
काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को आगामी निर्वाचनले यतिबेला पर्यटन व्यवसायीबीच नयाँ नेतृत्वको बहसलाई थप तीव्र बनाइरहेको छ। यही क्रममा परिषद्को कोषाध्यक्ष पदका लागि पर्यटन तथा पश्मिना व्यवसायमा सक्रिय व्यवसायी किन्चु ल्हामु भुटिया श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
रेड क्यास्मेर र टेस्ट अफ सिक्किमकी सञ्चालक श्रेष्ठले आगामी असार २७ गते हुने परिषद्को निर्वाचनमा राजु मान डंगोल नेतृत्वको समावेशी समूहबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो। व्यवसायिक अनुभव, वित्तीय अनुशासन र संस्थागत पारदर्शितालाई प्राथमिकतामा राख्दै उहाँले परिषद्को आर्थिक व्यवस्थापनलाई थप व्यवस्थित र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उम्मेदवारी घोषणासँगै श्रेष्ठले ठमेल नेपालको प्रमुख पर्यटकीय केन्द्र भएकाले यसको दिगो विकासका लागि सबै पर्यटन व्यवसायीबीच सहकार्य, विश्वास र समन्वय अझ सुदृढ हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। परिषद्को आर्थिक पक्षलाई मजबुत बनाउँदै संस्थालाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने आफ्नो मुख्य लक्ष्य रहेको उहाँको भनाइ छ।
उहाँले ठमेललाई केवल व्यापारिक केन्द्रका रूपमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरको सुरक्षित, व्यवस्थित र आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न परिषद्ले योजनाबद्ध ढंगले काम गर्नुपर्ने धारणा राख्नुभयो। व्यवसायीहरूको साझा हित संरक्षण, पर्यटन प्रवर्द्धन तथा संस्थागत क्षमता अभिवृद्धिका लागि आफू सक्रियतापूर्वक योगदान दिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
किन्चु ल्हामु भुटिया श्रेष्ठ पर्यटन तथा हस्तकला व्यवसायमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ। उहाँ नेपाल पश्मिना उद्योगको व्यवस्थापनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ। बुबा पुष्पमान श्रेष्ठ तथा श्रीमान् अनुप श्रेष्ठसँगको सहकार्यमा सञ्चालन भइरहेको नेपाल पश्मिना उद्योगले नेपाली पश्मिना उत्पादनको प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजार विस्तारमा योगदान पुर्याउँदै आएको छ।
व्यवसायिक सफलतासँगै श्रेष्ठ सामाजिक उत्तरदायित्वका गतिविधिमा समेत सक्रिय रहँदै आउनुभएको छ। पर्यटन क्षेत्रको विकास, उद्यमशीलता प्रवर्द्धन तथा व्यवसायीबीचको सहकार्य विस्तारमा उहाँको निरन्तर सहभागिताले उहाँलाई परिषद्को नेतृत्वका लागि सक्षम उम्मेदवारका रूपमा प्रस्तुत गरेको व्यवसायीहरूको भनाइ छ।
ठमेल पर्यटन विकास परिषद्को निर्वाचन नजिकिँदै जाँदा विभिन्न पदका उम्मेदवारहरूले आफ्ना योजना र प्रतिबद्धता सार्वजनिक गरिरहेका छन्। यसबीच कोषाध्यक्ष पदमा किन्चु ल्हामु भुटिया श्रेष्ठको उम्मेदवारीले परिषद्को आर्थिक नेतृत्वमा अनुभवी र व्यवसायिक दृष्टिकोण भएको महिला नेतृत्वको उपस्थिति थप सशक्त हुने अपेक्षा गरिएको छ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






