अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैनः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारको कार्यशैलीलाई लिएर कडा प्रहार गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सत्तासीन नेतृत्वकै असक्षमताका कारण देश गम्भीर संकट र बेथितितर्फ धकेलिएको आरोप लगाए ।

जनताले निर्वाचनमार्फत दिएको जनादेश र अपेक्षामाथि सरकारले चरम कुठाराघात गरेको टिप्पणी गर्दै प्रचण्डले वर्तमान सरकार जनचाहना पूरा गर्न पूर्ण रूपमा असफल भइसकेको दाबी गरे ।

‘अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन,’ संसदमा कडा रूपमा प्रस्तुत भएका प्रचण्डले भने, ‘गत निर्वाचनमा जनताले जसरी आफ्नो अभिमत प्रकट गरेका थिए, यसबीचका सरकारका क्रियाकलापले जनताको अपेक्षालाई थोरै पनि सन्तुष्ट पार्न सकेको छैन, बरु दिनप्रतिदिन परिस्थिति अझ भयावह र असहज बन्दै गएको छ ।’

सरकारका जनविरोधी र निराशाजनक कदमहरूका कारण आम नागरिकमा तीव्र आक्रोश र संशय पैदा भएको उनको भनाइ थियो । देशमा मौलाउँदै गएको अराजकताप्रति सरकार गैरजिम्मेवार बनेको आरोप लगाउँदै प्रचण्डले भने, ‘देशको राजनीति सहज छैन, सरकारका क्रियाकलापले नागरिकमा चरम निराशा बढाएको छ, जनता झन् झस्किएका छन् ।’

सम्बोधनका क्रममा सुनसरीको कप्तानगञ्ज घटनाको प्रसंग कोट्याउँदै प्रचण्डले देशमा बढ्दो बेथिति र दण्डहीनताको सम्पूर्ण दायित्व वर्तमान राजनीतिक नेतृत्वले लिनुपर्ने ठम्याइ व्यक्त गरे । राम्रा कामको जस लिने तर आफ्नै अक्षमताका कारण सिर्जित बेथितिको जिम्मेवारीबाट पन्छिने छुट सरकारलाई नरहेको भन्दै उनले चेतावनी समेत दिए ।

मा प्रकाशित

यसमा तपाइको मत

समाचार बाट अन्य

सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘ल्याए भगवती ज्वेलर्स’ सञ्चालनमा

  काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...

वर्षाका कारण देशभरका सडक प्रभावित, विभिन्न राजमार्ग अवरुद्ध

काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सातौँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...

भदौ १ देखि श्रमिक उडाउन रोक्छौः वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...

आठौँ दिनको आमरण अनशन: विनय यादवको संघर्ष, योगदान र राज्यको मौनता

सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...

युबिका भण्डारीको नाट्टाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...

लर्डबुद्ध एजुकेशन फाउण्डेशनद्वारा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...

नेपाल वन प्राविधिक सङ्घद्वारा स्मार्ट वन व्यवस्थापनसम्बन्धी प्राविधिक प्रस्तुति सम्पन्न

काठमाडौं ।  नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...

संघीय शिक्षा ऐन तत्काल ल्याउन नेपाल राष्ट्रिय शिक्षक संगठनको सरकारसँग माग

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...