
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तन आर्थिक सामाजिक असन्तोषको परिणाम भएको बताएका छन् । उनले नयाँ शक्तिको उदय जनताको सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणप्रतिको अपेक्षासँग जोडिएको भए पनि लोकप्रियतावाद, अवसरवाद र अराजकतावादको आधारमा बनेका शक्तिहरू दीर्घकाल टिक्न नसक्ने दाबी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत वर्तमान राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्दै पोखरेलले पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, सामाजिक सुरक्षा र वैदेशिक रोजगारीका कारण नागरिकको जीवनस्तरमा सुधार आए पनि सोही अनुपातमा आर्थिक वृद्धि र वैधानिक आम्दानी बढ्न नसक्दा असन्तोष बढेको बताएका छन् ।
उनले जीवनस्तर र आम्दानीबीचको असन्तुलनले समाजमा निराशा पैदा गरेको उल्लेख गर्दै उपभोग बढे पनि त्यसलाई धान्ने आय नबढ्दा भ्रष्टाचार, कालोबजारी, अपराधीकरण, पैतृक सम्पत्तिको क्षय र वैदेशिक पलायन बढेको बताएका छन् ।
पोख्रेलका अनुसार राज्यले नागरिकका यी समस्यालाई समयमै सम्बोधन गर्न नसक्दा पुराना राजनीतिक शक्तिप्रति असन्तोष बढेको हो । उनले आम निर्वाचन २०८२ मा मूलधारका दलहरूले देशभक्ति, विकास र सामाजिक सुरक्षाका विषय उठाए पनि मतदाताको अपेक्षा पूरा गर्न नसक्दा वैकल्पिक शक्तिहरूले समर्थन पाएको विश्लेषण गरेका छन् ।
उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारीका मुद्दालाई केन्द्रमा राखेर नयाँ शक्तिहरूले जनमत आकर्षित गरेको बताए । सामाजिक सञ्जालको प्रभावकारी प्रयोगले नयाँ शक्तिको पक्षमा धारणा निर्माण गर्न सहयोग पुगेको र पुराना दलहरूले त्यसको प्रभावकारी प्रतिवाद गर्न नसकेको उनको भनाइ छ ।
महासचिव पोख्रेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तनमा भूराजनीतिक प्रभावसमेत रहेको दाबी गरेका छन् । उनले पुराना दलविरुद्ध र नयाँ शक्तिको पक्षमा जनमत निर्माण गर्न बाह्य चलखेल भएको आरोप लगाए ।
जेन जी अभियानका नाममा भएका प्रदर्शनहरूलाई भिडन्तमा रूपान्तरण गरी जनआक्रोश बढाइएको दाबी गर्दै उनले भदौ २३ र २४ गतेका घटनापछि भएको सत्ता परिवर्तनमा बाह्य प्रभाव रहेको उल्लेख गरेका छन् ।
पोख्रेलले वर्तमान सरकारले लोकतान्त्रिक र संवैधानिक प्रक्रियाबाट समस्या समाधान गर्नुभन्दा स्वेच्छाचारी र अधिनायकवादी शैली अपनाउन खोजेको आरोप लगाए । लोकतान्त्रिक आन्दोलनबाट परिपक्व बनेको नेपाली समाजले यस्तो अभ्यास लामो समय स्वीकार नगर्ने उनको भनाइ छ ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य आज तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। आइतबार प्रतितोला ३...
काठमाडौं ।बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौं उपत्यकासहित विभिन्न जिल्ला भई बहने स(साना नदीहरूमा बाढीको जोखिम रहेको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला,...
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...






