काठमाडौं । नेपाल लेखापढी व्यवसायी एसोसिएसनले मालपोत र नापी कार्यालयबाट प्रदान हुँदै आएका जग्गा प्रशासन सेवा तथा भू–सूचना प्रणाली वडा, पालिका वा बैंक तथा वित्तीय संस्थामार्फत सञ्चालन गर्ने सरकारी तयारीप्रति गम्भीर आपत्ति जनाएको छ। एसोसिएसनले सेवा विस्तार गरिए पनि अधिकारप्राप्त लेखापढी व्यवसायीको पेशागत सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।
एसोसिएसनका केन्द्रीय महासचिव हरिप्रसाद पौडेलले देशभर रहेका ३० हजारभन्दा बढी अधिकारप्राप्त लेखापढी व्यवसायीको पेशागत हक–अधिकारमाथि प्रतिकूल असर पर्ने गरी सरकारले निर्णयहरू अघि बढाइरहेको आरोप लगाए। उनले मालपोत र नापी कार्यालयबाट हुँदै आएका सेवा अन्य निकायमा लैजाने निर्णयले लामो समयदेखि कानुनबमोजिम सेवा दिँदै आएका व्यवसायी विस्थापित हुने खतरा बढेको बताए।
उनले सरकारले पछिल्लो समय गरेका निर्णयहरू व्यवसायीमैत्री नभएको भन्दै ती निर्णय सच्याउन आग्रह गरे। जिल्ला अदालतबाट आधिकारिक प्रमाणपत्र प्राप्त गरी सरकारले तोकेको मापदण्डअनुसार व्यवसाय सञ्चालन गरिरहेका लेखापढी व्यवसायीलाई विस्थापित गर्ने होइन, अझ व्यवस्थित र सशक्त बनाउने नीति अवलम्बन गर्नुपर्ने उनको भनाइ छ।
महासचिव पौडेलका अनुसार सेवा क्षेत्र विस्तार हुँदा सर्वसाधारणलाई केही सहजता पुगे पनि त्यसको प्रत्यक्ष असर लेखापढी व्यवसायीको रोजगारी र पेशामाथि परेको छ। सेवा प्रवाहको नयाँ संरचनाले हजारौं व्यवसायी पलायन हुने अवस्था सिर्जना हुन सक्ने भन्दै उनले सरकारलाई त्यसतर्फ गम्भीर हुन आग्रह गरे।
भरखरै संशोधन भएको लेखापढी व्यवसायीसम्बन्धी नियमावलीले व्यवसायीको अधिकार क्षेत्र थप विस्तार गरेको अवस्थामा सरकारले त्यसको विपरीत पेशालाई नै कमजोर बनाउने निर्णयहरू गरिरहेको एसोसिएसनको आरोप छ। महासचिव पौडेलले सेवा प्रणालीमा सुधार आवश्यक भए पनि त्यसका नाममा दशकौँदेखि कानुनी मान्यता प्राप्त पेशालाई धरासायी बनाउने कार्य स्वीकार्य नहुने स्पष्ट पारे।
उनले सरकारले सेवा प्रवाहलाई आधुनिकीकरण र विकेन्द्रीकरण गर्ने योजनासँगै लेखापढी व्यवसायीको भूमिका, अधिकार र रोजगारीको सुनिश्चितता गर्ने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...







