
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा फैसला सुनाउँदै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनारायण पाण्डेसहितका मुख्य अभियुक्तहरूलाई दोषी ठहर गरेको छ ।
न्यायाधीश तेज बहादुर खड्काको इजलासले आइतबार उक्त मुद्दामा फैसला गर्दै संगठित ठगी, लिखत किर्ते र राज्य विरुद्धको कसुरमा संलग्नहरूलाई सजाय निर्धारणका लागि दोषी ठहर गरेको हो । अदालतको आदेशमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर गिरोह नै खडा गरी करोडौँ ठगी गरिएको तथ्य पुष्टि भएको उल्लेख छ ।
फैसला अनुसार यस प्रकरणका मुख्य योजनाकार मानिएका केशव प्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई र विक्रम भन्ने गोविन्द कुमार चौधरीलाई संगठित ठगी, लिखत किर्ते र राज्य विरुद्धको कसुरमा मुख्य दोषी ठहर गरिएको छ । त्यसैगरी, टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्रीका सल्लाहकार डा। इन्द्रजित राईलाई पनि यी गम्भीर कसुरहरूमा प्रत्यक्ष संलग्न रहेको भन्दै दोषी करार गरिएको छ ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे र टेकनाथ रिजाललाई भने संगठित अपराध र राज्य विरुद्धको कसुरमा मतियारका रूपमा दोषी ठहर गरिएको छ ।
अदालतले यस प्रकरणलाई केवल ठगी मात्र नभई मुलुकको प्रतिष्ठामाथि आँच पुर्याउने राज्य विरुद्धको कसुरका रूपमा व्याख्या गरेको छ । गृह मन्त्रालयको गोप्य प्रतिवेदन र सरकारी कागजातमा अनधिकृत रूपमा नाम थप्ने, नक्कली परिचयपत्र बनाउने र नेपाली नागरिकलाई विदेशी शरणार्थीको रूपमा प्रमाणित गर्ने कार्यले नेपालको अन्तर्राष्ट्रिय छविमा धक्का पुर्याएको अदालतको ठहर छ ।
गिरोहले राजनीतिक र प्रशासनिक पहुँचको दुरुपयोग गर्दै प्रतिव्यक्ति १० देखि ५० लाख रुपैयाँसम्म असुल गरेको र यस कार्यमा बिचौलियादेखि मन्त्रालयका उच्च अधिकारीसम्मको मिलेमतो देखिएको फैसलामा उल्लेख छ ।
प्रमाणको अभावमा अदालतले केही प्रतिवादीहरूलाई भने सफाइ दिएको छ । सफाइ पाउनेहरूमा तत्कालीन पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, रामशरण के।सी।, टंक कुमार गुरुङ, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन् । उनीहरू विरुद्ध लगाइएको अभियोगमा पर्याप्त दसी–प्रमाण नपुगेको भन्दै अदालतले दोषमुक्त गर्ने निर्णय गरेको हो ।
अदालतले दोषी ठहर गरेका अभियुक्तहरूलाई हुने सजायको मात्रा भने आगामी असार २९ गतेको पेसीबाट निर्धारण गर्ने भएको छ । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर ठहर भइसकेपछि सजाय तोक्नका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने प्रावधान छ ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...
काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...






