
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता टेकबहादुर पुन मगरले असार १५ अर्थात् राष्ट्रिय धान दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै कृषि उत्पादन बढाएर आत्मनिर्भर नेपाल निर्माणमा जुट्न सबैलाई आह्वान गरेका छन्।
उनले शुभकामना सन्देश जारी गर्दै खेत हुनेले धान रोप्न, पाखोबारी हुनेले उन्नत जातका फलफूल, मकै, कोदो, गहुँ, फापर तथा स्थानीय भूगोलअनुसार उपयुक्त बाली लगाउन आग्रह गरेका छन्। प्रत्येक नागरिकले आफ्नो क्षमता र सम्भावनाअनुसार उत्पादनमा सहभागी हुनुपर्नेमा उनले जोड दिएका छन्।
नेता पुनले “उत्पादन बढाऔँ, आयात घटाऔँ, आत्मनिर्भर नेपाल निर्माण गरौँ” भन्ने नारालाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता औंल्याउँदै कृषि क्षेत्रलाई राष्ट्रको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
उनले कृषि उत्पादनलाई सम्मान गर्दै यस वर्षको असार १५ उत्साहपूर्वक मनाउन तथा समृद्ध र आत्मनिर्भर नेपालको निर्माणमा सबैले आ-आफ्नो स्थानबाट योगदान पुर्याउन आग्रह गरेका छन्।
उनका अनुसार स्वदेशमै उत्पादन वृद्धि, कृषिमा आधुनिक प्रविधिको प्रयोग र स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिने भएकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने आवश्यकता रहेको छ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...
काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...






