
काठमाडौँ । एक महिलासँग भएको फोन संवाद सार्वजनिक भएपछि विवादमा तानिएका र पार्टीले औपचारिक कार्यक्रममा उपस्थित हुन प्रतिबन्ध लगाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन्।
आयोगले सोधपुछका क्रममा माग गरेबमोजिम सुनारले आफ्नो लिखित प्रतिक्रिया पेस गरेको आयोगका उपप्रमुख अधिवक्ता हरिचन्द्र भट्टराईले जानकारी दिए। यद्यपि, सुनारले पेस गरेको जवाफमा के-कस्ता विषय उल्लेख छन् भन्नेबारे आयोगले खुलाउन चाहेको छैन।
आयोगले सोही विषयमा थप अध्ययन तथा छानबिन गर्न उपप्रमुख भट्टराईको नेतृत्वमा छ सदस्यीय छानबिन समितिसमेत गठन गरेको छ। समितिले रायसहितको प्रतिवेदन तयार पार्ने अख्तियारी पाएको छ। सुनारले पठाएको जवाफबाट चित्त नबुझे वा थप प्रमाण आवश्यक देखिए अनुसन्धानको अर्को चरण सुरु हुने भट्टराईले सुनाए ।
छानबिन समितिको पहिलो बैठकले सार्वजनिक भएका अडियो तथा भिडियो सामग्री संकलन गरिसकेको छ। समितिले अडियो सम्पादन हुनुअघिको प्रति उपलब्ध गराइदिन सम्बन्धित सञ्चारमाध्यमहरूलाई पत्राचार गर्ने निर्णय गरेको छ। प्राविधिक विषयहरूमा विशेषज्ञको सहयोग लिने र राज्यका निकायले गर्ने अनुसन्धानलाई कुनै बाधा नपुग्ने गरी काम अघि बढाइने समितिले जनाएको छ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। २०८३ असोज २९ गते बिहीबार काठमाडौंमा सम्पन्न सभाले १ः०.८२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व राजनीतिमा शोषण, नियन्त्रण र हस्तक्षेपको तरिकामा असाधारण र ठुलो परिवर्तन भएको बताएका छन् । पार्टी निकट नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपालको वेबसाइट सार्वजनिकीकरण कार्यक्रमलाई बिहीबार सम्बोधन...
काठमाडौं । सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। २०८३ साल असोज २८ गते बुधबार काठमाडौंको कोटेश्वरस्थित डिस बुटिक होटलमा सम्पन्न सभाले राजकुमार पौडेलको अध्यक्षतामा नयाँ...
काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ एवं छठ पर्व २०८३ को पावन अवसरमा नेपाल चिया विकास निगम लिमिटेड, काठमाडौं तथा त्रिवेणी ग्रुपका अध्यक्ष सुभास सांघाईले सम्पूर्ण नेपालीमा सुख, शान्ति र...
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। २०८३ असोज २७ गते मंगलबार काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा सम्पन्न सभाले कम्पनीको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन...
काठमाडौं । थ्री स्टार हाइड्रोपावर लिमिटेडको नवौँ, दशौँ र एघारौँ वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ। सभामा कम्पनीको आर्थिक अवस्था, वार्षिक प्रतिवेदन, लेखापरीक्षण, सञ्चालक समिति गठन तथा पुँजी संरचनासम्बन्धी विभिन्न प्रस्तावमाथि छलफल गरिएको...
काठमाडौं। स्वनिगः बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको नयाँ बजार मल्टिभेन्यूमा शनिबार सम्पन्न सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था तथा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमका विषयमा छलफल...
काठमाडौं। दार्चुला पावर लिमिटेडले पुँजी वृद्धि, प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) र नयाँ जलविद्युत् आयोजनाको विकास तथा निर्माणलाई प्राथमिकतामा राख्दै आफ्नो व्यावसायिक विस्तारको योजना अघि बढाएको छ। कम्पनीको १०औँ वार्षिक साधारणसभामा भावी लगानी रणनीति, वित्तीय...
काठमाडौं। भुजुङ्ग हाइड्रोपावर लिमिटेडले अन्य कम्पनी तथा आयोजनामा समेत लगानी विस्तार गर्न सक्ने गरी आफ्नो व्यावसायिक दायरा फराकिलो बनाउने भएको छ। कम्पनीको पाँचौँ वार्षिक साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधनसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेसँगै...
काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभाले शेयरधनीलाई चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित सभामा प्रस्तुत सबै प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा...






