वैदेशिक रोजगार ठगीविरुद्ध अनलाइनबाटै उजुरी

काठमाडौं । वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाबाट पीडित भएका श्रमिकले अब उजुरी दिन काठमाडौं पुगिरहनुपर्ने बाध्यता हटेको छ। सरकारले वैदेशिक रोजगारसम्बन्धी उजुरीलाई सहज, छिटो र प्रविधिमैत्री बनाउन अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ।

मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागमा आयोजित कार्यक्रममा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक अनलाइन पोर्टलको औपचारिक शुभारम्भ गर्दै यसले पीडितलाई घरबाटै न्यायको पहुँच दिलाउने विश्वास व्यक्त गरे।

अहिलेसम्म वैदेशिक रोजगारको प्रलोभनमा परेर ठगिएका, तोकिएभन्दा बढी रकम तिर्न बाध्य भएका वा इजाजतपत्रबिना विदेश पठाइएका व्यक्तिले प्रमाणसहित विभागमै पुगेर उजुरी दर्ता गर्नुपर्ने व्यवस्था थियो। यसले आर्थिक भार मात्र होइन, समय र प्रक्रियागत झन्झट पनि बढाएको थियो।

नयाँ प्रणाली लागू भएसँगै अब पीडितले मोबाइल वा कम्प्युटरमार्फत आवश्यक कागजात र प्रमाण अपलोड गरी अनलाइनबाटै उजुरी दर्ता गर्न सक्नेछन्। विभागले उजुरीको प्रारम्भिक अध्ययनपछि दर्ता प्रक्रिया अघि बढाउनेछ। उजुरी दर्ता भएपछि सेवाग्राहीले एसएमएस र इमेलमार्फत जानकारी प्राप्त गर्नेछन् भने उपलब्ध गराइने ‘ट्र्याकिङ कोड’ प्रयोग गरेर जुनसुकै बेला आफ्नो उजुरीको अवस्था अनलाइनमै हेर्न सक्नेछन्।

वैदेशिक रोजगार विभागले उजुरी व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन नेपाल प्रहरीसँग एपीआई (API) इन्टिग्रेसन पनि गरेको जनाएको छ। यसअघि विभागबाट जारी हुने पक्राउ पुर्जी इमेलमार्फत पठाउँदा प्रहरीको प्रणालीमा अद्यावधिक हुन समय लाग्ने र त्यसबीचमा आरोपित व्यक्ति विदेश भाग्ने सम्भावना रहने गरेको थियो। अब विभागले जारी गर्ने पक्राउ पुर्जी स्वतः प्रहरीको केन्द्रीय प्रणालीमा प्रविष्ट हुने व्यवस्था मिलाइएकाले अनुसन्धान र कानुनी कारबाही थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा मन्त्री यादवले वैदेशिक रोजगारीमा जाने क्रममा गाउँदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म श्रमिकहरूले विभिन्न किसिमका ठगी र शोषण भोग्नुपर्ने अवस्था अझै विद्यमान रहेको उल्लेख गरे। विदेश पठाइदिने भन्दै झुक्याउने, अवैध रूपमा रकम असुल्ने तथा अनुमतिविना विदेश पठाउने गतिविधि रोक्न प्रविधिको प्रयोग आवश्यक रहेको उनको भनाइ थियो।

उनले नयाँ प्रणालीले ठगीमा संलग्न व्यक्तिहरूलाई कानुनी प्रक्रियाबाट उम्किन नदिने दाबी गर्दै पक्राउ पुर्जी जारी भएका व्यक्तिले प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस क्लियरेन्स सर्टिफिकेट) प्राप्त गर्न नसक्ने व्यवस्था कार्यान्वयनमा आउने बताए।

मन्त्रालयका अनुसार यो प्रणालीले वैदेशिक रोजगार क्षेत्रमा हुने ठगीविरुद्धको कारबाहीलाई थप पारदर्शी, प्रभावकारी र पहुँचयोग्य बनाउनेछ। साथै, नागरिकले आफ्नै स्थानबाट सहज रूपमा न्यायको प्रक्रिया सुरु गर्न सक्ने वातावरण सिर्जना हुने विश्वास गरिएको छ।

 

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

संघीय शिक्षा ऐन तत्काल ल्याउन नेपाल राष्ट्रिय शिक्षक संगठनको सरकारसँग माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...