीका क्रममा मोरङ–सुनसरी सडकखण्डअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित इटहरी राजमार्ग क्षेत्रमा ट्यांकर बेवारिसे अवस्थामा फेला परेको थियो । ट्यांकरको सिल तथा ताला काटिएको अवस्थामा भेटिएपछि घटनास्थलमै मुचुल्का तयार गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमार्फत आवश्यक प्रक्रिया अघि बढाइएको थियो ।
बुधबार जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, निगम तथा ढुवानीकर्ताका प्रतिनिधिको रोहवरमा ट्यांकरको सिल खोली गुणस्तर तथा परिमाण परीक्षण गरिएको थियो । परीक्षणका क्रममा पेट्रोलको गुणस्तर सामान्य रहेको तर, २० हजार लिटरमध्ये ९७३ लिटर पेट्रोल अभाव रहेको पुष्टि भएको निगमले जनाएको छ । बाँकी १९ हजार २७ लिटर पेट्रोल निगमको भण्डारणमा खन्याइएको छ । निगमले पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३ मा रहेको व्यवस्थाअनुसार चोरी भएको परिमाणको दोब्बर रकम दुगानीकर्ताबाट असुल गरिएको जनाएको छ । निगमले घटनाको विषयमा सम्बन्धित सरकारी निकायबाट अनुसन्धान जारी रहेको र अनुसन्धान निष्कर्षमा पुगेपछि थप विवरण सार्वजनिक गरिने जनाएको छ । निगमले चोरी भएको पेट्रोलको मूल्य बराबरको दोब्बर रकम सम्बन्धित ढुवानीकर्ताबाट असुल गरिएको जनाएको छ ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






