अहिले देशैभर प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी माहोल ताती रहेको छ । बिभिन्न राजनैतिक दलका नेताहरु आफनो चुनावी चिन्ह लिएर चुनावी मैदानमा उत्रिएको अवस्था छ । भने कम्यूनिष्ट्र बिचारधारा भएका पार्टीले बाम गठबन्धन नाम दिएर चुनावमा छन् भने कांग्रेस लगायत लोकतान्त्रिक बिचार मान्नेको लोकतान्त्रिक गठबन्धन बनाएर दुई तिहाई बहुमत ल्याउने दावी गदै आएका छन् । तर चुनावी माहोल तातीरहेको वेला लामो समय पार्टीमा रगत पसिना बगाएका नेतालाई भन्दा पैसावालाहरुलाई पार्टी नेतृत्वले उम्मेदवारको टिकट दिईरहेको भन्दै पार्टी भित्र असन्तुष्ट्रका पोका पनि त्यतिकै मात्रामा रहेका छन् । यस्तै पछिल्लो राजनिती अवस्था बारे संघीय समाजबादी पार्टी परित्याग गरि स्वतन्त्र रुपमा बस्नु भएका संघीय समाजबादी पाटीका पूर्वकेन्द्रीय सदश्य तथा बामबिचारधाराका नेता रामसिंह लामा संग पत्रकार मुकुन्द गैरेले गरेको सम्पादित अंश….
अहिले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी माहोल ताती रहेको वेला तपाई संघीय समाजवादी पाटी परित्याग गरेर बस्नु भएको छ अहिले के गदै हुनुहुन्छ ?
म राजनिती छाडेको होईन तर पार्टी बाट अलि टाढा भने रहेको अवस्था हो । राजनिती बाट सन्यास लिएर टाढा रहेको भने अवसै होईन् । माले समाजबादीबाट संघीय समाजवादी पार्टी निर्माण देखी २०७० शालको निर्वाचनमा म आफै पनि सिन्धुपालचोकबाट उम्मेदवार भएर छाता चिन्हबाट म जनतासामु गएको थिए । त्यस पछि निर्वाचनको परिणाम पछि मेरो संघीय समाजबादी पार्टीबाट सम्बन्ध टुटन पुग्यो ।जुन उदेश्य र योजना लिएर संघीय समाजबादी पार्टी गठन गरेका थियो तर सहमती विपरित नेतृत्व अगाडी गए पछि मेरो असहमती रहयो । पार्टी भित्र जुन किसिमको पद र कुर्सीको लडाई हावी भयो र यस्तो पार्टीमा बसेर आफुलाई पनि फोहोरी खेलको दाग लाग्ने भए पछि पार्टी छाड्न बाध्य भए । पार्टी निर्माण गर्ने क्रममा कसरी पार्टी अगाडी बढाउने भन्ने बिषयमा छलफल भएको थियो । एमाले बाट आउनु भएका साथीहरुले कम्यूनिष्ट सिद्घान्त छाड्दैनौ भन्नु भयो भने संघीयताको मुद्घा भएको बिषयलाई बल पुगोस भनेर संघीय समाजबादी नाम राखौ भनेर त्यति बेला सहमती गरियो पछि आइ सकेपछि सहमति बिपरित नेतृत्वले बहुमतले अरुलाई ठेल्दै पेल्दै जाने काम भयो । त्यसपछि म बाहेक अन्य साथी पनि असन्तुष्ट्र हुनु भयो । त्यस पछि हामी तुरुन्तै पार्टीमा बिद्रोह गर्ने काम नगरौ तर यो पार्टीलाई कसरी सुर्धान सकिन्छ भनेर लाग्यो तर उल्टै हामीलाई कारबाही गर्ने किसिमको योजना अगाडी बढाउनु भयो । त्यस पछि राम्रो गर्दा गदै पनि किन बाधक बनेर बस्ने भन्ने ठानेर पार्टी छाडेको अवस्था हो ।
भने पछि अब संघीय समाजबादी पार्टी सधैको लागी छोडेको नै
हो त ?
हो अव त्यो पार्टीबाट बाटो नै अलग भई सकेयो अव फर्कने कुनै सम्भावना नै छैन् ।
अव तपाई के गर्नु हुन्छ सधैको लागी राजनितीबाट सन्यास लिनु हुन्छ की कुनै पार्टीमा बसेर काम गर्ने योजना बनाउनु भएको छ ?
मेरो कुरा गर्नु हुन्छ भने मेरो जन्मजातै कम्यूनिष्ट पार्टी हो । पहिले देखी कम्यूनिष्ट सिद्घान्त मै अगाडी बढे तर अहिले ठयाक्कै यही पार्टीमा भूमिका निर्वाह गछु भन्ने अवस्था छैन् । तर मैले बामपन्थी पार्टीलाई सहयोग र टेवा पुगोस भनेर कार्य गदै आएको हु‘ हुदै जॉदा अहिले मेरो सहयोग बामपन्थी पार्टी संगै रहन्छ ।
बामपन्थी पार्टीलाई सहयोग गछु त भन्नु भयो बामपन्थी पार्टी त धेरै छन् कुन पार्टी रोन्नु हुन्छ ?
तपाईले सोधेको प्रश्नको उत्तर दिनै पर्छ मेरो कर्तव्य पनि हो जन्तालाई बुझाउनु पर्ने मेरो दायित्व पनि हो । संघीय समाजबादी पार्टी छाडेपछि नेकपा माओवादी केन्द्रका साथीहरुले पार्टीको महत्वपूर्ण जिम्मेवारी भुमिकामा रहेर काम गर्नुस भनेर अनुरोध पनि गरिरहनु भएको छ । मैले पनि यस बिषयमा अध्यक्ष प्रचण्ड संग धैरे पटक छलफल पनि गरे जिम्मेवारी लिने दिने बिषयको कुरा पनि भएको थियो । त्यस्तै कुरो चलिरह“दा बामपन्थीको बिचमा गठबन्धनको प्रक्रिया अगाडी बढेको अवस्था छ । यस्तो अवस्थामा अहिले जोडिन हतार गर्नु भन्दा पहिला यि दुई पार्टीको बाटो किलियर भए पछि नेकपा माओवादी केन्द्रमा जाने सम्भावना बढी छ र साथै बैध माओवादी पार्टी बाट पनि मलाई जिम्मेवारी पद लिएर काम गर्नुस भनिरहनु भएको अवस्था छ । उहॉको कार्य दिशाको अवस्थामा प्रष्ट हुनुहुन्छ तर राजनितीक रुपमा पनि प्रष्ट हुनुहुन्छ भने अहिलेको संघीयता बारेमा धोरमोर हुनुहुन्छ त्यसैले कुनै पार्टी संग तत्काल जिम्मेवारी लिएर काम गर्ने अवस्था छैन् ।
अहिले बामगठबन्धन र लोकतान्त्रिक शक्रिको गठबन्धन बनेको अवस्था छ यो गठबन्धनलाई कतीले अवसरबादी गठबन्धनको रुपमा पनि हेरेका छन् तपाई यी गठबन्धनलाई कसरी लिनु भएको छ ?
जुन नेपालमा २००७ साल देखी पटक पटक राजनिती परिवर्तन त भयो तर पनि पटक पटक राजनितीक दलहरु फुटे शक्रिशाली पार्टी हुनु पर्छ भनेर त्यस वेला देखी जनताको चाहना हो । अहिलेको सबिधानले राजनिती दलको भुमीका केलाएर हेर्ने हो भने जनताको आधारभूत आवश्यकता केहो भन्ने जोडेको छ । अहिलेको बामपन्थी गठबन्धनका पनि आफनै कुरा होलान र बामपन्थी गठबन्धन बनाएर ५ बर्ष सम्म सरकार चलाउ केही काम गरेर देखाऔ भन्ने उह“ाहरुको बिचार होला लोकतान्त्रिक गठबन्धन शक्रिले पनि ५ बर्ष सरकारको चलाए पछि जनताको मन जित्न सक्छौ भन्नु यो सकारात्मक कुरा हो ।
यि गठबन्धन चुनाव पछि भत्कने खतरा त्यतिकै मात्रमा रहेको पनि टिकाटिप्णी गर्न थालिएको छ नी ?
अहिले एक्कासी अच्चमको दृष्य आईरहेको छ । यो एकताबद्घ रुपमा भन्दा नेपाल अप्रत्यासित रुपमै नेपालमा यस्ता घटना घटेका छन् । यसलाई टुटाउने फुटाउने भन्ने देशका ५,६ जना नेताको ह“ातमा छ । तर २०२६ साल देखि नै कम्यूनिष्ट पार्टी एकजुट हुनुपर्छ भन्ने जनताको भावना थियो । गुट उपगुट हु“दा हुदै यहॉ सम्म आएको हो । तर व्यक्रिगत स्वार्थको सत्ताको लागी मात्रै गठबन्धन हो भने नेपालको लागी मात्रै होईन दक्षिण एसियाकै लागी कम्यूनिष्ट पार्टीहरुकै लागी धक्का पुग्ने छ ।
बामपन्थी गठबन्धनलाई कांगे्रस पार्टीले तानाशाही गठबन्धनको संज्ञा दिइएको छ तपाई बामपन्थी बिचारधाराको व्यक्रि त्यसकै लागी गठबन्धन बनेको हो त ?
नेपाली कांग्रेसको यो कुरा समय सान्दर्भिक देखिदैन् । के मानेमा सान्दर्भिक छैन भने उह“ाहरुले राप्रपा संग लोकतान्त्रिक गठबन्धन बनाउनु भएको छ त्यही ठ“ाउमा बामगठबन्धनले पनि गठबन्धन बनाएको अवस्था छ । त्यसैले उह“ाहरु त्रसने आवश्यकता छैन् । कांगे्रसलाई बनको ब“ाघले भन्दा मनको बाघले खाईरहेको अवस्था हो ।
पछिल्लो समयमा आउ“दा राजनिती गर्न सक्ने भिजन भएका भन्दा पैसा र आफनो मान्छेलाई यो चुनावमा टिकट दिईएको आम जनताको गुनासो छ । त्यो अवस्थाले तपाई पनि निर्वाचनमा भाग नलिएको त होईन् ?
अहिले पछिल्लो चुनाबमा टिकट पाउने अवस्थालाई हेर्ने हो भने त्यस्तै देखिन्छ । जो संग पैसा छ सजिलै उम्मेदवार बन्न पाउने पार्टीका लामो समय काम गरी रगत पसिना बगाएका सच्चा व्यक्रि चुनावबाट हात धोएर बस्नु पर्ने अवस्था देखिदै आएको छ । यो अवस्था मैले पनि कता कता अनुभव गदै आएको छु ।
यस्तै हो भने पैसा नहुनेले राजनिती गर्न नसकिने अवस्था आएको हो त ?
देश यह““ा सम्म आउ“दा राजनिती बिकास मात्र भएको अवस्था छ । आर्थिक बिकास जह“ाको त्यही रहेको छ । यस्तै पैसावालाको भरमा राजनिती चल्यो भने गरिब आदिबासी शिक्षित क्षमता भएका व्यक्रिले बिद्रोह गर्ने अवस्था आउने छ त्यसको लागी नेतृत्वले वेलैमा सोच्न जरुरी देखिन्छ ।
मा प्रकाशित
यसमा तपाइको मत
समाचार बाट अन्य
काठमाडौं । रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष तथा युवा सुनचाँदी व्यवसायी अरुणराज सोनीले काठमाडौंको चाबहिलमा ‘भगवती ज्वेलर्स’ सञ्चालनमा ल्याएका छन्। चाबहिल–७, बौद्ध जाने मुख्य सडकमा सञ्चालनमा आएको ज्वेलर्सले ग्राहकलाई गुणस्तरीय सुनचाँदीका गरगहना उपलब्ध गराउने...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ।...
काठमाडाैं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको आज बिहान ०६ः०० बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम...
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ। कम्पनीको वार्षिकोत्सव समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। समारोहमा कम्पनीको विगतको...
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार क्षेत्रका विद्यमान समस्या समाधान तथा नीतिगत सुधारको माग गर्दै भदौ १ गतेदेखि श्रमिक उडान रोक्ने घोषणा गरेको छ। संघले सरकारसँग पटक–पटक छलफल र माग राख्दै...
सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय माग्दै अभियन्ता विनय यादव माइतीघरमा आमरण अनशनमा हुनुहुन्छ। उहाँको सत्याग्रह आज आठौँ दिनमा प्रवेश गरे पनि सरकारी पक्षबाट वार्ताको पहल भएको छैन।राष्ट्रियता, सुशासन र नागरिक अधिकारका क्षेत्रमा सक्रिय यादवको...
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप रोचक बन्दै गएको छ। यसबीच वर्तमान महासचिव युबिका भण्डारी ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै नाट्टालाई...
काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ नामक दुई नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ। एसिया प्यासिफिक युनिभर्सिटी...
काठमाडौं । नेपाल वन प्राविधिक सङ्घले “स्मार्ट वन व्यवस्थापनका लागि डिजिटल उपकरण: नेपालमा सफ्टवेयर नवप्रवर्तनमार्फत वन व्यवस्थापनसम्बन्धी निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने” विषयमा प्राविधिक प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुधबार बबरमहलस्थित सङ्घको सभाहलमा सम्पन्न...
काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले नेपाल शिक्षक महासङ्घको विधानमा हस्तक्षेप गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। संगठनले महासङ्घको स्वायत्तता, एकता र संस्थागत मर्मलाई कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य...






